• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खेमराज पौडेलको राजनीतिक सन्देश

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २४, २०७६  ०७:००
1140x725

उपनिर्वाचन अघिसम्म नेपाली राजनीतिको परिदृश्यमा खेमराज पौडेल खासै चर्चामा थिएनन्। भलै कास्कीबासी र नेपाली कांग्रेसको वृत्तमा उनको छुट्टै प्रभाव र योगदान छ।

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की- २ मा कांग्रेसको उम्मेदवार बनेपछि उनी चर्चामा आए। चुनाव हारे तर हारेर पनि पौडेलले धेरैलाई आदर्शको सन्देश दिएर गए।  

चुनावी परिणामले संसद भवनसम्मको यात्रा रोकिँदै गर्दा केही महत्वपूर्ण सन्देश दिएर गए पौडेल। ती सन्देश नेपालको प्रदूषित राजनीतिमाथि चोटिलो व्यंग्य पनि हो। लामो समय बौद्धिक कर्ममा रहेको प्रभाव राजनीतिमा पनि छोड्न सफल भए पौडेल।

हुन त पढालेखा मान्छे राजनीतिमा नैतिकवान र सभ्य देखिन्छन् नै भन्ने ग्यारेन्टी छैन। सभ्यपन र नैतिकताको मापदन्ड र आधार शैक्षिक योग्यता पनि होइन। साथै राजनीतिमा उमेर र शैक्षिक योग्यता निर्धारण गर्नु बेवकुफी हो।

राजनीतिको आफ्नै पाठ्यक्रम हुन्छ, जो राजनीतिज्ञले समाजमा घुलमिल गरेर पढ्छ। जनतासँगको उठबसमा बुझ्छ। राजनीतिमा कुनै उमेर हदको तर्क पनि उपयुक्त हुँदैन। मानसिक र शारीरिक हिसाबले तन्दुरुस्त हुने व्यक्तिले जुनै उमेरमा पनि राजनीति गर्न सक्छ। तर राजनीतिको पाठ्यक्रममा समाज पढेर राजनीतिज्ञ सभ्य र नैतिकवान हुनुपर्छ भने जरुरी छ। भलै संसारमा यो आदर्श र सोचको व्यावहारिक पाटो एकदमै कमजोर छ।

मानसिक र शारीरिक तन्दुरुस्ती छ भन्दैमा जीवनकालभर राजनीति गर्न भने हुँदैन। यति कुरा राजनीतिज्ञले अबलम्वन गरे राजनीति प्रदूषित हुँदैन। हो, राजनीतिमा बुढ्यौली भन्ने हुँदैन। राजनीतिमा आलोकाँचो भन्ने पनि हुँदैन। राजनीति जहिले पनि र जुनै उमेर समूहकाले पनि गर्न सक्छन्। सर्त यत्ति हो कि जवानीदेखि बुढ्यौलीसम्म राजनीतिक पद ओगट्ने प्रयास भने गर्नु हुँदैन। कुनै निश्चित समयमा काम गरेपछि वा केही समय प्रयास गरेपछि वा पद पाएपछि अरुलाई अवसर दिनुपर्छ।

सधैं आफू योग्य छु भनेर पद ओगट्न खोज्दा राजनीति पेसा बन्न जान्छ। जब सेवाको क्षेत्रलाई पेसामा बदल्ने कोशिष गरिन्छ, तब त्यो क्षेत्रमा विकृति र विसंगति बढ्दै जान्छ। आजको दिनमा नेपाल जस्ता अधिकांश तेस्रो विश्वले यही नियति भोगिरहेको छ। यसको निम्ति नियमभन्दा पनि राजनीतिज्ञको भूमिका अहं हुन्छ।

सधैं आफू योग्य छु भनेर पद ओगट्न खोज्दा राजनीति पेसा बन्न जान्छ। जब सेवाको क्षेत्रलाई पेसामा बदल्ने कोशिष गरिन्छ, तब त्यो क्षेत्रमा विकृति र विसंगति बढ्दै जान्छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रथम अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनले अरुलाई पनि अवसर दिनुपर्छ भन्दै दुई कार्यकाल मात्र राष्ट्रपति भएका थिए। त्यसपछि त्यही अभ्यास लामो समयसम्म जारी रह्यो। दोस्रो विश्व युद्धताकाका राष्ट्रपति फ्रान्कलिन डी रुजवेल्टको पालामा भने यो अभ्यास तोडियो। युद्ध र नेतृत्वसँग सम्बन्धित आवश्यकताले यो क्रम तोडिएको हुन सक्छ। बहालमा रहँदा रुजवेल्टको मृत्यु भएपछि अमेरिकाको संवैधानिक व्यवस्था अनुसार उपराष्ट्रपति ह्यारी ट्रयुम्यान राष्ट्रपति भएका थिए।

सन् १९४७ मा संविधान संसोधन गरेर कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति हुने व्यवस्था गरियो। आज अमेरिकाको संविधान अनुसार बुढ्यौलीले राष्ट्रपति हुन रोक्दैन तर दुई कार्यकालभन्दा बढी पदमा रहन पनि पाउँदैन। अहिले आएर यी कुरा अमेरिकी राजनीतिज्ञको लागि नियमभन्दा बढी नैतिकताको विषय हो।

विशेषतः एकपल्ट जनताबाट अस्वीकृत भएपछि फेरि त्यो बाटो रोज्ने मनसाय बनाउँदैनन्। यही मनसाय, सोच र आदर्श पोखराका कांग्रेसी नेता खेमराज पौडेलले देखाए। पूरा जोसका साथ निर्वाचनमा होमिएका पौडेलले चुनाव हारेपछि भने– अब म उठ्दिन, युवामा ऊर्जा भर्छु। यो आफैंमा राजनीतिक नैतिकता र नयाँ पुस्ताप्रतिको विश्वास थियो, जो धेरै राजनीतिज्ञले देखाउन जरुरी छ। सबभन्दा बढी पौडेलकै पार्टी सभापति शेरबहादुर देउवाले देखाउने बेला आएको छ।

एमालेले पछिल्लो महाधिवेशनमा ७० काटेपछि नेताले विश्राम लिने नीति बनाएको थियो। तर माओवादीसँगको पार्टी एकतासँगै यो नीति पनि हराएको छ। हुन त राजनीतिमा नियमभन्दा नैतिकता महत्वपूर्ण हो। तर यसले नेताले जीवनपर्यन्त आफूलाई राजनीति गर्न सहज नियम बनाउन खोजेको देखाउँछ।  यस्ता मनोविज्ञान बोकेकाले खेमराज पौडेलको सन्देशलाई मनन गर्न जरुरी छ।

निश्चय नै हरेक राजनीतिज्ञका सपना हुन्छन्। निर्वाचित भएर तोकिएको नियममा बसेर काम गर्ने अनि आफ्नो राजनीति उचाई अझ बढाउने चाहना हुन्छ। पञ्चायकालदेखि नै राजनीतिमा लागेका पौडेलमा पनि सपना थिए नै। उपनिर्वाचनमा प्रतिद्वन्द्वीको विजयले उनको सपनामा तगारो लाग्यो। तर लोकतान्त्रिक विधिको परिणामलाई सहर्ष स्वीकार गरे।

कहिलेकाहीँ जनताले उचित निर्णय नगर्लान्, तर पनि जनताको निर्णय सर्वाेपरी हुन्छ भनेर स्वीकार गर्नुपर्छ राजनीतिज्ञले। पौडेल जनताको निर्णयमा संयम प्रदर्शन गर्न सफल भए।

कहिलेकाहीँ जनताले उचित निर्णय नगर्लान्, तर पनि जनताको निर्णय सर्वाेपरी हुन्छ भनेर स्वीकार गर्नुपर्छ राजनीतिज्ञले। पौडेल जनताको निर्णयमा संयम प्रदर्शन गर्न सफल भए। बरु आफूलाई बौद्धिक ठान्ने र राजनीतिमा नैतिकमा भित्र्याउनु पर्छ भनेर नयाँ दल खोलेका नेताको मनोविज्ञान नराम्ररी बिथोलिएको देखियो। तिनले निर्वाचन परिणामले पुनः भ्रष्टाचार र बेथितिलाई अनुमोदन गरेको छ भनी मतदाताको विवेकमाथि प्रश्न उठाए। वैकल्पिक शक्ति हो भन्नेले यसरी आफ्नै विवेकको धोती खुस्काएका थिए। तर पौडेल स्वयंले हारको पीडा कतै छचल्काएनन्। विजय भएका आफ्नै प्रतिद्वन्द्वीलाई बधाई दिए।

हुन त पछिल्लो समय विजयी भएकालाई बधाई तथा शुभकामना दिने असल राजनीतिक संस्कार विकास हुँदै गएको छ। त्यो आफैंमा राम्रो पनि हो। हारको पीडा पौडेलमा पनि अवश्य थियो। त्यो पीडामा उनले मतदाताको विवेकमाथि प्रश्न उठाएनन्। प्रतिद्वन्द्वीमाथि कुनै लाञ्छना पनि लगाएनन्।

आभार प्रकट गर्ने क्रममा सामाजिक सञ्जालमा भावुक स्टाटस मात्र लेखे- सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियोे मेरो जीवन।

पौडेलले चटक्कै राजनीति छोड्ने छैनन्। कसैले पनि राजनीति चटक्कै छोड्नुपर्छ भन्ने पनि होइन। राजनीतिमात्र होइन, कुनै पनि क्षेत्रमा हासिल गरेको अनुभव र ज्ञानलाई प्रयोगमा ल्याउनुपर्छ। त्यसको लागि कुनै पनि व्यक्ति आफ्नो क्षेत्रमा सक्रिय रहनु राम्रो हो। तर कुन रुपमा र कसरी भने महत्वपूर्ण हुन्छ। एक समयसम्म व्यक्तिको कुनै पनि क्षेत्रमा हुने संलग्नता आफ्नो प्रतिष्ठाको लागि पनि हुन्छ। तर प्रतिष्ठाको निम्ति सधैं ठाउँ ओगट्ने काम गर्नु चाहिँ हुँदैन।

अर्काेतिर आर्जित अनुभव र ज्ञान नयाँ पुस्ता र समाजको लागि दिन चाहिँ तत्पर रहनुपर्छ। त्यसको लागि नयाँ पुस्ताको लागि अगाडि जाने बाटो बन्द नगरी आफ्नो ज्ञान, सिपको प्रयोग गर्नुपर्छ। समाजले आवश्यकता ठानेमा आफ्नो अनुभव र ज्ञानको आधारमा योगदान गर्न सधैं तयार रहनुपर्छ। यो सबै राजनीतिज्ञ वा कुनै पनि पेसामा आवद्ध व्यक्तिले अबलम्वन गर्नुपर्ने संस्कार हो। यही संस्कार सिकाएर गएका छन् खेमराज पौडेल।

आफूलाई योग्य ठान्दै खेमराज पौडेल बुढ्यौलीमा पनि जोसका साथ निर्वाचनमा होमिए। सदाकालका लागि आफूमात्र योग्य छु भन्ने दलिल पेस गरेनन्। चुनाव हार्दै गर्दा राजनीतिक शुद्धीकरणको गतिलो सन्देश दिएर गएका छन् पौडेल। यद्यपि नेपालको राजनीतिक परिवेशमा यो सन्देशको आत्मसात हुन वर्षौं लाग्ने छ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्