काठमाडाैं- चितवनकाे भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साेमबार बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो। ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो। ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीकाे बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँमिलमा रोकिराखेको टिपरमा गए राति मोटरसाइकल ठाेक्किँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भे १ ब १४४८ नम्बरको टिपरलाई ना ४३ प ३३४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने २८ वर्षीय नवीन कँडेल र सोही स्थानका ३१ वर्षीय दीपक पन्थ रहेका छन्। घटना गए राति भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।