काठमाडौं– भारतविरुद्ध एएफसी युथ–१६ च्याम्पियनसिप छनोट खेलमा २ गोलले पछाडि परेको अवस्थालाई नेपालका बृजेश चौधरीले फर्काएका छन्। उनले ८८ मिनेटमा अर्को उत्कृष्ट गोल गरेपछि नेपाल खेलमा फर्किएको छ।
नेपालले ७६ मिनेटमा बृजेशकै गोलको सहयोगले अग्रता लिएका थियो। तर, लगत्तै भारतले दुई गोल फर्काएपछि नेपाल २–१ ले पछाडि पर्न पुगेको थियो। यही अवस्थामा निर्धारित ९० मिनेटको खेलअगाडि गोल गर्दै बृजेशले नेपाललाई पुनः खेलमा फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।