• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा : ग्रिन सिग्नल

64x64
नेपाल लाइभ शनिबार, मंसिर २१, २०७६  १७:२७
1140x725

द्रुत गतिमा कुँदिरहेको रेल स्टेसनमा पुगेर रोकिए जस्तै गरी मोटरसाइकलमा कोही आयो र मेरो अघि टक्क रोकियो।

उसको आँखा हाँस्यो। मेरो मुख हाँस्यो। उसको आँखा हाँसेको हेलमेट बाहिरबाटै देखियो। मेरो मुख हाँसेको कालो मास्कले छेकिदियो। उसले देख्न पाएन। मेरो मन हाँसेकोचैं उसले पक्कै महसुस गरेको हुनुपर्छ।

उसले मलाई इसारामै ‘जाऊँ’ भन्यो। 

मैले नाइँ भनिन। नाइँ भनुँ पनि किन? आखिर मेरो प्रतीक्षा पनि त उसैको थियो। म लुरुक्क मोटरसाइकलमा बसेँ। स्टेसनमा रोकिएर गुड्न सुरु गरेको रेलजस्तै गरी उसले पुनः मोटरसाइकल कुदायो।

उसले सोधेन ‘कहाँ जादैछौँ?’ भनेर। मैले सोधिनँ ‘कहाँ लाँदैछौ?’ भनेर। रेलको त निश्चित गति हुन्छ, निश्चित दुरी हुन्छ, निश्चित स्थान हुन्छ र सोहीअनुसार कुद्छ। हाम्रो त कुनै गति वा स्टेसनको बन्देज थिएन। जे जे बन्देजहरू थिए ती पार गरिसकेका थियौं। त्यसैले आफ्नै पारामा आँधिखोलाको तिरैतिरको बाटो हुँदै हुइकियौं।

आँधिखोलाको अंगालोबाट फुत्किएर आएको चिसो हावासँगै कता–कता मनमा चिसो भने पसिरह्यो। यसरी कुनै बन्देजबिना कुँदिरहेको हाम्रो जिन्दगीको रेल कतै दुर्घटना त हुँदैन?

००० 

‘ल छिटो गरेर उठ्। डहरदेखि घरसम्म बढार्न पर्‍यो। गाई गोठ पनि सफा गर्न पर्‍यो। आँगन पिँढी पनि लिपपोत गर्न पर्‍यो। तल्ला घरे रामेकाँ गएर आमा समूहको एक दर्जन राता कुर्सी ल्याम्नपरो। मानचारेक चामल भिजार पीठो कुटेर रोटी पकाम्न परो। आज साँझ घराँ पाउना आम्छन्।’

Ncell 2
Ncell 2

बुबा एकाबिहानै उठेर भुट्भुटाउन थाल्नुभो। 

शनिबारको दिन। कलेज बिदा। जागिर बिदा। जागिर र कलेज जान नपर्दाको दिन पनि बडो आनन्दको। म बेडमा पल्टिएरै घडी हेरेँ। घडीले भर्खर बिहानको ६ मात्र बजाउन भ्याएको थियो। म बुबाको गन्थनलाई बेवास्ता गर्दै कोल्टे फेरेँ। र पुनः सिरकमै लुटपुटिएँ।

‘छोटा दिन फुसुक्कै गैहाल्छन्। केही गर्न भ्याइन्न। घरका जहान यस यस बेलासम्म सुत्याछन्,’ बुबाको गनगन अझै सकिएकै थिएन। आमा भित्र भान्साबाटै सोध्नुभो।

‘हैन, को पाउना आम्ने हुन् र?’

'छोरीलाई हेर्न आम्ने हुन्।'

'आ, ती जैरे आम्छन्, जान्छन्, कहिले नआ‘का हुन् र? आइ त राछन् केरे नि। तिनेरु आउने भए भनेर यति बिपत्तै क्यार्न गर्न पर्छ र हो?'

आमाले बुबाको कुरालाई बेवास्ता गर्नुभो।

आमाले भनेजस्तै धेरै आएर फर्किएकै थिए। म त केवल फूलजस्तै थिएँ। धेरैले आएर टाढैबाट हेर्थे, घुटुक्क थुक निल्थे र फर्किन्थे। यसै दौरानमा कति घरसम्म आएर फर्किए त कति बाटैबाट। कति मन नपारेर फर्किए त कति मैले नचाहेर फर्किए। त्यसको भने मैले कुनै हिसाब राखिनँ। आखिर सबै फर्किए, भवँराहरूले धेरै गाइँगुइँ गरे पनि फूल चुम्ने अवसर भने कसैले प्राप्त गरेनन्।

मलार्ई मनमा कता-कता चिसो पस्यो। मसँग जोडिएर कुरा आएपछि मैले पनि कान ठाडा–ठाडा पारेर सुनेँ।
बुबा बोल्नुभो।

‘कुरा तेसो हैन के। यो पटक त पक्कै काम हुन्छ जस्तो छ। केटोले डिग्री पास गर्‍या छ रे। कुन्नी के जाति बैँकमा मेनेजर पनि हो रे। घराँ जहान पनि थोरै छन् रे। सबै जाति रैछ।

केटाले मन पार्न पनि त परो के रे। हामीले भनेर मात्र काँ हुन्छ र?' 

आमाले मलाई मुटुमै बिझ्ने गरी प्रहार गर्नुभो। ओछ्यानबाटै छेउको ऐनातिर फर्केर आफ्नो अनुहार हेरेँ। मेरो अनुहारमा खोट लाउने ठाउँ पनि त हैन। आखिर म नराम्री पनि त छैन। फेरि यो जमानामा पनि अनुहार मात्र हेरेर पनि कसैको विश्वास गर्न कहाँ सकिन्छ?

मैले घरमा भनिदिएकी थिएँ। ‘म तपाईँहरूले ल्याउनुभएको केटासँग बिहे गर्न तयार छु तर मेरा केही सर्तहरू छन्। मलाई नसोधी कसैलाई पनि घरमा आउने अनुमति नदिइयोस्। मेरो मञ्जुर नभएसम्म कसैसँग पनि म छुट्टै बसेर कुरा गर्न आदेश नदिइयोस्। र यति कुरा मिलेको खण्डमा कम्तिमा पनि एक हप्ता मलाई सोँच्ने र उसलाई समय दिइयोस्।’

प्रत्येक पटक कोही घरमा आउँदा बुबाले मलाई पहिले सुनाउनुहुन्थ्यो। तर यसपटक बुबाले केही कुरै गर्नुभएको थिएन। मन अमिलो भयो।

हुनसक्छ, मान्छेलाई चिन्न बुझ्न एक हप्ता पर्याप्त त थिएन।  तर एक हप्ता थोरै पनि त हैन। हप्तादिनमा कुनै न कुनै माध्यमबाट केही त अवश्य बुझ्न सक्छु भन्ने मेरो विश्वास थियो।

बुबा आमाको गनथन सकिएकै थिएन।

‘तँ नबोल् त धेरै। त्यो केटोले हाम्री नानीलाई देखिसको रे। मन परेको भएर आउन लागेका हुन् रे।’

बुबा बोल्नुभो। त्यसपछि आमाले केके भन्नुभो प्रस्ट सुनिनँ। तर बुबाको कुराले मलाई छट्पटी सुरु भयो। माघकै महिना भएपनि मलाई पसिना आएको भान भयो। म बेस्सरी सोचमग्न भएँ। आखिर कहाँ देख्यो उसले मलाई? फेरि मैले किन देखिनँ? आखिर को हो ऊ? र मलाई कसरी देख्नासाथै मन परायो? म पूरै अनभिज्ञ थिएँ।

०००

हजुर, म बस्न सक्छु?

ऊ कोठामा छिर्नासाथै बस्ने अनुमति माग्यो। मैले हुन्न भनिनँ।  म त उसले जिन्दगीमै बस्न अनुमति मागे पनि नाइँ भन्ने थिइनँ। उसले त त्यो अनुमति मागेकै थिएन। केवल म बस्दै गरेको पलङमा बस्ने अनुमति मागेको थियो।

मेरो दिनभरिको छट्पटीलाई छिचोल्दै साँझपखको घाम निभ्नुअघि नै उनीहरू ताँती लागेर आएका थिए।  मैले उसलाई देख्नेबित्तिकै चिन्न गाह्रो परेन। उसलाई मैले पहिले नै देखिसकेकी थिएँ। र सत्य रहेछ उसले मलाई देखेको पनि। उसलाई देखेपछि मेरो मनको हुटहुटी केही हदसम्म साम्य भएको थियो।

उसलाई त म देखेकी मात्र होइन। आमने–सामने भएरै कुरा गरेकी थिएँ। बैँकमा कर्मचारीको माग गरिएको थियो। मैले लिखित परीक्षा पास गरेर अन्तर्वार्ता दिन गएकी थिएँ। अन्तर्वार्ता लिने मध्यमा ऊ पनि एक थियो। अन्तर्वार्तामा उसले विषयगत प्रश्नभन्दा पनि व्यक्तिगत प्रश्न बढी सोधेको थियो। मैले असहज मान्दै जवाफ दिएकी थिएँ।

उसलाई त्यतिबेला देख्दा नै कता–कता छचल्किएको थियो। मलाई त्यतिबेला नै उसको बोली गुलियो लागेको थियो। मान्छे मन परेको थियो।

त्यतिबेला म जसरी अनुमति लिएर अन्तर्वार्ता रुममा बसेकी थिएँ ठीक त्यसरी नै त्यतिबेला मलाई बस्न आदेश दिने मान्छे अहिले मेरो आदेश लिएर मेरो अगाडिको पलङमा टुक्रुक्क बसेको थियो।

म गम्भीर थिइनँ तर ऊ देखिन्थ्यो। म आफैं उसको मौनतालाई तोड्दै बोलेँ,

‘म्यानेजर सर, हजुर त अन्तर्वार्ता लिन घरमै आउनुभएछ। के के सोध्नु छ सोध्नुहोस्।’

ऊ खिस्स हाँस्दै बोल्यो। ‘म अन्तर्वार्ता लिन आएको होइन बरु जानुहुन्छ भने तपाईँलाई लिन आएको हुँ।’ 

उसले एक मुठी लाजको रङ मेरो अनुहारमा पोतिदियो। मलाई एक मुठी लाजले छोप्यो। उसले बोलेको भित्ताले सुन्यो, र्‍याकको किताबले सुन्यो। भित्तामा झुण्ड्याइएको फोटोले सुन्यो, सबै सबैले सुने। खै झ्यालबाट पनि कसैले कान थापेर सुनेकी मलाई थाहा भएन।

मैले हाँसेरै भनिदिएँ। ‘हजुरको लैजाने हिम्मत छ भने म जान तयार छु।’ 

उ हाँसेरै बोल्यो। ‘म त एक्लै हिम्मत नपुग्ला कि भनेर दलबलकै साथ आएको छु।’ 

‘यी दलबल त दोबाटोमा पुग्दासम्मको साथी मात्र हुन्। आखिर जिन्दगीको बाटोमा यात्रा त हामी दुईले मात्र गर्नुपर्छ,’ मैले थपेँ। 
उसले म भन्दा एक बित्ता माथिको कुरा गर्‍यो। तैपनि म उसको कुरामा म पूरै सहमत थिएँ। खासमा उसले भनेको थियो। 

‘यदि तिमी मेरी भयौ भने रिसाउने दुखि हुने कोहि त छैनन् ?’

मैले ‘छैनन्’ को इसारामा मुण्टो हल्लाउँदै गर्दा उसले थपेको थियो।

‘मलाई लाग्छ, बिगत सबैको हुन्छन्। हिँड्दै गर्दा आँखाहरु कसैसँग जुध्न सक्छन्। हुनसक्छ, कसैसँग प्रेम बस्नसक्छ। तर कसैको विगतलाई कोट्याएर म कसैलाई अफ्ठ्यारो बनाउँदिन। म चाहन्छु, विगतबाट सिकेर भविष्यलाई सही बाटोमा डोर्‍याउन सकियोस्। बरु सम्बन्ध नजोडियोस्, सम्बन्ध जोडिसकेपछि कहिल्यै नछुटोस्।’

उसले त सतप्रतिशत मेरो मनकै कुरा बोलेको थियो। म पनि त्यति चाहन्थेँ। सम्बन्धको डोरी कहिल्यै नचुँडियोस्।

मैले त्यति बेला थाहा पाएँ। ऊ जति सोझो देखिन्छ त्यो भन्दा सयौँ गुणा चलाख पनि रहेछ। उसले त मलाई उसको विगत सोध्ने मुख नै बन्द गरिदिएको थियो। जे जे भए पनि यो कुरा सत्य थियो। मलाई उसको विगतसँग कुनै सरोकार थिएन।

उसले त मेरो बारेमा लगभग सबै थाहा पाइसकेको थियो। मैले पनि उसको बारेमा मनमा लागेको सबै सोधेँ। ऊ बैंकमा जागिर गर्थ्यो त म सहकारीमा। उसले डिग्री पास गरेको थियो मैले स्नातक। पढाइ मिल्दोजुल्दो, क्षेत्र मिल्दोजुल्दो, रुचि मिल्दोजुल्दो, स्वभाव मिल्दोजुल्दो।

छेउको ऐनाले पनि बताइरहेको थियो कि तिमीहरूको जोडी राम्रो देखिएको छ। जब ऐनामा आँखा गयो। मलाई एक आँखा लाज लाग्यो। म हत्तपत्त ऐनाबाट आँखा हटाएँ।

कसैले ढोका ढकढक्याएपछि हामी झस्कियौँ। हामी बोल्न थालेको त एक घण्टा बितिसकेछ। यसबिचमा हामी दुई अपरिचितहरू एक अर्कामा राम्रो परिचत सम्बन्ध स्थापित भैसकेको थियो।

मैले बुबाआमालाई माग गरेको एक हप्ताको समय पनि नचाहिने भयो। एक घण्टाको समयमा नै हामी बिच सँगै जिन्दगीको यात्रा सुरु गर्ने एक किषिमको सहमति भैसकेको थियो। हामीमा सदैव सुमधुर सम्बन्ध कायम हुने विश्वास थियो। मेरो जिन्दगीमा प्रवेश गर्न उसलाई मैले ग्रिन सिग्नल दिएकी थिएँ र उसले पनि। यस अर्थमा हामी जिन्दगी नामक रथ कुँदाउन तयार भएका थियौँ। सोहि खबर बोकेर मुस्कुराउँदै ऊ ढोकाबाट बाहिरीयो।

०००
‘हजुरको माइती के थरी रे?’

कोही बुढो मान्छेले आमालाई सोध्यो।

‘अर्याल हुन्,’ आमाले रातो अक्षता मुछ्दै बोल्नुभयो। बिहेको दिन तोकिइसकेको थियो र टीका लगाउने कार्यक्रम सुरु हुनै लागेको थियो। आमा त्यसैको तयारीमा जुट्नु भएको थियो। घरमा सानोनिनो बजारमा हुने जति मान्छे जम्मा भइसकेका थिए।
‘ती त नयाँ भाते हैनन् र?’

त्यो बुढो मान्छे फेरि बोल्यो। त्यतिबेलै थाहा पाएँ। त्यो बुढो मान्छे उसको हजुरबुबा रहेछ।

‘हुन्,’ आमा बोल्नुभो।

‘हामी त पुराना भाते हुम् नि । अनि कसरी कुरा मिल्छ त?’

बुढो मान्छेले भातको कुरा निकाल्यो। केटापक्षका मान्छेहरूले एक अर्कामा मुखामुख गरे। तर कोही बालेनन् बरु उही बोल्यो। ‘मलाई केटी मन परेको छ। मलाई जातभातको मतबल पनि छैन। कुरा अघि बढाउँदा हुन्छ।’ 

बुढो मान्छे जंगिँदै उठ्यो। 

‘मन पर्‍यो भनेर मात्र हुन्छ? केटी त एक सय एक पाइन्छ। भातै नमिलेको ठाउँमा कुरा कसरी मिल्छ? ल जे जे मन लाग्छ त्यही गराओ। म हिंडेँ।’ 

त्यो बुढोमान्छे सरासर बाटो लाग्यो। त्यसपछि एक एक गरेर आएका मान्छेहरु बाटो लागे।

जो बेहुलाको दाबेदार बनेर आएको थियो। उसले हात जोडेर माफी मागिरहेको थियो। उसले भनेको थियो, ‘उनी मलाई मन परेकी छन्। उनले मसँग जीवन बिताउने हुन्। घरको कुरा बिस्तारै ठीक भैहाल्छ। म उनको आँखामा आँसु बगेको हेर्न सक्दिनँ। बिन्ति मलाई विश्वास गर्नुहोस्। बरु म अहिले नै लैजान तयार छु।’ 

टीका कार्यक्रममा उपस्थित भएका गाउँलेहरु आक्रोसित भइसकेका थिए। उसको कुरा कसैले सुनेन। बाँकी रहेका ऊसहित तीन जनालाई लाठी मुंग्रो लिएर गाउँलेहरुले लखेटे।

केही क्षणअघिसम्म हर्षोल्लासले भरिएको घरमा क्षणभरमै कोलाहल मच्चियो। टि टेवलमाथिको चरेसको थालमा मुछिराखेको अक्षताले एकतमासले मलाई हेरेको थियो। दियो निभ्नै मानिरहेको थिएन। धपधप बलिरहेको थियो। मेरो मनको आशाको दियो भने अकस्मात आएको हुरीले निभाइदिएको थियो।

कलसमा भरी राखिएको जल र छपनी लगाइएको फूलले कार्यक्रम सफलताको कामना गरिरहेको थियो। तर कार्यक्रम भने भताभुङ्ग भसकेको थियो। आमा डाँको छोडेर रुनुभो। मेरो पनि मन थामिएन। पृथ्वी समान बुबाको पनि आँखाको डिलले आँसु थामिएन। हामी रोयौँ। हामी सँगै गाउँलेहरु, टिका सहितको थालि, दियो कलस सबै सबै रोए।

०००

समयले एक चक्कर लगाइसकेको थियो। अनकन्टार रात छिचोलेर बिहान कोठासम्मै आइसकेको थियो। तर मेरो मन भने औंसीको रात भन्दा कम थिएन। टीकाटालो भएको भए घर पाहुनाले भरिभराउ हुन्थे होलान्। बिडम्बना! त्यसो हुन सकेन र त घर घर जस्तो थिएन। आफ्नै घर पनि मसानघाटजस्तो लागिरहेको थियो। आफ्नै शरीर पनि मुर्दाजस्तो लागेको थियो। मेरो जिन्दगीमा निराशाभन्दा केही बाँकी थिएन। त्यही निराशाले भरिएको यौटा जिन्दगी बोकेर म पलङमा पल्टिइरहेकी थिएँ। 
त्यति बखत फोन करायो।

फोन अरु कसैको नभएर उसैको थियो। जो मेरो बेहुलो बन्न तयार भएको थियो। जसले मेरो सुखदु:खमा साथ दिने बाचा गरेको थियो। जो मुछिसकेको टीका छोडेर लखेटिएको थियो। 

टीकाटालोको समयभन्दा अघि रुममा बोल्दै गर्दा उसँग नम्बर साटासाट भएको थियो। उसको नाम पनि ख्यालैख्यालमा ‘माइ लभ’ भनेर सेभ गरेकी थिएँ। सेभ गरिएको नामको आग्रहलाई एक तमासले हेरिरहेँ। 

पटक-पटक फोन आयो। उठाइनँ। म्यासेज आयो, वास्ता गरिनँ। उसले सपनाको सहर ढलेको ठ्क्याक्कै एक हप्तापछि फोन गरेको रहेछ। मनमनै सम्झिएँ।

फोनमा ४९ पटक मिसकल देखिएर ५० पटक मिसकल बन्नुअघि मैले फोन उठाएँ। उसँग रिसाएँ। बेस्सरी गाली गरेँ। रोएँ। ऊ रिसाएन, मलाई गाली पनि गरेन। केवल सुँक्क–सुँक्कको आवाज मात्र सुनेँ। 

केही बेरको रुञ्चे संवादपछि उसले अचम्मको प्रस्ताब राख्यो। उसले मलाई पूरा विश्वास दिलायो। खै कसरी ती सबै चोटहरू भुलेर म यति ठूलो निर्णय गर्न पुगेँ। म आफैं अनभिज्ञ छु।

उसले मलाई फकायो, म फकिएँ। म एकाएक उसको प्रस्ताब मान्न राजी भएँ। म उसकी बन्न राजी भएँ। म उसँगै भाग्न राजी भएँ।

०००

ठीक यति बेला दुई जिन्दगी एक थान मोटरसाइकलको साहारामा हुँइकिरहेको छ। उसले मोटरसाइकलको ह्याण्डिल समातेको छ,  मैले उसको कम्मर समातेकी छु। ऊ एक एक गरेर हरेक घुम्तिहरूलाई पछि पारिरहेको छ। यसरी नै जिन्दगीभर आइपर्ने हरेक अफ्ठ्याराहरुलाई पार गर्नु छ र बिताउनु छ यौटा सुन्दर जीवन। 

अबको मेरो बाँकी जिन्दगीमा प्रवेश गर्नको लागि उसले ‘ग्रिन सिग्नल’ पाएको छ र मैले पनि ऊ सँगै जीवन जिउने अवसर पाएकी छु।

प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा विधानसभा निर्वाचन सुरु, शनिबारदेखि ७२ घण्टा नाका बन्द हुने
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
बिहारमा विधानसभा निर्वाचन सुरु, शनिबारदेखि ७२ घण्टा नाका बन्द हुने बिहीबार, कात्तिक २०, २०८२
नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल आज स्वदेश फर्किदै बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रविलाई बयानका लागि कारागारबाट सिंहदरबार ल्याइयो बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्