काठमाडौं- कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने निर्णय गरेको छ। सभामुख पदमा माओवादी उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराउन सहयोग गरेको कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने निर्णय गरेको हो।
पदीय गरिमा राख्ने व्यक्ति वाम गठबन्धनले चयन गरेको बताउँदै कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिएको दाबी गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदको शक्ति सन्तुलनलाई हेर्दासमेत राष्ट्रियसभामा उम्मेदवारी दिन आवश्यक नदेखिएको बताए। 'राष्ट्रियसभा भनेको प्रबुद्ध व्यक्तिहरुको सभा भएकाले त्यसमा मत विभाजन नगर्ने निष्कर्षमा कांग्रेस पुगेको हो,' उनले भने।
राष्ट्रियसभाको अध्यक्षमा एमालेबाट गणेश तिमिल्सिनाको एक्लो उम्मेदवारी परेको छ। अध्यक्षको निर्वाचन बुधबार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।