महोत्तरी- गौशाला नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ।
बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी भइन्।
महतोले ५ हजार ९४४ मत प्राप्त गरे भने उपप्रमुख लामाले ५ हजार ९७० मत ल्याइन्।
गौशाला नगरपालिकाका ६ वडामा नेकपा माओवादी केन्द्र, ५ वडामा कांग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।