धनुषा– धनुषाका १८ स्थानीय तहमध्ये हालसम्म ८ स्थानीय तहको नतिजा घोषणा भएको छ। घोषित नतिजा अनुसार नेपाली कांग्रेस ४ स्थानमा विजयी भएको छ। उसलाई नेकपा एमालेले पछ्याइरहेको छ। एमालेले हालसम्म २ स्थान जितेको छ।
नतिजा घोषणा भएका धनुषाका स्थानीय तहहरुः
कांग्रेस
धनौजी नगरपालिका (मेयर बद्रीनारायण सिंह र उपमेयर रामवती मण्डल)
औरही गाउँपालिका (प्रमुख ब्रह्मदेव यादव र उपप्रमुख मीरादेवी सहनी)
जनकनन्दिनी गाउँपालिका (प्रमुख अब्दुल बारिख शेख र उपप्रमुख भारती कार्की)
क्षीरेश्वरनाथ नगरपालिका (मेयर योगेन्द्र पञ्जियार र उपमेयर रचना माथेमा)
मिथिला बिहारी नगरपालिका
एमाले
बटेश्वर नगरपालिका (मेयर डम्बरबहादुर राउत र उपमेयर प्रमिला देवी)
मुखियापट्टि मुसहरमिया गाउँपालिका (प्रमुख मनोजकुमार यादव र उपप्रमुख मीरादेवी महतो)
राजपा
हंशपुर नगरपालिका (मेयर रामशरण मण्डल र उपमेयर रेणुदेवी झा)
संघीय समाजवादी फोरम
गणेशमान चारनाथ नगरपालिका (मेयर रामबाबु यादव)
(उपमेयरमा माओवादीकी विना यादव)
धनुषामा अब १० स्थानको नतिजा आउन बाँकी छ। त्यहाँ मत गणना भइरहेका स्थानीय तहमध्ये नेपाली काङ्ग्रेसले ३, एमाले, माओवादी, राजपाले २/२ स्थानमा अग्रता लिएका छन्। त्यस्तै, संघीय समाजवादी फोरमले १ स्थानमा अग्रता लिएको छ।
हेर्नुहोस् सूचीः
कांग्रेस
कमला नगरपालिका
धनुषाधाम नगरपालिका
नगराइन नगरपालिका
एमाले
मिथिला नगरपालिका
माओवादी केन्द्र
विदेह नगरपालिका
सबैला नगरपालिका
राजपा
जनकपुर उपमहानगरपालिका
शहीदनगर नगरपालिका
संघीय समाजवादी फोरम
लक्ष्मीनिया गाउँपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।