काठमाडौं– भुटानमा जारी साफ युथ–१८ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्ध पहिलो हाफको खेलमा नेपालले १–० को अग्रता बनाएको छ।
भुटानको राजधानी थिम्पुमा अहिले भइरहेको खेलमा नेपालका लागि रोमन लिम्बुले खेल सुरु भएको ७ मिनेटमै अग्रता दिलाएका थिए। उनले सेन्टर नजिकैबाट हानेको लामो प्रहार गोलमा परिणत भएको थियो।
पहिलो खेल भुटानसँग १–० ले हारिसकेको अवस्थामा च्याम्पियनसिपमा टिकिरहन नेपाललाई आजको खेल जसरी पनि जित्नु पर्ने बाध्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।