complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बनारस यात्रा : अशान्त सहरमा बेचैनी मन

64x64
नेपाल लाइभ शनिबार, मंसिर १४, २०७६  ०६:२०
1140x725

अष्टमीको साँझ। गाउँघर दसैंको माहोलले मात्तिसकेको बेला। टाढा टाढाबाट साथीभाइ आ-आफ्ना फण्डा छाडेर भेला भई मीठा मीठा गफ चुट्दै तास खेल्ने मौसम।

हरेक वर्ष हाम्रो घरलाई चाहिने मासुको जोहो मिल्ने पल्लो गाउँको फुँयाल दाइ र विष्ट दाइको घरको खसी ढलिसकेको थियो होला सायद। अझ भनौं भुटनको स्वादमा चिरिप्प पार्दै मज्जा लिँदै थिए होलान् मेरा साथीहरू। दसैंमा उदयपुर गइएन भने यसै यसै न्यास्रो लाग्छ। उत्साहका साथ गाउँमा पर्व मनाइन्छ, त्यो उत्साह सहरमा कहाँ? सायद सहरीया साथीहरूलाई पनि गाउँ जान पाए हुन्थ्यो जस्तो लाग्ला।

तर दसैंको समय पारेर म र मेरो परिवार (आमा, बुवा, श्रीमती, छोरा र बहिनी) धर्मकर्म गर्न हिँडेका  थियौं। त्यो साँझ हामी बनारस दर्शन सकेर रातको १२ बजे हरिद्धारका लागि हिँड्ने तयारीमा थियौं। 

बनारस- धार्मिक सहर। जहाँ पवित्र गंगा बग्छिन्। देवी देउता बस्छन्, र लाखौं मानिसहरूलाई वर्षेनी आउन मोहित गर्छन्। मन्दिर र बेलुकाको आरतीको रमनियको के कुरा। शब्दले बयान गर्न सकिन्न। लाग्छ कुनै देवलोकमै पुगे जस्तो। 

दु:खको कुराचाँहि साह्रै अशान्त छ यो सहर। काठमाडौंबाट धेरै चिज सिक्न सक्छ। हामी अक्सर आर्टिकलमा देख्छौं, 'फलाना देशबाट नेपाल ले यो-यो सिक्न सक्छ' भनेर। तर यति पवित्र सहरले सिक्न पर्ने भनेको ‘हर्न’ निषेधित क्षेत्र घोषणा हो। जहाँ गाडीका हर्नको ट्याँट्याँ र टुँ टुँ मात्रै सुनिन्छ। सडकमा हिँड्नेहरूलाई खै के हतारो हो भन्नै सकिन्न। त्यसमाथि भिडभाड र त्यस्तै साँघुरा सडक। केही असभ्य बोली र भाषा। यहाँ शान्त वातावरण अनुभव गरेँ मैले।

अर्को 'ठग' टेम्पुहरूको व्यवस्थापन। पहिलो पटक बनारस गएका हामीलाई उनीहरूले पहिचान गरिहाले। पटक पटक राम्रो मन्दिर नजिकैको होटलमा लैजा भन्दा भन्दै पनि लगेर लगे झण्डै ३-४ किलोमिटर परको होटलमा। 

मन्दिर दर्शन र आरती राम्रै भयो। हर्नको आवाजले आजित भइसकेको मलाई यो सहर कहिले छोडौं जस्तो भइसकेको थियो। आरती दर्शन सकेर केही किनमेल गरेपछि हामी होटलतिर फर्किँदै थियौं। हाम्रो रातिको ट्रेन भएकोले होटेल पुगेर प्याकिङ सकी ट्रेन स्टेसन जान पर्नेथ्यो। 

रात अलि अबेर नै भइसकेको थियो। हामीलाई रेल स्टेसन चढ्ने हतारो थियो। अटो रिक्सा प्याक भएकाले एउटा ५ जना अट्ने रिक्सामा चढ्यौं। यस्तो खालको रिक्सा मैले पहिलो पटक बनारसमै देखेको थिएँ। अन्त सायदै हुन्छन् होला। रिक्सा चालक हामीलाई होटलतिर लिएर लैजाँदै थियो। हामी झर्ने चोक आइपुग्यो। हामीले रोकिदिन आग्रह गर्‍यौं।  त्यहीँबाट हिँडेर होटल जान्छम् भन्यौं। तर रिक्सावालाले 'म उतापट्टि घुमाइदिहाल्छु' भनेर रोक्दै नरोकी अर्कोतर्फ घुमाइदिन लाग्यो। रिक्सा जब घुमाउन थाल्यो।  विपरीत दिशाबाट आएको मोटरसाइकलले अचानक रिक्साको अगाडिको पांग्रामा जोडले बजायो। त्यसपछि रिक्सामा बसेका हामी छ जना भुइँमा पछारियौं। 

Ncell 2
Ncell 2
nimb
nimb

एकछिन त होस हवास नै उड्यो। रिक्सामा हामी ३ वर्षदेखि ६५ वर्ष उमेर समूहका थियौं। 'के भयो! के भयो!' भन्दै वरपरका मानिसहरू दौडँदै हामीकहाँ आइपुगे। यसो हेरेँ, आमा दाहिने हात समाएर रुँदै सडकको एउटा कुनामा, बुवा लगभग बेहोसीकै अवश्थामा, बहिनी एकातिर अनि छोरा र बुढीलाई त देख्दै देखिनँ। उनीहरू सडकको पारीपट्टि रहेछन्। 

सातो पुत्लो उड्यो। अरु त बयस्कै थियौं। ३ वर्षे बच्चालाई के भयो होला भनेर मन झन् आत्तियो। वरपरका मान्छेहरूले उठाएर साइडमा लगे। र कसैले पानी दिए कसैले कस्तो छ भनेर सोध्न थाले। त्यो रिक्सावालाई सबैले हपार्न थाले। रिक्साको टायरमा हान्ने बाइकवाला त सुइँकुच्चा ठोकिसकेका रहेछन्। हामी एकैछिनसम्म त के भयो सोच्नै सकेनौं।र अचेत जस्तै रह्यौं। के गर्ने भनेर द्धिविधामा पर्न थाल्यौं। 
आमा दाहिने हात समातेर रुँदै हुनुहुन्थ्यो। बुवाको पनि लगभग होस फिरिसकेको थियो। नजिकैको पसलेले पानी छम्केर होसमा ल्याएछन्। 'आमाको हात भाँचिएको जस्तो छ' भनेर मान्छेहरूले अस्पताल लान सुझाए, त्यही रिक्सावालाको साथ लगाएर। बुढी, बुवा, बहिनी र बच्चालाई होटलतिर पठाएँ। मैले आफूलाई लागेको चोटबारे त ध्यानै दिन पाइनँ। चिउँडोमा ठोक्किएकाले दाँतले जिब्रा काटेको रहेछ। रगत आइरहेको थियो भने शरीरका धेरै ठाउँ दुखिरहेका थिए।

हामी नजिकैको एउटा मिसनरी अस्पताल पुग्यौं। मैले घटनाको वृतान्त सुनाएँ। डाक्टरले दुखाइ कम गर्ने इन्जेक्सन लगाइदिए। दुखाइ कम भयो होला क्यारे। आमा रुन छाड्नुभयो। अनि एक्स्रे गर्न पठाएँ। दुर्भाग्य एक्स-रे मेसिनको कोठा बन्द भइसकेको रहेछ। डाक्टरले हात झुण्ड्याउन सपोर्ट मिल्ने खालको एउटा सामान किन्न लगाए र हामी हरिद्धार जान लागेकाले हरिद्धार पुगेरै उपचार गराउनु भन्ने सल्लाह दिए। र केही दुखाइ कम गर्ने औषधिहरू पनि लेखिदिए। 

हामी त्यसपछि होटेलतिर लाग्यौं। रिक्सावालाको मुख डरले सुकिसकेको थियो, सायद कति पैसा तिर्न पर्ने होला भनेर। मैले उसलाई कति पैसा भयो भनेर सोधें। ऊ अकमक्क भयो। मैले केही पैसा थमाएर होटलभित्र पसें। होटललाई अटो मगाउन भनेर हतार हतार सामान निकाल्न थालेँ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामी अटो चढेर रेल स्टेसन पुग्यौं। करिब रातको १२ बजेको थियो। त्यहाँ पुगेपछि थाहा भयो रेल ढिला रैछ भनेर। तर कति ढिला एकिन थिएन। एकछिन पछि थाहा भयो बिहानको छ बजे भनेर। टेल स्टेशनमा बसेर के गर्ने भनेर हामी होटल खोज्न थाल्यौं। एउटा होटल पायौं। र रात त्यहीँ काट्ने अनि बिहानै जाने भन्ने सोच्यौं। बिहान ६ बजे रेल चढ्ने हिसाबले त्यहाँ पुग्दा त रेल दिउँसोलाई सम्म ‘डिले’ भएको थाहा पायौं। यसै त आमाको हात दुखेर मर्नु भइरहेको अवश्था। त्यसमाथी रेलको समय परिवर्तनको परिवर्तन। हाम्रो हरिद्धारदेखि दिल्लीको ट्रेन थियो। 

अनि दिल्लीबाट गोरखपुर हुँदै काठमाडौं आउने योजना। यही तालले हामीले हरिद्धारमा खासै समय नपाउने जस्तो देखियो भने अर्कोतर्फ आमाको दुखाइ कम भएको होइन। 

मनमा अनेक तर्कना खेल्न थाले। दिउँसो रेल जान्छ नै भन्ने पनि त ग्यारेन्टी थिएन। आफ्नो माटो आफ्नै हुन्छ। नेपालमा भएको भए आमाको उपचार सहजै हुन्थ्यो। चिनेका मान्छे हुन्थे। कनि कनि हिन्दी बोल्न पर्दैनथ्यो। झन् हरिद्धारमै गएर टिका लगाउने रमाइलो गर्ने योजना रेलको पर्खाइमै जाने भयो भन्ने लाग्न थाल्यो। 

त्यसपछि हामीले हरिद्धार नजाने निधो गर्यौं। काठमाडौंमा फोन गर्यौं। टिकट क्यान्सिल गर्ने नमिल्ने कुरा गर्यो। खैर केही छैन भनेर हामी नेपाल आउन तयार भयौं। जाने कसरी? रेलमा गोरखपुर जाने अनि त्यहाँबाट सुनौली हुँदै काठमाडौं। रेल चढ्ने ठाउँमा पुग्यौं। एसी अथवा स्लिपर क्लासकै टिकट पाउने अवस्था भएन। सामान्य सिटमै यात्रा गर्नपर्ने देखियो। 

टिकट काट्यौं, एउटा भरिभराउ ट्रेन आइपुग्यो। हामी भित्र छिर्यौं। भित्र खुट्टा टेक्ने ठाउँ थिएन। अब के गर्ने? हामी भित्रै धकेलियौं। मान्छेको भिड बढ्दै गयो। हामी जाने कि नजाने दुविधामा पर्यौं। झट्ट पहिला यात्रा गर्दाको कुरा याद आयो। एसी रुममा छिर्ने अनि टिसीलाई भेटेर आफ्नो बाध्यता सुनाउँदै सिट माग्ने र जे जति लाग्छ तिर्ने। सल्लाह गर्यौं। त्यसै गर्ने भयौं। तर छिरेको ढोकाबाट निस्कन सक्ने अवस्था थिएन। हामी अर्को ढोकाबाट निक्लने भयौं, र विस्तारै त्यतैतिर लाग्यौं। ट्रेनबाट झरेको मात्रै के थियौं, ट्रेन हिँड्यो। हामी अलमल्लमा पर्‍यौं। दौडेर चढ्न सक्ने अवस्था थिएन। किनकि आमाको हात भाँचिएको थियो भने साथमा ३ वर्षको छोरा पनि थियो। 

'दु:ख लेखेको छ भने जे जे हुनुछ एकैपटक आउँछ' भन्छन्। त्यस्तै भयो। एकातिर दुर्घटना हुनु, अर्कातिर हरिद्धारको रेल ढिला हुनु, फेरि अर्को ट्रेन झर्दा झर्दै हिँड्नु। केही सोच्नै सकिराखेको अवश्था थिएन। अबको विकल्प के त?  बाहिर आएर अटोवालालाई सोधेँ। गोरखपुर सम्मको बसमा जाने। बस स्टेसन पुगियो। यसपालि भने मज्जाको बस पाइयो। हाम्रो उद्देश्य भैरहवाबाट बेलुकाको काठमाडौंको नाइट समात्ने थियो। बेलुकासम्म पुग्ने नपुग्ने टुङ्गो थिएन। तर हामी लाग्यौं गोरखपुरतिर। आमाको पीडा देखिरहेको थिएँ तर गर्न सक्ने केही थिएन। बस काठमाडौं पुग्ने आशा थियो।

बनारस र गोरखपुरको बिच्चतिर आइपुगेका थियौं क्यारे, त्यहाँ खै के कारण ले हो बाटो बन्द गरेको रहेछ। झण्डै २ घण्टाजति त्यतै अड्कियौं। खाना खायौं र लाग्यौं। गोरखपुर पुग्यौं। धन्न ट्याक्सी पायौं। र चढ्यौं। र नेपाल पुग्यौं। अनि भोलिपल्ट काठमाडौं। टीका लगाउन काठमाडौं नै आइपुग्यौं। सबै दु:ख पीडा भुल्यौं। आमालाई लिएर अल्का अस्पताल गएँ। हड्डी भाँचिएको रहेछ। प्लास्टर गर्न सुझाए। प्लाष्टर गर्यौं। र घर फर्कियौं। टीका लगायौं। अनि दसैं आफ्नै घरमा खुसीसाथ मनायौं। 

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्