काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि कोहलपुर तनावग्रस्त, तीन बजेबाट लगाइएको कर्फ्यू जारी, प्रहरीको गोली लागेर घाइते दुई विद्यार्थीलाई हेलिकप्टरबाट काठमाडौं लाइयो।
२) संसदको आगामी अधिवेशनमा पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसादको आशंका, यथास्थितिमै विधेयकलाई अघि बढाउने तयारी थाल्न आग्रह।
३) एनसेल बिक्रीमा पुँजीगत लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण, १५ दिनभित्र रकम बुझाउन ठूला करदाता कार्यालयको पत्र।
४) पुरुषतर्फको साग फुटबलमा बंगलादेशविरुद्ध नेपालको जित, अन्तिम खेलमा मंगलबार नेपालले पहिलो पटक फाइनल पुगेको भुटानसँग भिड्ने।
५) र, हैदराबाद इन्काउन्टरको अनुसन्धान माग गर्दै सर्वोच्चमा निवेदन, सांसद जया बच्चन र महिला आयोगकी अध्यक्षमाथि कारबाही माग।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।