रौतहट- मौलापुर नगरपालिकाको मेयरमा रिनाकुमारी साह विजयी भएकी छन्।
माओवादी केन्द्रका तर्फबाट मेयर उम्मेदवार साहले ३९१२ मत प्राप्त गरी विजयी भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका राम एकवाल रायले २२०८ मत प्राप्त गरे। साहले उनलाई १७०४ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्।
साह २ नम्वर प्रदेशको पहिलो महिला मेयर बनेकी छन्। उनी सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन्।
उपमेयरमा पनि माओवादीकै उम्मेदवार गौरीशंकर प्रसाद ३ हजार ८८९ मतसहित विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।