• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नाइट क्लब थर्काइरहेकी २० वर्षीया लेडी बाउन्सर

अनिल यादव बिहीबार, मंसिर १२, २०७६  १८:१६
1140x725

बुधवार अर्थात् नाइट क्लबका लागि ‘लेडिज नाइट’। यो रातलाई काठमाडौंका नाइट क्लबहरु ‘युवतीहरुको रात’ मान्छन्। यो रात कतिपय क्लबले युवतीहरुलाई विशेष छुटको व्यवस्था समेत गर्छन्। 

यही रातको रमझम हेर्न नेपाल लाइभकर्मी बुधबार रातको ११ बजे ठमेलको टर्टल लाउन्ज एन्ड क्लबमा पुगेको थियो। कोही खानपिन, कोही नाचगान..., सबै आ–आफ्नै दुनियाँमा मस्त देखिन्थे। 

यो रंगिन दुनियाँमा एक थिइन्, जसको अनुहारको रङ खास उज्यालो थिएन, न मुस्कुराहट नै थियो। एक ठाउँ उभिएर निरन्तर क्लबको डान्स फ्लोरको माहोल नियालिरहेकी थिइन्। सायद एउटै कुराको चिन्ता थियो- सबै मिलेर खाऊन्, मिलेर नाचून्, कोही झगडा नगरुन्, कोही खाएर नलडून्। 

मादक पदार्थको तालमा लठ्ठिएर नाचिरहेका युवा-युवतीलाई उनी सम्झाइरहेकी थिइन्, ‘थोरै यता सर्नु ल, थोरै उता ल।’

सायद नाच्दा-नाच्दै या खाँदा-खाँदै कसैलाई पिसाबले च्याप्थ्यो। नाँचिरहेको व्यक्ति उनी नजिक आइपुग्थ्यो र सोध्थ्यो- ‘ट्वाइलेट कता छ?’ उनी ‘यता छ’ भन्दै बाटो देखाइदिन्थिन्। 

म्युजिकको आवाजले बोलेको केही बुझिन्थेन। तर, रक्सी पिएर ‘ल्याङ गर्नेहरु’ उस्तै। ग्राहकहरु उनको कानैमा पुगेर केही भनिरहेका हुन्थे।

अनुहारको भाव हेर्दा प्रष्टै झल्किन्थ्यो, उनलाई कसैले जिस्क्यायो। तर उनी रिसाएर झम्टिएकी छैनन्। सायद उनको कामै हो ‘सहनशील हुनु’।

एक पल्ट एक जना ग्राहक आए, जसले सुरुमा नाम सोधे, बस्ने ठेगाना सोधे। सोध्दासोध्दै हिम्मत यति बढ्यो कि, सिधै मोबाइल नम्बर नै मागे। तर, उनले ‘दिन मिल्दैन’ भन्दै पन्छाइन्।  

Ncell 2
Ncell 2
nimb
nimb

कालो ज्याकेट, कालो पाइन्ट लगाएर क्लबमा ग्राहकको सुरक्षार्थ अहोरात्र खटिरहेकी ती युवती थिइन्, २० वर्षीया प्रेमिता लामा। जो एक वर्षदेखि काठमाडौंका नाइट क्लबमा ‘झ्याप’ केटाहरुलाई थर्काइरहेकी छन्, क्लबमा हुने केटीहरुको झगडा मिलाइरहेकी छन्, ‘बाउन्सर’का रुपमा। 

०००

डिस्कोमा ‘लेडी बाउन्सर’ राख्ने चलन करिब ४ वर्षअघि दरबारमार्गमा रहेको ‘डेजाभु नाइट क्लब’बाट सुरु भएको बताउँछन्, सेभेन स्टार बाउन्सर एन्ड सेक्युरिटी सर्भिसका कार्यकारी निर्देशक रुद्र लिम्बु। उनको कम्पनीले लामो समयदेखि काठमाडौंमा बाउन्सर र सेक्युरिटी सप्लाई गर्ने काम गरिरहेको छ।  

अहिले राजधानीमा दर्जन बढी नाइट क्लबले कम्तीमा एक जना ‘लेडी बाउन्सर’ राखेकै छन्। रुद्रका अनुसार राजधानीमा तीन दर्जन बढी लेडी बाउन्सर छन्। ‘अहिले क्लबमा केटीहरुको उपस्थिति बढ्दो छ। सँगसँगै रक्सी खाएर लफडा गर्ने पनि अचेल केटाभन्दा केटी बढी देखिन थाले। त्यसैले नाइट क्लबमा लेडी बाउन्सर राख्ने चलन बढिरहेको हो,’ उनले सुनाए। 

Xtrem

Xtrem

०००

अब फर्कौं प्रेमितातिरै। नुवाकोट, ककनीकी उनी सानोमा निकै डरपोक थिइन्। कतै झगडा परिरहेको देख्दा परैबाट भाग्थिन्। र, संयोग कस्तो भने आज उनै प्रेमिता दिनहुँ क्लबमा हुने झगडा मिलाइरहेकी छिन्, केटीहरुलाई मात्रै होइन, आवश्यक परे केटाहरुलाई पनि थर्काइरहेकी छिन्। 

प्रेमिता तीन वर्षअघि प्लस टुको पढाइ सकेर गाउँबाट सहर आएकी थिइन्, उच्च शिक्षा हासिल गर्ने अभिलाषासहित। काठमाडौंमै रहेका दाजुभाउजुसँगै बसेर पढाइ अघि बढाउने निधो भयो। डेरानजिकै रहेको नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा स्नातक भर्ना भइन्। 

उनलाई ‘पकेट खर्च’ चलाउन दिनहुँ दाजु-भाउजुसँग पैसा माग्नुपर्थ्यो। दुई वर्ष त यसैगरी चल्यो तर त्यसपछि उनलाई महसुस भयो- यसरी त चल्दैन, दाजु-भाउजु पनि दिक्क मान्न थालिसके। 

त्यसपछि उनले निर्णय गरिन्- अब जागिर गर्छु। काठमाडौंमा जागिर पाउन कहाँ सजिलो छ र! अनेक प्रयास गरिन् तर खोजेजस्तो, सोचेजस्तो जागिर पाइनन्। कतै रिसेप्सन, कतै फाइनान्समा कलेक्टरको जागिर त मिल्ने भयो तर तलब ७-८ हजार। 

‘यति थोरै तलबले कसरी टिकिएला र काठमाडौंमा !’, त्यसैले  नगर्ने निर्णय गरिन्। 

जागिरको खोजीमा भौंतारिरहेकै बेला घरछेउका सेक्युरिटी गार्डको काम गर्ने छिमेकी दाइले एक दिन प्रस्ताव गरे- ‘बाउन्सर काम गर्छौ त?’

‘फेरि के हो यो बाउन्सर भन्या,’ उनले के जागिरको अफर हो, त्यो नै बुझिनन्। 

ती दाइले प्रष्ट्याए- ‘नाइट क्लबमा काम गर्ने हो। त्यहाँ धेरै जाँडरक्सी खाने मान्छे हुन्छन्। उनीहरुलाई सुरक्षा दिने काम हो।’

नाइट क्लब भन्नेवित्तिकै उनलाई काम गर्न मन लागेन। परिवारले पनि अनुमति दिने कुरा थिएन। 

‘तैपनि एक पल्ट बुझी हेर न,’ ती गार्ड दाइले उनलाई सुझाए। 

बुझ्नुअघि उनले गाउँकै एक जना नाइट क्लबमा काम गर्ने वेटर दाइलाई सोधिन्, ‘क्लबमा बाउन्सर काम राम्रो हुन्छ कि हुँदैन, दाइ?’

‘राम्रै हुन्छ, त्यस्तो आत्तिनुपर्ने केही हुँदैन,’ भन्ने जवाफ आएपछि उनको मन थोरै सकारात्मक हुन थाल्यो।  

त्यसपछि बाउन्सर जागिर लगाइदिने कम्पनी ‘सेभेन स्टार’को कार्यलय धुम्बाराही (काठमाडौं) पुगिन्। त्यहाँ काम सुरु गर्नुअघि सात दिनको तालिम लिनुपर्ने बताइयो।

तालिममा कराँते, जिम सबै सिकाइयो। ग्राहकले निहुँ खोजे उनीहरुलाई कसरी सुरक्षितसँग बाहिर निकाल्ने? झगडा भयो भने कसरी छुट्याउने? चोट नलाग्नेगरी कसरी ‘लक’ लगाउने? सात दिनको तालिममा उनले यो सब तरिका सिकिन्।

‘सिकाउने क्रममा हामीलाई नै लक लगाइदिनुहुन्थ्यो, त्यसो हुँदा शरीर खुब दुख्थ्यो,’ प्रेमिता सम्झिन्छन्। 

०००

हाम्रो समाज अझै पनि छोरी मान्छेले रातबिरात हिँडेको रुचाउँदैन। प्रेमितालाई पनि बाआमाले कहिल्यै राति हिँड्न दिएनन्। सधैँ भन्थे- ‘छोरी मान्छे भएर रातबिरात हिँड्नु राम्रो होइन।’ 

संयोग नै भनौं, कुनै बेला राति हिँड्न अनुमति नपाउने प्रेमिता आज रातभर नाइट क्लबमा ड्युटी गरिरहेको भेटिन्छिन्। उनको नियमित ड्युटी सिनेट क्लबमा हो। कहिलेकाहिँ कम्पनीले अरु क्लबमा पनि पठाउने गर्छ। संवाददाताले त्यही क्रममा उनलाई बुधबार टर्टल क्लबमा भेट्यो। 

भेटमा थाहा भयो, उनले काम सुरु गरेको तीन महिना आफूले नाइट क्लबमा काम थालेको गाउँमा बाआमालाई खबर नै गरिनन्। डर थियो, बाआमाले गर्न नदेलान् भन्ने। तर काठमाडौंमा टिक्न पैसाको एकदमै खाँचो थियो। 

सुरुमा त दाजु-भाउजु, साथीसँगी कसैले पनि उनलाई क्लबमा काम गर्छु भन्दा सहमति जनाएनन्। ‘त्यस्तो ठाउँमा काम नगर, राम्रो हुँदैन’ भने। 

तैपनि उनले सम्झाइ-बुझाइ गरेर काम थालिन्। ‘अहिले तिनै साथीभाइ नाइट क्लब भनेपछि हुरुक्कै हुन्छन्,’ प्रेमिता हाँस्दै सुनाउँछिन्। 

तीन महिनापछि उनले गाउँमा बाआमालाई नाइट क्लबमा काम गरिरहेको पत्तो दिइन्। ‘छोरी राति-राति डिस्कोमा काम गर्न जान्छे’ भनेको सुन्दा सुरुमा त खुब रिसाउनुभयो उहाँहरु। ‘तर, मैले त्यस्तो नराम्रो केही हुँदैन भनेपछि मान्नुभयो,’ उनले सुनाइन्। 

०००
प्रेमिता बाउन्सर बनेर पहिलो दिन क्लब पुग्दाको अनुभव नै यादगार छ। फरेनाइट क्लबमा थियो उनको ड्युटी। जाँडरक्सी खाएका मान्छे छेउ-छेउमा आउँदा अरुलाई सुरक्षा दिन बसेकी उनी आफैं डराइरहेकी थिइन्। 

कसैले केही भन्ला कि भन्ने डर! नराम्रो सोच्ला कि भन्ने डर! त्यसमाथि जागिर सुरु गरेको पहिलो दिन नै दुई युवतीको फाइट परेछ। दुवै एकअर्काको कपाल भुताल्न थालेछन्। 

प्रेमितालाई झगडा छुट्याउन निकै सकस भयो। ‘तर, लक लगाउन सिकेकी थिएँ, त्यसैले झगडा छुटाउन सकेँ,’ उनले सम्झिइन्। 
‘काम सुरु गरेको पहिलो दिन नै झगडा भएपछि काम छोडेर भाग्न मन लागेन?,’ हामीले सोध्यौँ। 

‘त्यस्तो त लागेन, जे होस् बाउन्सर काम रिस्क रैछ भन्ने फिल चाहिँ भयो,’ उनले भनिन्। 

‘अहिलेसम्म कतिवटा झगडा छुट्याइयो, याद छ?’

‘कहाँ याद हुनु? क्लबमा त्यस्तो सामान्य झगडा त दिनहुँ हुन्छ नि, गनेर साध्य हुन्न’ उनको सरल उत्तर थियो।

‘झगडा पर्दा कहिल्यै भागिएको छ?’

‘कहाँ भाग्नु? भाग्यो भने त जागिर गइहाल्यो नि। हाम्रो काम नै ग्राहकलाई सुरक्षा दिने हो, भाग्यो भने त सक्किगो नि,’ उनी मुस्कुराउँदै निर्धक्क जवाफ दिन्छिन्।  

एक महिना अघिमात्रै एक युवतीले रक्सी पिएर निकै ‘ल्याङल्याङ’ गरिछन्। बाहिर निकाल्न खोज्दै उल्टै उनको कपाल भुतालेर उखाल्दिछन्। ‘यस्तो त सामान्य हो, सहनुपर्छ,’ प्रेमिता भन्छिन्, ‘कोही पख तँलाई भोलि बाटो छेकेर कुट्छु भन्छन्। सुरुसुरुमा त साँच्चिकै कुट्लान् कि भन्ने डरले अर्कै बाटो लुकी-लुकी पनि घर गइन्थ्यो।’ 

०००

साँझ ७ बजे बसको यात्रा गर्दै क्लब पुग्ने। बिहानको ६ बजेसम्म लगातार उभिएर ड्युटी गर्ने। लगत्तै कोठा पुगेर कलेजको ड्रेस लगाउने। कलेज जाने। कलेजबाट फर्कनेबित्तिकै ड्रेस नखोलिकनै सुत्ने। साँझ ५-६ बजेसम्म सुतेर निन्द्रा पुर्‍याउने। अनि, फेरि ड्युटीमा जाने तयारी गर्ने।

यो प्रेमिताको ‘डेली सेड्युल’ हो। रातभर क्लबमा ड्युटी गरेर खुब थाकेकी हुन्छिन् उनी। उभिँदा-उभिँदा खुट्टा दुखेको हुन्छ। निन्द्राले उस्तै सताएको हुन्छ। 

तैपनि रातभरको थकान बिर्सिएर पढ्नलाई कलेज जान्छिन् उनी। ‘थाक्न त बेस्सरी थाकिन्छ नि, तर के गर्नु पढ्नै पर्‍यो,’ उनी भन्छिन्, ‘कसलाई यसरी आराम नगरी-नगरी दुःख गर्न मन हुन्छ र? तर, बाध्यता भएपछि मान्छेले जिन्दगीमा जे पनि गर्छ।’

बिहान कलेज पुग्दा हरेक दिन उनको पहिलो पिरियड छुट्छ। कहिलेकाहिँ नोट सार्दासार्दै कक्षामा निदाइदिन्छिन् उनी। त्यसपछि सरको गाली। घर पुगेर खाना नखाइ सुत्छिन्। साँझ उठेर पनि केही खान्नन्। सिधैँ क्लब पुगेर ८ बजे खाना अनि रातको १ बजे खाजा। 

यही ‘अस्तव्यस्त सूची’ नै उनको जीवनको हिस्सा भइसक्यो। कति युवतीले बीचमै काम छोडिसके तर उनी निरन्तर यही पेसामा लागिरहेकी छन्। छोड्ने सोच पनि बनिसकेको छैन। भन्छिन्, ‘अहिले लेडी बाउन्सरको माग बढिरहेको छ। सकियो भने भविष्यमा लेडी बाउन्सरको सर्भिस दिने कम्पनी नै खोल्छु।’

०००

‘लेडी बाउन्सर’लाई नाइट क्लबमा काम गर्न सहज छैन। जँड्याहा ग्राहकका अनेक व्यवहार उनीहरुले सहनुपर्छ। ‘प्रायः ग्राहकले जाँड-रक्सी खाएकै हुन्छन्,’ प्रेमिता भन्छिन्, ‘मुख छाड्नेहरु उस्तै हुन्छन्। कोही-कोही गेष्ट सिधै ‘यति पैसा दिन्छु, मसँग जाउँ न’ भन्छन्। तर के गर्ने, गेष्ट हो कुट्न मिलेन, सहनैपर्छ। अति भयो भनेचाहिँ गाली गर्दिन्छु अनि साइड लाग्छु।’

उनले यो एक वर्षको दौरानमा खालखालका ग्राहक भेटेकी छन्। कोही त जागिरको प्रलोभन नै देखाउँछन् रे। ‘यति थोरै तलब भएको ठाउँमा काम नगर, अर्को राम्रो तलब भएको ठाउँमा काम मिलाइदिन्छु तर यसको बदलामा मसँग कम्प्रमाइज गर्नुपर्छ भन्दै आइरहेका हुन्छन्, कुरा सुन्दा पनि हाँसो उठ्छ,’ उनी सुनाउँछिन्। 

ड्युटीमा उभिइरहेका बेला ‘नाम के हो’, ‘कहाँ बस्छौ’ भन्ने त कति हुन्छन्, कति। मोबाइल नम्बर माग्ने त दैनिक घटीमा पाँच जना। ‘बियर खाने हो?’ भनेर सोध्ने गेष्टहरु त गनिसाध्य हुन्न। 

कति त छेउछेउमा आएर छुन पनि खोज्छन्। तर, तिनीहरुलाई उनी सिधै थर्काइदिन्छिन्। त्यति गर्दा पनि टेरेनन् भने छेउमा रहेका पुरुष बाउन्सरलाई भनेर ठेगान लाउँछिन्। 

तर, सबैलाई ड्युटी टाइममा मिल्दैन भन्दैन पन्छाइदिन्छिन् उनी। केटीहरुको झगडामात्रै होइन, उनीहरुको केटाहरुको ठूल्ठूला झगडामा पनि ‘सपोर्ट’का लागि पुग्छिन्। ‘सुरुसुरुमा त डर लाग्थ्यो, अहिले त केहीजस्तो लाग्दैन,’ उनी भन्छिन्, ‘छोरी मान्छे भए पनि आफूलाई कमजोर ठान्दिनँ। आफू कमजोर छु जस्तो लाग्दैन। उस्तै परे ३-४ जना केटीहरुलाई एक्लैले ठेगान लाउन सक्छु। केटाहरु पनि निहुँ खोज्दै आए पनि डिफेन्स गर्न सकिन्छ।’

०००

प्रेमिताको मासिक तलब १६ हजार छ। यसले उनलाई पढ्ने खर्च र पकेट मनी दुवै पुगिरहेको बताउँछिन्। तर, यति कमाउन उनले गर्ने संघर्ष कम प्रेरणादायी छैन। त्यसमाथि हप्तामा एक दिन पनि बिदा हुँदैन। त्यसैले गाउँ पनि मुस्किलले वर्षमा दुई-तीन पटक जान्छिन्। 

कसैले के काम गर्छस् भन्दा उनी आफ्नो पेसा ढाँट्दिनन्। सिधै भन्छिन्, ‘बाउन्सर’। सुनेर कतिपय गलल हाँस्छन्। तर, यसले उनलाई रत्तिभर पिरोल्दैन। 

घरमा बा-आमा छोरीको कामप्रति पूर्ण विश्वस्त भइसके। ममी भन्नुहुन्छ, ‘आफू राम्रोसँग बस्, आफ्नो काम राम्रोसँग गर, अरुको कुरामा नलाग।’ 

तर, कहिलेकाहिँ क्लबमा गाउँका मान्छेहरु पनि आइपुगेका हुन्छन्। उनीहरुले गाउँमा ‘यसको छोरी त राति-राति नाइट क्लबमा काम गर्छे’ भन्दै नराम्रो दृष्टिबाट हल्ला फैलाइदिन्छन्। काम गरेर खान नदिने नेपालीको यो सोच देखेर उनलाई दुःख लाग्छ।  

‘तर, अरुले के सोच्छन्, त्यो सोचेर अघि बढ्न थाल्यो भने आफ्नै टाउको दुख्ने रैछ,’ कुराकानीको अन्त्यमा उनी दार्शनिक सुनिइन्, ‘आफू राम्रो हुने हो, अरुले के भन्छन्, त्यसको टाउको दुखाउने होइन। यहाँ सबै मान्छेसँग सँगत गर्न सजिलो छ तर सोचसँग गाह्रो छ।’

सबै तस्बिर : अशोजित महर्जन

प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्