काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मेचीनगर इन्चार्ज यामकुमार गिरी पक्राउ परेका छन्।
झापाको शिवसताक्षी नगरपालिका–४ का ३७ वर्षीय गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं तिनकुनेबाट शनिबार पक्राउ गरेको हो ।
गत भदौ २३ गते राति बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संसथा लिमिटेडको केन्द्रीय कार्यालयको निमार्णाधीन भवनमा बम बिस्फोट गराएको आरोप गिरीमाथि लागेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।