काठमाडौं- नक्कली कागजात बनाइ सर्वसाधारणबाट ठूलो रकम असुल गर्ने गिरोहलाई प्रहरीले विभिन्न फोटो स्टुडियोमार्फत् पक्राउ गरेको छ।
पक्राउ पर्नेममा ओखलढुंगाको ३४ वर्षीय सविन कुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अर्मत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडी रहेका छन्।
पक्राउ परेका मध्ये सविन कुमार श्रेष्ठ फोटो स्टुडियोमा आबद्ध छन् भने अमृत स्टार डिजिटल फोटो स्टुडियो र मधुसुदन दुवाडी डिजिटल फोटो स्टुडियोको सञ्चालक हुन्।
उनीहरूलाई नक्कली सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी अनुमती चालक पत्र लगायतका सरकारी कागजातहरू कीर्ते गरी वा अवैध रुपमा बनाउँदै आएको विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंको टोलीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरी प्रधान कार्यालयकै लेटर प्याडमा तयार भएको रिपोर्ट, प्ल टुका ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, माइग्रेन सर्टिफिकेट, स्पेशल टाक्स फोर्स, सुुरक्षा तालिम पत्र, हातहतियार तालिम पत्र, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमाण पत्र, विभिन्न विद्यालयहरूको शैक्षिक प्रमाणपत्र लगायतका विभिन्न सामग्रीहरू बरामद गरिएको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताए।
त्यसैगरी नेपाल आर्मीले प्रदान गरेको पत्र, जिल्ला प्रशासन कार्यालयहरूबाट जारी अंग्रेजी लिपिमा लेखिएको नागरिकता प्रमाणपत्र, काठमाडौं महानगरपालिकाको सहिछाप गरेको खाली लेटर प्याड, वडा कार्यालयको सिफारिस पत्र, पार्टी कार्यालयहरूको लेटर प्याडहरूमा लेखिएको पत्र, बैंक स्टेटमेण्ट, मेडिकल रिपोर्ट, स्थाइ लेखा नम्बरको प्रमाणपत्र लगायतको सामग्री बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।