• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बनारस यात्रा : अशान्त सहरमा बेचैनी मन

64x64
नेपाल लाइभ शनिबार, मंसिर १४, २०७६  ०६:२०
1140x725

अष्टमीको साँझ। गाउँघर दसैंको माहोलले मात्तिसकेको बेला। टाढा टाढाबाट साथीभाइ आ-आफ्ना फण्डा छाडेर भेला भई मीठा मीठा गफ चुट्दै तास खेल्ने मौसम।

हरेक वर्ष हाम्रो घरलाई चाहिने मासुको जोहो मिल्ने पल्लो गाउँको फुँयाल दाइ र विष्ट दाइको घरको खसी ढलिसकेको थियो होला सायद। अझ भनौं भुटनको स्वादमा चिरिप्प पार्दै मज्जा लिँदै थिए होलान् मेरा साथीहरू। दसैंमा उदयपुर गइएन भने यसै यसै न्यास्रो लाग्छ। उत्साहका साथ गाउँमा पर्व मनाइन्छ, त्यो उत्साह सहरमा कहाँ? सायद सहरीया साथीहरूलाई पनि गाउँ जान पाए हुन्थ्यो जस्तो लाग्ला।

तर दसैंको समय पारेर म र मेरो परिवार (आमा, बुवा, श्रीमती, छोरा र बहिनी) धर्मकर्म गर्न हिँडेका  थियौं। त्यो साँझ हामी बनारस दर्शन सकेर रातको १२ बजे हरिद्धारका लागि हिँड्ने तयारीमा थियौं। 

बनारस- धार्मिक सहर। जहाँ पवित्र गंगा बग्छिन्। देवी देउता बस्छन्, र लाखौं मानिसहरूलाई वर्षेनी आउन मोहित गर्छन्। मन्दिर र बेलुकाको आरतीको रमनियको के कुरा। शब्दले बयान गर्न सकिन्न। लाग्छ कुनै देवलोकमै पुगे जस्तो। 

दु:खको कुराचाँहि साह्रै अशान्त छ यो सहर। काठमाडौंबाट धेरै चिज सिक्न सक्छ। हामी अक्सर आर्टिकलमा देख्छौं, 'फलाना देशबाट नेपाल ले यो-यो सिक्न सक्छ' भनेर। तर यति पवित्र सहरले सिक्न पर्ने भनेको ‘हर्न’ निषेधित क्षेत्र घोषणा हो। जहाँ गाडीका हर्नको ट्याँट्याँ र टुँ टुँ मात्रै सुनिन्छ। सडकमा हिँड्नेहरूलाई खै के हतारो हो भन्नै सकिन्न। त्यसमाथि भिडभाड र त्यस्तै साँघुरा सडक। केही असभ्य बोली र भाषा। यहाँ शान्त वातावरण अनुभव गरेँ मैले।

अर्को 'ठग' टेम्पुहरूको व्यवस्थापन। पहिलो पटक बनारस गएका हामीलाई उनीहरूले पहिचान गरिहाले। पटक पटक राम्रो मन्दिर नजिकैको होटलमा लैजा भन्दा भन्दै पनि लगेर लगे झण्डै ३-४ किलोमिटर परको होटलमा। 

मन्दिर दर्शन र आरती राम्रै भयो। हर्नको आवाजले आजित भइसकेको मलाई यो सहर कहिले छोडौं जस्तो भइसकेको थियो। आरती दर्शन सकेर केही किनमेल गरेपछि हामी होटलतिर फर्किँदै थियौं। हाम्रो रातिको ट्रेन भएकोले होटेल पुगेर प्याकिङ सकी ट्रेन स्टेसन जान पर्नेथ्यो। 

रात अलि अबेर नै भइसकेको थियो। हामीलाई रेल स्टेसन चढ्ने हतारो थियो। अटो रिक्सा प्याक भएकाले एउटा ५ जना अट्ने रिक्सामा चढ्यौं। यस्तो खालको रिक्सा मैले पहिलो पटक बनारसमै देखेको थिएँ। अन्त सायदै हुन्छन् होला। रिक्सा चालक हामीलाई होटलतिर लिएर लैजाँदै थियो। हामी झर्ने चोक आइपुग्यो। हामीले रोकिदिन आग्रह गर्‍यौं।  त्यहीँबाट हिँडेर होटल जान्छम् भन्यौं। तर रिक्सावालाले 'म उतापट्टि घुमाइदिहाल्छु' भनेर रोक्दै नरोकी अर्कोतर्फ घुमाइदिन लाग्यो। रिक्सा जब घुमाउन थाल्यो।  विपरीत दिशाबाट आएको मोटरसाइकलले अचानक रिक्साको अगाडिको पांग्रामा जोडले बजायो। त्यसपछि रिक्सामा बसेका हामी छ जना भुइँमा पछारियौं। 

Ncell 2
Ncell 2
nimb
nimb

एकछिन त होस हवास नै उड्यो। रिक्सामा हामी ३ वर्षदेखि ६५ वर्ष उमेर समूहका थियौं। 'के भयो! के भयो!' भन्दै वरपरका मानिसहरू दौडँदै हामीकहाँ आइपुगे। यसो हेरेँ, आमा दाहिने हात समाएर रुँदै सडकको एउटा कुनामा, बुवा लगभग बेहोसीकै अवश्थामा, बहिनी एकातिर अनि छोरा र बुढीलाई त देख्दै देखिनँ। उनीहरू सडकको पारीपट्टि रहेछन्। 

सातो पुत्लो उड्यो। अरु त बयस्कै थियौं। ३ वर्षे बच्चालाई के भयो होला भनेर मन झन् आत्तियो। वरपरका मान्छेहरूले उठाएर साइडमा लगे। र कसैले पानी दिए कसैले कस्तो छ भनेर सोध्न थाले। त्यो रिक्सावालाई सबैले हपार्न थाले। रिक्साको टायरमा हान्ने बाइकवाला त सुइँकुच्चा ठोकिसकेका रहेछन्। हामी एकैछिनसम्म त के भयो सोच्नै सकेनौं।र अचेत जस्तै रह्यौं। के गर्ने भनेर द्धिविधामा पर्न थाल्यौं। 
आमा दाहिने हात समातेर रुँदै हुनुहुन्थ्यो। बुवाको पनि लगभग होस फिरिसकेको थियो। नजिकैको पसलेले पानी छम्केर होसमा ल्याएछन्। 'आमाको हात भाँचिएको जस्तो छ' भनेर मान्छेहरूले अस्पताल लान सुझाए, त्यही रिक्सावालाको साथ लगाएर। बुढी, बुवा, बहिनी र बच्चालाई होटलतिर पठाएँ। मैले आफूलाई लागेको चोटबारे त ध्यानै दिन पाइनँ। चिउँडोमा ठोक्किएकाले दाँतले जिब्रा काटेको रहेछ। रगत आइरहेको थियो भने शरीरका धेरै ठाउँ दुखिरहेका थिए।

हामी नजिकैको एउटा मिसनरी अस्पताल पुग्यौं। मैले घटनाको वृतान्त सुनाएँ। डाक्टरले दुखाइ कम गर्ने इन्जेक्सन लगाइदिए। दुखाइ कम भयो होला क्यारे। आमा रुन छाड्नुभयो। अनि एक्स्रे गर्न पठाएँ। दुर्भाग्य एक्स-रे मेसिनको कोठा बन्द भइसकेको रहेछ। डाक्टरले हात झुण्ड्याउन सपोर्ट मिल्ने खालको एउटा सामान किन्न लगाए र हामी हरिद्धार जान लागेकाले हरिद्धार पुगेरै उपचार गराउनु भन्ने सल्लाह दिए। र केही दुखाइ कम गर्ने औषधिहरू पनि लेखिदिए। 

हामी त्यसपछि होटेलतिर लाग्यौं। रिक्सावालाको मुख डरले सुकिसकेको थियो, सायद कति पैसा तिर्न पर्ने होला भनेर। मैले उसलाई कति पैसा भयो भनेर सोधें। ऊ अकमक्क भयो। मैले केही पैसा थमाएर होटलभित्र पसें। होटललाई अटो मगाउन भनेर हतार हतार सामान निकाल्न थालेँ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामी अटो चढेर रेल स्टेसन पुग्यौं। करिब रातको १२ बजेको थियो। त्यहाँ पुगेपछि थाहा भयो रेल ढिला रैछ भनेर। तर कति ढिला एकिन थिएन। एकछिन पछि थाहा भयो बिहानको छ बजे भनेर। टेल स्टेशनमा बसेर के गर्ने भनेर हामी होटल खोज्न थाल्यौं। एउटा होटल पायौं। र रात त्यहीँ काट्ने अनि बिहानै जाने भन्ने सोच्यौं। बिहान ६ बजे रेल चढ्ने हिसाबले त्यहाँ पुग्दा त रेल दिउँसोलाई सम्म ‘डिले’ भएको थाहा पायौं। यसै त आमाको हात दुखेर मर्नु भइरहेको अवश्था। त्यसमाथी रेलको समय परिवर्तनको परिवर्तन। हाम्रो हरिद्धारदेखि दिल्लीको ट्रेन थियो। 

अनि दिल्लीबाट गोरखपुर हुँदै काठमाडौं आउने योजना। यही तालले हामीले हरिद्धारमा खासै समय नपाउने जस्तो देखियो भने अर्कोतर्फ आमाको दुखाइ कम भएको होइन। 

मनमा अनेक तर्कना खेल्न थाले। दिउँसो रेल जान्छ नै भन्ने पनि त ग्यारेन्टी थिएन। आफ्नो माटो आफ्नै हुन्छ। नेपालमा भएको भए आमाको उपचार सहजै हुन्थ्यो। चिनेका मान्छे हुन्थे। कनि कनि हिन्दी बोल्न पर्दैनथ्यो। झन् हरिद्धारमै गएर टिका लगाउने रमाइलो गर्ने योजना रेलको पर्खाइमै जाने भयो भन्ने लाग्न थाल्यो। 

त्यसपछि हामीले हरिद्धार नजाने निधो गर्यौं। काठमाडौंमा फोन गर्यौं। टिकट क्यान्सिल गर्ने नमिल्ने कुरा गर्यो। खैर केही छैन भनेर हामी नेपाल आउन तयार भयौं। जाने कसरी? रेलमा गोरखपुर जाने अनि त्यहाँबाट सुनौली हुँदै काठमाडौं। रेल चढ्ने ठाउँमा पुग्यौं। एसी अथवा स्लिपर क्लासकै टिकट पाउने अवस्था भएन। सामान्य सिटमै यात्रा गर्नपर्ने देखियो। 

टिकट काट्यौं, एउटा भरिभराउ ट्रेन आइपुग्यो। हामी भित्र छिर्यौं। भित्र खुट्टा टेक्ने ठाउँ थिएन। अब के गर्ने? हामी भित्रै धकेलियौं। मान्छेको भिड बढ्दै गयो। हामी जाने कि नजाने दुविधामा पर्यौं। झट्ट पहिला यात्रा गर्दाको कुरा याद आयो। एसी रुममा छिर्ने अनि टिसीलाई भेटेर आफ्नो बाध्यता सुनाउँदै सिट माग्ने र जे जति लाग्छ तिर्ने। सल्लाह गर्यौं। त्यसै गर्ने भयौं। तर छिरेको ढोकाबाट निस्कन सक्ने अवस्था थिएन। हामी अर्को ढोकाबाट निक्लने भयौं, र विस्तारै त्यतैतिर लाग्यौं। ट्रेनबाट झरेको मात्रै के थियौं, ट्रेन हिँड्यो। हामी अलमल्लमा पर्‍यौं। दौडेर चढ्न सक्ने अवस्था थिएन। किनकि आमाको हात भाँचिएको थियो भने साथमा ३ वर्षको छोरा पनि थियो। 

'दु:ख लेखेको छ भने जे जे हुनुछ एकैपटक आउँछ' भन्छन्। त्यस्तै भयो। एकातिर दुर्घटना हुनु, अर्कातिर हरिद्धारको रेल ढिला हुनु, फेरि अर्को ट्रेन झर्दा झर्दै हिँड्नु। केही सोच्नै सकिराखेको अवश्था थिएन। अबको विकल्प के त?  बाहिर आएर अटोवालालाई सोधेँ। गोरखपुर सम्मको बसमा जाने। बस स्टेसन पुगियो। यसपालि भने मज्जाको बस पाइयो। हाम्रो उद्देश्य भैरहवाबाट बेलुकाको काठमाडौंको नाइट समात्ने थियो। बेलुकासम्म पुग्ने नपुग्ने टुङ्गो थिएन। तर हामी लाग्यौं गोरखपुरतिर। आमाको पीडा देखिरहेको थिएँ तर गर्न सक्ने केही थिएन। बस काठमाडौं पुग्ने आशा थियो।

बनारस र गोरखपुरको बिच्चतिर आइपुगेका थियौं क्यारे, त्यहाँ खै के कारण ले हो बाटो बन्द गरेको रहेछ। झण्डै २ घण्टाजति त्यतै अड्कियौं। खाना खायौं र लाग्यौं। गोरखपुर पुग्यौं। धन्न ट्याक्सी पायौं। र चढ्यौं। र नेपाल पुग्यौं। अनि भोलिपल्ट काठमाडौं। टीका लगाउन काठमाडौं नै आइपुग्यौं। सबै दु:ख पीडा भुल्यौं। आमालाई लिएर अल्का अस्पताल गएँ। हड्डी भाँचिएको रहेछ। प्लास्टर गर्न सुझाए। प्लाष्टर गर्यौं। र घर फर्कियौं। टीका लगायौं। अनि दसैं आफ्नै घरमा खुसीसाथ मनायौं। 

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहुलको चार विकेट र मोइनको अर्धशतकमा जनकपुरको शानदार जित
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले सभापतिसँग खाए शपथ
कोप-३१ मा जलवायु वित्त र पर्वतीय मुद्दालाई प्राथमिकता दिने तयारी, मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल
सम्बन्धित सामग्री
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन ‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ मूल अवधारणामा आधारित सम्मेलनले साहित्यलाई केवल सिर्जना र सौन्दर्यको विषयमा सीमित नराखी सामाजिक व... सोमबार, कात्तिक ९, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] पर्वमा आइसोलेट भएर, एउटा कुनामा बसेर किताब पढ्छन् जस्तो मलाई लाग्दैन। कुनै मान्छेसँग सम्बन्धै नराखी, सम्पर्क नै नगरी जंगलमा बसे जस्त... मंगलबार, कात्तिक ३, २०८३
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
राहुलको चार विकेट र मोइनको अर्धशतकमा जनकपुरको शानदार जित बिहीबार, कात्तिक १२, २०८३
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले सभापतिसँग खाए शपथ बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा जलवायु वित्त र पर्वतीय मुद्दालाई प्राथमिकता दिने तयारी, मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल बिहीबार, कात्तिक १२, २०८३
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह बिहीबार, कात्तिक १२, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्