रौतहट- रौतहटको चन्द्रपुर नगरपालिका ३ मा माओवादी केन्द्रका उम्मेदवारले जित हासिल गरेका छन्। केन्द्रका रवि देवकोटाले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर दोङ्गलाई पराजित गरेका हुन्।
यस्तै चन्द्रपुर ८ मा एमालेका वडाअध्यक्ष पासपत चौधरी विजयी भए। उनले प्रतिस्पर्धी कांग्रेसका लिलानाथ तिमल्सेनालाई पराजित गरे।
यसअघि वाड १ मा एमालेका बिरु रखाल, २ मा माओवादीका बुद्ध लामा, ९ मा कांग्रेसका गोविन्दप्रसाद दुलाल र १० मा जयराम चौधरीले विजय हासिल गरेका छन्।
चन्द्रपुरको ४, ५ ,६ र ७ को मतगणना हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।