सर्लाही- धनकौल गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षमै नेपाली कांग्रेसले बाजी मारेको छ।
अध्यक्षका उम्मेदवार रामआश्रय साहले ४५२१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गौरीशंकर साह स्वर्णकारले ३२८२ मत ल्याए।
उपाध्यक्षमा नेकाकै अकली सहनी ४४६१ मतका साथ विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी संगीता कुमारी ३२९० मत ल्याएर पराजित हुनुपर्योे।
धनकौलको ७ मध्ये ४ वडामा माओवादी केन्द्र र ३ वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।