पर्सा– कमजोर जनाधार मानिएको पर्सा जिल्लामा माओवादीले ३ वटा स्थानीय तहमा जितेको छ। हालसम्म घोषित ७ स्थानीय तहमध्ये उसले ३ वटा गाउँपालिकामा जितेको हो। उसले एउटा गाउँपालिकामा अग्रता पनि लिएको छ।
पर्सामा काङ्ग्रेस, एमाले, संघीय समाजवादी फोरम र नेपाली जनता दलले १/१ स्थानमा जितेका छन्।
पछिल्लो पटक सार्वजनिक नतिजा अनुसार विन्दवासनी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका लाल साह कानुले २६१३ मतसहित जितेका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका किरण गुप्ताले २९१३ मतसहित जितेका छन्।
नजिता घोषणा भएका स्थानीय तहहरुः
माओवादी केन्द्र
ठोरी गाउँपालिका
छिपहरमाइ गाउँपालिका
जगरनाथपुर गाउँपालिका
नेपाली कांग्रेस
पर्सागढी नगरपालिका
नेकपा एमाले
पटेर्बा सुगौली गाउँपालिका
संघीय समाजवादी फोरम
बिन्दवासिनी गाउँपालिका
नेपाली जनता दल
कालिका गाउँपालिका
हालसम्मको अग्रताको सूचीः
नेपाली कांग्रेस
बहुदरामाई नगरपालिका
जिराभवानी गाउँपालिका
संघीय समाजवादी फोरम
धोबनी गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका
राजपा
वीरगञ्ज महानगरपालिका
नेपाली जनता दल
पोखरिया नगरपालिका
माओवादी केन्द्र
पकाहा मैनपुर गाउँपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।