• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

दंश : पीडितहरूको कथा [पुस्तक समीक्षा]

64x64
नेपाल लाइभ शनिबार, मंसिर १४, २०७६  ११:३९
1140x725

दिनहुँजसो समाजमा कोही न कोही पीडित हुन्छन्। त्यही पीडालाई टपक्क टिपेर लेखक सिर्जना गर्छन्। त्यसैले कथामा धेरैजसो पीडा नै आउने गर्छ। दिनमानको ‘दंश’ कथा संग्रह तिनै पीडाहरूको संगालो हो भन्न सकिन्छ। नेपाली समाजको वर्तमान समयको चित्रण पाइने दंश कथा संग्रहमा जम्मा १८ कथा छन्।

पहिलो कथा अनुहार अनायासै हुन गएको यौन सम्बन्धले उत्पन्न परिस्थितिमाथि घुमेको छ। माओवादी युद्धको उत्तरार्धमा चौकी आक्रमण हुँदा ज्यान जोगाउन भागेको एक प्रहरीले शरण लिएको घरको युवतीसँग राति भएको सहबास र परिस्थिति कथाको अन्तमा खुलेको छ। त्यो कुरा म पात्र प्रहरीलाई पनि चिठीमार्फत् ज्ञात हुन्छ। र, बेवारिसे ठानिएको बालक उसैको भएको पुष्टि हुन्छ। 

विपन्न मुसहर भगीरामको तराईमा हिउँदमा ज्यानमारा बन्ने चिसोसँगको कथा हो घुर। सानो झोपडीमा जीवन गुजारिरहेको उसको घरमा न्यानो ओछ्यानको अभाव छ, उसको आयआस्ताले गर्जो धान्न सकेको छैन। चिसो धपाउन रक्सीको सहारा लिएको उसले स्वास्नी र आमालाई समेत रक्सी खुवाउँछ र नसामा आगो ताप्ने घुरमा घरको छानो खरानी बनाउँछ। सतहमा चिसोको कथा लागे पनि यो आर्थिक विपन्नतामा जिउने मुसहर समुदाय र तराईका विपन्न नागरिकको कथा हो जसले चिसोबाट वर्षेनी अकालै ज्यान गुमाउने गर्दछन्। 

महामारी कथामा युद्धकालमा घाइते बनेर आएका कमरेड विश्वजीतका राजनैतिक सम्भाषणले म पात्र उनीप्रति र उनले बोकेको दर्शनप्रति आकृष्ट भएको छ। उच्च नेतृत्वमा रहेका उनले केही परे सम्झिन दिएको आश्वासनले म पात्र पानीको जोहो गरिदिने माग, आशा, अपेक्षा बोकी राजधानी पसेपछि रित्तो फर्किन विवश छ। जसले आजको राजनीतिक अवस्थाको चित्रण गरको छ। योद्धासँग केही पल कथाले जनताको मुक्तिको संघर्षमा आफ्नो जीवनको परवाह नगरी होमिएकाहरूको पक्षमा बोलेको छ। जसले परिवार गुमाएको छ, जीवनको उज्यालो गुमाएको छ तिनले भोलिको चिन्ता चाहिँ व्यक्त गरेको छ। 

संसारबाट महिला गायब भयो भने के हेन्छ ? के पुरुषहरूले आजकोजस्तो जीवन बाँच्न सक्छन् ? यस्ता प्रश्नहरू चियाको बाफ कथा पढेपछि पाठकको मनमा आउन सक्छन्। महिलाबिनाको संसारको कल्पना पनि गर्न सकिन्न। तर, यही समाजमा महिलामाथि हिंसा गरिन्छ। झन् हिजोआज त प्रहरीबाटै महिला पीडित छन्। कथा संग्रहको शिर्ष कथा दंशको मूल मर्म पनि यस्तै छ। दंश कथामा प्रहरीद्वारा नै प्रहरीकी पत्नी बलात्कृत हुन्छिन्। पुलिस प्रशासनको धज्जी उडाइएको छ। संग्रहको शीर्षक कथा दंश घटना, परिवेश, उपकथा बनोटको कोणबाट उत्कृष्ट भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रेमको धरहरा २०७२ को भूकम्पमा अवसान हुन पुगेकी प्रेमिका र त्यो जोडी प्रेमयात्रीको प्रेमकथा हो। त्यस्तै गरी आधुनिक समाजमा अब पुरुष वेश्या पनि छ भन्ने उजागर गरेको छ पुरुष कथाले। पुरुषहरू बेरोजगारीको मारमा अहिलेको शहरीया महिलाको उपभोगको साधन बनेको पुष्ट्याइछ  । कथाले समाजको अँध्यारो दिशा र विचलनलाई उजागर गरेको छ। यसबेला ऊर्जावान् युवा पुरुष वेश्या बन्न विवश छन् भने शहरीया महिलामा भयावहरूपमा झाँगिदै गएको अनैतिक लहराको कहालीलाग्दो पटाक्षेप गरिदिएको छ कथाले। 

पराजित जस्तो कथाले आत्महत्या उचित नरहेको र जीवनमा धेरै गर्न बाँकी रहेको बताएको छ। वैदेशिक रोजगारीले नेपाली समाज र युवालाई डसिरहेको यथार्थ संक्रमण कथामा प्रस्तुत भएको छ। कतिले लास बन्नु परेको छ, कतिले विभिन्न रोगले पीडित बन्नु परेको छ र कतिले नैतिक विचलनले पारिवारीक जीवनको दुर्घटना तथा पैसाको बर्बादीलाई सहनु परेको छ जो कुरा कथामा आएका छन्। मूलतः वैदेशिक रोजगारीले निम्त्याइरहेको हाम्रो पीडा कथामा चित्रित भएको छ।

हामी अनलाइनको दुरुपयोगले बढेको ब्लयाकमेलिङ, हत्या र आत्महत्याको दुःखद जीवन जिउन बाध्य छौं जसलाई वेब तृष्णा कथाले बयान गरेको छ। मूलतः अनलाइनका घिनलाग्दा कृयाकलापबाट म पात्रझैं बचाउनु वेब तृष्णा कथाको आदर्श मर्म हो। निलो गुलाब अर्को उत्कृष्ट कथा हो। कथा रहस्यमय छ। यसको कथानक सुन्दर छ। कथाले बढ्दै गरेको कालो धन, अपराधमा प्रहरीको संलग्नता, खोजी पत्रकारिताको जोखिम, अनैतिक यौनकाण्डलाई चित्रण गरेको छ। पनामा पेपर्स, त्तेतीस किलो सुनकाण्ड आदिले हाम्रो वर्तमान अपराधका प्रवृतिलाई उदांगो पारेझैँ यस कथाले राज्यलाई कालो धनप्रति सजग गराउने प्रयत्न गरेको छ। 

Xtrem
Xtrem

संग्रहको अन्तिमक कथा मधेशको गर्मीमा म पात्र अन्ततः आफैसँग हुर्केको, पढेको घनिष्ठ साथी असलमबाट अपहरित भएको छ। यसैगरी रामहरिको ठूल्दाइ, अब्दुल, रामललवा, भुवन हमाल, म पात्रको बाजे कमानसिंह, जितन ठाकुर आदि पात्र मधेश आन्दोलनको लप्काको शिकार भएका घटना र प्रवृतिमाथि कथा बुनिएको छ। पात्र परिचयसहित आएको यस कथामा मधेशमा चलेको पहिचान र आत्मसम्मानको आन्दोलन र सँगै त्यसमा वनमाराझैँ हुर्किएका साम्प्रदायिकता, आग्रहपूर्वाग्रह, बदलाको भावना, अपराध, भुमिगत गतिविधिलाई मिहिन ढंगले केलाउने प्रयास गरिएको छ। कथाको बनोट, घटना र उपकथाको संयोजन आकर्षक र लोभलाग्दो छ। शब्द र वाक्यको सरलता यसको अर्को बलियो पाटो हो। त्यस आन्दोलित समयलाई यसले लिपिबद्घ गर्ने प्रयास गर्नु पनि प्रशंसनीय पक्ष हो भने हरेक नेतृत्वलाई आन्दोलनले जन्माउने जोखिम, अराजकतातर्फ पनि यसले सचेत पारेको अनुभूति हुन्छ।

सरल शब्द र वाक्यमा कथाहरू लेखिएका छन्। आगन्तुक शब्दको प्रयोगलाई स्थान दिइएको पाइन्छ जसलाई निरुत्साहित गर्नुपर्दथ्यो। व्याकरणीय शुद्धता खट्किन्छ। कथाले ससानादेखि गहन विषय सामान्य प्रस्तुति र घटना तथा उपकथाका माध्यमबाट बयान गरेका छन्। पात्र अभावमा जन्मिएका छन् र ती अभावसँग पौँठेजोरी खेल्दछन्। कतिपय पात्र पत्रकारका भूमिकामा उदाएका छन् भने परिवेशमा कफीसप हावी भएको लाग्दछ। यथार्थलाई काल्पनिकताले समेत रंग्याइएको पाइन्छ।  कथानक दोहोरिनबाट बचाउन अलि असावधान भएको लाग्दछ। 

कतिपय शब्द, वाक्य, अनुच्छेद र सन्दर्भलाई निफन्न आवश्यक देखिन्छ। यस कार्यमा सम्पादकीय पाटो गम्भीर हुनुपर्दथ्यो। समग्रमा कथा संग्रहले सामयिक यथार्थलाई अहम् स्थान दिएको छ। संग्रहले कथाकार दिनमान गुर्मछानको कथाकारिताको यात्रालाई उज्यालो देखाएको छ। 
कृतिको नाम : दंश 
विधा : कथा 
कथाकार : दिनमान गुर्मछान   
प्रकाशक : शाब्दिक बुक्स, काठमाडौं   
मूल्य : रु ३४५।

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्