पर्सा- कालिकामाई गाउँपालिकाका अध्यक्षमा नेपाली जनता दलका नथुनीप्रसाद कुशवाहा विजयी भएका छन्।
कुशवाहाले २ हजार ८१६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका लालसादेवीले २ हजार ६९६ मत हासिल गरिन्।
उपाध्यक्षमा फोरम नेपालका राजेश चौरसिया २ हजार ९१४ मत ल्याई विजयी भए।
त्यसै गाउँपालिका वडा नं १ का वडाध्यक्षमा नेपाली काँग्रेसका शिवनाथ कुर्मी, २ मा सोनालाला चौरसिया, ३ मा सञ्जय पटेल, ४ मा हरिओम प्रसाद र वडा नं ५ का वडाध्यक्षमा पवन तिवारी विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।