मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास भएको बताएका छन्।
उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर भएको दाबी गरेका छन्।
राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिएको अन्तरवार्तामा सो दाबी गरेका बताइएको छ।
उनले सो अन्तरवार्तामा भने,‘हाम्रो ठूलो उपलब्धि भनेको यही हो कि हामीले यस अवधिमा देशको आर्थिक विकासमा ठूलो बृद्धि गरेका छौँ र यसलाई रुसी जनताले पनि प्रत्यक्ष रुपमा अनूभूति गर्न पाएका छन्।
उनले रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको र यो गएका केही वर्षयता निकै उपलब्धिमूलक रहेको पनि दाबी गरे।
देशमा भएको आर्थिक वृद्धिका कारण रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्या पनि घटेको उनको भनाई छ। उनले भने,‘देशमा उल्लखनीय रुपमा आर्थिक विकास जारी छ र यसले गर्दा यहाँको गरिबी पनि आधाले घटेको छ।’
राष्ट्रपति पुटिनले देशको गरिबीलाई कम गर्न गरिब र धनीबीचको अन्तरलाई घटाउने कार्यक्रमहरु सुरु गरिएको पनि सो अन्तरवार्तामा बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।