स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश २ मा असोज २ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। हालसम्म घोषणा भएका विजयीहरुको सूचीमा काङ्ग्रेसका उम्मेदवारहरुले बढी सङ्ख्यामा जितेका छन्। मेयर/प्रमुखहरुमा १० स्थानमा काङ्ग्रेसका उम्मेदवारहरुले जितेका छन्।
त्यस्तै, माओवादी र राजपाले ५/५ जितेका छन्। एमालेले ४, संघीय समाजवादी फोरमले ३ र लोकतान्त्रिक फोरमले २ स्थानमा जितेको छ।
कसले कहाँ जिते, सूची हेर्नुहोस्ः
कांग्रेसले जितेका १० स्थानीय तहः
रामनगर गाउँपालिका/सर्लाही
औरही गाउँपालिका/धनुषा
जनकनन्दिनी गाउँपालिका/धनुषा
नवराजपुर गाउँपालिका/सिरहा
बिष्णुपुर गाउँपालिका/सप्तरी
धनकौल गाउँपालिका/सर्लाही
करैयामार्इ गाउँपालिका/बारा
धनौजी गाउँपालिका/धनुषा
बेल्ही चपेना गाउँपालिका/सप्तरी
जनक नन्दनी गाउँपालिका/धनुषा
माओवादीले जितेको ५ स्थानीय तहः
कर्जन्हा नगरपालिका/सिरहा
अर्नामा गाउँपालिका/सिरहा
ठोरी गाउँपालिका/पर्सा
औरही गाउँपालिका/सिरहा
मौलापुर नगरपालिका/रौतहट
राजपाले जितेका ५ स्थानीय तहः
हंशपुर नगरपालिका/धनुषा
कौडेना गाउँपालिका/सर्लाही
देवताल गाउँपालिका/बारा
डाक्नेश्वरी नगरपालिका/सप्तरी
महोत्तरी गाउँपालिका/महोत्तरी
एमालेले जितेका ४ स्थानीय तहः
सप्तकोशी नगरपालिका/सप्तरी
बटेश्वर गाउँपालिका/धनुषा
मुखियापट्टी मुसहरनीया गाउँपालिका/धनुषा
पटेर्वा सुगौली गाउँपालिका/पर्सा
संघीय फोरमले जितेका ३ स्थानीय तहः
सोनमा गाउँपालिका/महोत्तरी
बिन्दबासिनी गाउँपालिका/पर्सा
विष्णुपुर गाउँपालिका/सिरहा
लोकतान्त्रिक फोरमले २ जितेका स्थानीय तहः
इशानाथ नगरपालिका/रौतहट
बिष्णु गाउँपालिका/सर्लाही
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।