• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?

64x64
नेपाल लाइभ सोमबार, मंसिर २३, २०७६  १७:५२
1140x725

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता  मंगलबार समापन हुँदैछ। सागमा सबैभन्दा धेरै दर्शकको जमघट हुने दशरथ रंगशालामा मंगलबार समापन कार्यक्रम हुनेछ। त्यसअघि नेपाल र भुटानबीच पुरुष फुटबलको फाइनल। 

झण्डै गएको चार वर्षदेखि रंगशालामा फुटबल हेर्न नपाएका नेपाली दर्शक यसपटक सागमा खचाखच भरिने गरी आइरहेका छन्। राष्ट्रिय टिम खेलिरहँदा पनि लगभग खाली देखिने कीर्तिपुर क्रिकेट मैदान र २३ वर्षमुनिको फुटबल टिमको खेल हेर्न दर्शकको ठेलमठेल हुने दशरथ रंगशाला हेर्दा अझै पनि नेपालमा फुटबलकै क्रेज बढी रहेको देखिन्छ।  

दर्शकको उत्साह र दशरथ रंगशालामा देखिएको भिड जति छ, त्यति नै दर्शक रंगशालामा टिकट नै काटेर आएका भने छैनन्। 

मंसिर १५ गते औपचारिक उद्घाटन भए पनि १६ गतेदेखि दशरथ रंगशालामा फुटबलका खेलहरु सुरु भए। जहाँ फुटबल हेर्न नेपाली दर्शक चार वर्षको प्रतीक्षालाई पूरा गर्दै आए। 

विसं २०७२ सालको विनासकारी भूकम्पपछि दशरथ रंगशाला सुनसान थियो। मसानघाट जस्तो रंगशाला १३औं सागका कारण नै ब्युँतियो। 

भत्कनुअघि दशरथ रंगशालामा सबैतिर सिट हालिएको थिएन। त्यसैले यति नै दर्शक अट्छन् भन्ने एकीन थिएन। झण्डै २० हजार दर्शक अट्छन भन्ने अनुमान गरिन्थ्यो। अहिले सिट हालेपछि दर्शक क्षमता १४ हजार ५ सय भएको एकीन छ।

नेपालले आफ्नो पहिलो खेल भुटानसँग मंसिर १७ गते खेल्यो। भुटानविरुद्ध ४-० गोलको जित निकाल्दा दर्शकको उपस्थिति उल्लेख्य थियो। मंसिर १८ गते श्रीलंकाविरुद्ध नेपालले १-१ गोलको बराबरी खेल्दा पनि दर्शकको उपस्थितिले रशरथ रंगशालाको वास्तविक पहिचान दियो। भुटानविरुद्ध सिट नम्बर सहित रंगशाला पसेका ६ हजार ७ सय ७६ दर्शक थिए भने श्रीलंकाविरुद्ध ७ हजार ८ सय १४ जना थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

माल्दिभ्सलाई नेपालले २–१ गोलअन्तरले पराजित गर्दा त झनै दर्शकको स्थिति यस्तो थियो कि सञ्चार माध्यमलाई छुट्याएको भनिएको स्थानमा समेत दर्शक कोचिएका थिए। १४ हजार ५ सयको दर्शक क्षमता पूरै भरिएको थियो भने सिँढी र भर्याङसमेत खाली थिएनन्।

यति धेरै दर्शकको आगमन हुँदा टिकट कति बिक्री भयो त? माल्दिभ्सविरुद्धको खेलमा टिकट १२ हजार ६ सय ३७ वटा बिक्री भएको देखिन्छ। जसमा १ हजार १५ जना भनसुनमा पैसा नतिरी टिकट लिएर छिर्नेको संख्या पनि जोडिएको छ। त्यसमा ११ हजार ६ सय २२ जनाले भने पैसा तिरेर टिकट लिएर नै खेल हेरे।

१४ हजार ५ सयमध्ये भिआइपी प्याराफिटतर्फका केही सिट पाहुनाका लागि छुट्याइएको छ भने केही सञ्चारकर्मीका लागि छ। बाँकी सबै टिकट काटेर खेल हेर्न आउने दर्शकको लागि हो। क्षमताभन्दा पनि बढी दर्शक रंगशालामा खेल हेर्न आए।

त्यसमा बिनाटिकट रंगशालामा प्रवेश गर्नेको संख्या पनि ठूलो रहेको देखिन्छ। 

Xtrem

Xtrem

राउण्ड रोविनको आधारमा सञ्चालन भएको फुटबलमा बंगलादेशविरुद्धको खेलमा पनि केही दर्शकले बस्ने स्थानसमेत पाएका थिएनन्। १२ हजार १ सय ७१ जनाले टिकट लिएर खेल हेरे। जसमा हजार भन्दा बढीले पैसा नतिरी भनसुनको आधारमा पास लिएर खेल हेरे। यसरी भनसुनमा छिर्नेमा पनि आधिकारिक टिकट बिक्रेता ईसेवासँग रहेको तथ्यांकमा मात्रै देखिन्छ। त्यसबाहेक सित्तैमा छिर्नेको संख्या त अझ ठूलो छ। 

बंगलादेशविरुद्ध ११ हजार १ सय ७१ जनाले टिकट किनेर खेल हेरे। टिकटको मूल्य भिआइपीतर्फ एक हजार र साधारण प्याराफिटतर्फ ५ सय तोकिएको थियो। जुन बढेर फाइनलका लागि दोब्बर भएको छ। 

भेटिएकै एक उदाहरण हेर्ने हो भने- बानेश्वर बस्ने धादिङका एक युवक नेपाल र माल्दिभ्सबीचको खेल हेरिरहेका थिए। भिआइपी प्याराफिटमा भेटिएका उनीसँग न टिकट थियो। न त कुनै पास।
भनिरहेका थिए- ‘गेटमा हाम्रो मान्छे छ किन चाहियो टिकट?’

उनी अघि थप्छन्, ‘मैले भुटान र श्रीलंकासँगको खेल पनि यसरी नै हेरेको हो।’

उनले गर्वका साथ सित्तैमा फुटबल हेरेको सुनाइरहँदा लाग्छ गेटमा बसेका मान्छे नै फुटबलका सबथोक हुन्। उनी त एउटा प्रतिनिधी पात्र मात्रै हुन्। एउटै खेलमा यसरी बिना पैसा आफ्नो मान्छेको आधारमा खेल हेर्नेको संख्या ठूलो छ। त्यसमा माल्दिभ्सविरुद्ध बिक्री भएका ११ हजार ६ सय २२ टिकट र बंगलादेशविरुद्ध बिक्री भएका ११ हजार १ सय ७१ टिकट संख्या र रंगशालामा भर्‍याङमा समेत बसेका दर्शक हेर्दा थाहा भइहाल्छ। 

टिकट लिएकै दर्शकले खेल हेर्न पाएनन्
आफ्नो मान्छे र भनसुनकै आधारमा रंगशालामा खेल हेर्न मान्छे छिरिदिँदा टिकट लिएकै कतिपय दर्शकले भने बंगलादेशविरुद्धको खेल हेर्न पाएनन्।

टिकट बिक्रेता ई-सेवाका मुख्य कार्यकारी अधिकृत रोशन लामिछानेका अनुसार  बंगलादेशविरुद्धको खेल हेर्न पैसा तिरेर टिकट लिएका ३० भन्दा बढी दर्शक छुटे। उनी भन्छन्, ‘दर्शकहरु पनि ढिलो गरी आए। अर्को कुरा सुरक्षाकर्मीले भित्रबाट पूरै रंगशाला भरिएको छ भन्दै गेट नै लगाइदिए। त्यसले विचरा टिकट भएकै मान्छेले पनि खेल हेर्न पाएनन्। उनीहरुलाई ढिलो गरी भित्र त पसाइयो तर त्यसरी जाँदा खेलको मज्जा नै मरिसकेको हुन्छ।’

ई-सेवाकै अनुसार सबै सिट क्षमता अनुसार नै टिकट काटिएको छ, तर आफ्नो मान्छे छिराएकै कारण खेल हेर्नकै लागि टिकट काटेका मान्छे भने गेट बाहिरै भए। सुरक्षाकर्मीले भने आफ्नो मान्छे लुतुलुतु छिराइरहेका थिए। त्यसो त, सुरक्षाकर्मी पनि कोही बर्दीमा कोही बर्दीबिना सिट ओगटेर बसिरहेका दृश्य रंगशालामा सामान्य भइसक्यो।

फाइनलमा दर्शक मिलाउन चुनौती 
नेपाल र भुटानबीचको फाइनलका लागि दर्शक व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती यसअघिका खेलमा भन्दा बढेको छ। एक त टिकटको रकम दोब्बर पारिएकाले सामान्य दर्शक आक्रोशित देखिन्छन् भने अर्को त बढेकै पैसामा पनि टिकट काट्न नपाउने धेरै छन्। 

आइतबार राति १२ बजेतिर खोलिएको टिकट रातभरमा नै १२ सय भन्दा बढी बिक्री भइसकेको थियो। त्यसमा बिहान कताको टिकट बेच्ने र कताको टिकट नबेच्ने भन्ने अन्योलले टिकट बिक्री नै रोकियो। फाइनलपछि नै समापन कार्यक्रम हुने हुँदा त्यसका लागि पनि केही पाहुना र समापनका बेला प्रस्तुति दिने केहीका लागि सिट छाड्नुपर्ने छ। 

सबै टिकट नेपाली दर्शकलाई मात्रै बेचिदिने हो भने पनि भुटानबाट विमान नै चार्टर गरेर खेल हेर्न आएका दर्शकले टिकट नै नपाउने हुन् कि भन्ने चिन्ता पनि छ। त्यसका लागि १५ प्रतिशत टिकट भुटानी समर्थकका लागि सुरक्षित राख्ने बारेमा ई-सेवामार्फत सहकार्य भइरहेको छ। 

राष्ट्रिय खेलकुद परिषद (राखेप)का पदाधिकारी, अलिख नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी र ओलम्पिक कमिटीलगायतका पदाधिकारीसहित सुरक्षाकर्मीले समेत ‘आफ्ना मान्छे’ छिराइदिने र दर्शकको ठाउँ ओगटिदिने डरले त अझ चुनौती थपिएकै छ। त्यसमा सञ्चारकर्मीको पास भएकाहरु पनि खुसुक्क आफ्ना मान्छे पसाउन लागिदिँदा ‘काम कुरो एकातिर ......’ जस्तो भएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्