धनुषा– धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय जनता पार्टीले करिब ४ हजार मतले अग्रता लिएको छ।
राजपाका उम्मेदवार लालकिशोर साहले ६ हजार ४१ मत पाएका छन्।
साहलाई नेपाली काङ्ग्रेसका उम्मेदवार मनोज कुमार साह सुदीले पछ्याएका छन्। उनले २ हजार ७९ मत पाएका छन्।
उपमेयरमा पनि राजपाकै उम्मेदवार रिताकुमारी मिश्रले अग्रता लिएकी छिन्। उनले ४ हजार ५० मत पाएकी छन्।
साहलाई नेपाली काङ्ग्रेसका उम्मेदवार निलमदेवी कर्णले पछ्याइरहेकी छिन्। उनले १ हजार ८ सय ९५ मत पाएकी छिन्।
मेयर र उपमेयरमा कुन दलले कति मत पाए, हेर्नुहोस् सूचीः
मेयर/उपमेयर
राजपाः ६०४१/४०५०
कांग्रेसः २०७९/१८९५
एमालेः ८५४/६३१
फोरमः १९५/३०२
माओवादीः २०६/२२४
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।