पेरिस– फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का उरुग्वेली फरवार्ड इडिन्सन काभानीलार्इ आबद्ध गर्न ३ युरोपेली क्लबले चासो देखाएका छन्। पिएसजीका अर्का ब्राजिलियन स्ट्राइकर नेइमारले विवादका कारण काभानीलार्इ बेच्न माग गरेका थिए। नेमारको मागपछि ३ क्लबले काभानीले भित्र्याउन चासो देखाएका हुन्।
कीर्तिमानी रकमा पिएसजी आएका नेमारसँग विवादपछि काभानीको पिएसजीमा भविष्य अन्योलग्रस्त छ। पिएसजीले बेच्न चाहेमा वा काभानी स्वयंले अर्को क्लबमा जाने इच्छा देखाएमा उनीलाई भित्र्याउन ३ क्वबले चासो देखाएका हुन्। जसमा इटालियन क्लब नापोली तथा इंग्लिस क्लबद्वय इभर्टन र चेल्सी छन्। काभानी ४ वर्षअघि नापोलीबाटै पिएसजीमा आवद्ध भएका थिए।
यसअघि इब्राहिमोविकले पिएसजीको अग्रपंक्ति सम्हालेको समयमा पनि काभानी छायाँमा थिए। नेइमार आएपछि छायाँ पर्ने डरका कारण काभानी पछिल्लो सयम निराश रहेको फ्रेञ्च मिडियाले दाबी गरेका छन्।
यो पनि पढ्नुहोस् : काभानीलाई हटाउन नेइमारको माग
३० वर्षीय काभानी साताको १ लाख २० हजार पाउन्ड पारिश्रमिक पाउने गर्छन्। काभानीलाई भित्राउन इच्छा देखाएका तीनै क्लबले पिएसजीको भन्दा बढी पारिश्रमिक दिन तयार छन्।
फ्रेन्च लिगअन्तर्गत आइतबार राति लियोनविरुद्ध भएको खेलमा पेनाल्टी हान्ने विषयलाई लिएर नेइमार र काभानीबीच मैदानमै विवाद देखिएको थियो। नेइमार पेनाल्टी प्रहार गर्न जाँदा उनलाई मैदानमा रोकेर उरुग्वेका स्ट्राइकर काभानीले हानेका थिए। जुन बल दुर्भाग्यवश गोलमा परिणत हुन सकेन। यो घटनापछि दुवै ड्रेसिङ रुममा पनि झगडामा उत्रिएका थिए।
नेइमारले यस विषयमा क्लबका मालिक नासिर अल खालिफासँग सिधै गफ गरेका थिए र उनले काभानीसँग मिलेर खेल्न असम्भव भएको बताएका छन्। क्लब मालिक खलिफाले भने बाहिर हल्ला आएको जस्तो विवाद नभएको बताएका छन्। खालिफाले मिडियाले अनावश्यवक विवाद बढाएको आरोप लगाएका छन्।
काभानी सन् २०१३ मा इटालियन क्लब नापोलीबाट पिएसजीमा आबद्ध भएका थिए। त्यसयता उनले १ सय ३९ खेल खेलेर ९५ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।