काठमाडौं- राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेबाट गणेश तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। संघीय संसद् भवन पुगेर सोमबार तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्।
तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन्।
वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का देखिएको छ। एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ।
एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हुन्। उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित भएका थिए।
अध्यक्षको निर्वाचन बुधबार हुनेछ। नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।