वीरगञ्ज- पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रले जित हात पारेको छ।
प्रमुखमा पिएल श्रेष्ठ र उपप्रमुखमा शान्ति थिङ विजयी भए। श्रेष्ठले २८०३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर श्रेष्ठले २३६९ मत ल्याए।
उपप्रमुख थिङले २४८५ मत ल्याउँदा एमलेकी गोकुलकुमारी रेग्मी २३१८ मतमा सीमित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।