काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डद्वारा प्रकाशित ‘फिल्मिङ इन नेपाल, द अल्टिमेट ट्राभल गाईड टु फिल्मस् साईटस्– भोलुम १’को शुक्रबार चलचित्र विकास बोर्डको हलमा लोकार्पण गरेका छन्।
सोही कार्यक्रममा मन्त्री बाँस्कोटाको रोहबरमा चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिल बीच चलचित्र संग्रहालय तथा अन्य सहकार्यका लागि समझदारी पत्र (एम.ओ.यु.)मा हस्ताक्षर भयो।
कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले नेपाल आफैं फिल्म छायाङ्कनको लागि प्राकृतिक स्टुडियो भएको बताए। उनले यो पुस्तकले नेपालको सुन्दरता बारे देश विदेशमा जानकारी गराउने विश्वास लिएको बताए।
विदेशीहरुलाई नेपालको सुन्दरता र यहाँ छायाङ्कन गर्ने सुविधा बारे जानकारी गराउन हरेक देशमा भएका नेपाली कुटनीतिक नियोग मार्फत् यो पुस्तक ती देशका सिनेकर्मीको हातमा पुर्याउन पनि उहाँले सल्लाह दिनुभयो। पुस्तकमा भएका तस्बिर र सूचनाहरु वेवसाईट बनाएर राख्न पनि सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।