वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेस र राजपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। मतगणना सुरु गरेको दुई दिनसम्म अग्रता लिएको राजपा गएरातिदेखि बिहानसम्मको गणनामा पछि परेको थियो।
अहिले भने राजपा नै अगाडि देखिएको छ। राजपाले २४०९ मत ल्याउँदा कांग्रेसको २४०२ मत छ।
संघीय समाजवादी फोरमले १६४६ मत ल्याएर पछ्याइरहेको छ। माओवादी केन्द्रको १३७० र एमालेको १२३३ मत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।