काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सरकार आफूले काम गर्न नसकेको दोष कर्मचारी प्रशासनलाई लगाएको नेपाली कांग्रेसको आरोप, सीमा विवादको विषय भारतसँग स्पष्ट राख्न नसकेको राष्ट्रिय जनमोर्चाको भनाइ, नेकपा भन्छ– प्रतिपक्षीको आरोपमा सत्यता छैन।
२) पर्यटन विकासका लागि मानव निर्मित संरचना समेत महत्वपूर्ण रहेको उपप्रधानमन्त्री पोखरेलद्वारा उल्लेख, काठमाडौँमा बन्न लागेको स्काईवाल्क टावर पर्यटन विकासका लागि कोशेढुंगा साबित हुने विश्वास।
३) हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सरकारले शून्य सहनशीलताको नीति लिएको पर्यटन मन्त्री भट्टराईको भनाइ, उड्डयन क्षेत्रमा दिइने सेवा, सुविधा र सुरक्षाको सुधारका लागि सरकार प्रतिबद्ध रहेको स्पष्टोक्ति।
४) साग खेल अन्तर्गत माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाली पुरुष फुटबल टिम अंक तालिकाको शीर्ष स्थानमा, ३ खेलमा ७ अंक जोड्न सफल।
५) र, इराकको राजधानी बग्दादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट २ प्रहरीसहित १५ जनाको मृत्यु, ६० बढी घाइते, घाइतेको स्थानीय अस्पतालमा उपचार हुँदै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।