• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

शान्ति प्रक्रियाका १३ वर्ष : संक्रमणकालीन न्याय अझै संक्रमणमै

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ५, २०७६  १६:२६
1140x725

काठमाडौं- दशक लामो सशस्त्र युद्धको बैठान गर्न तत्कालीन विद्रोही माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको पनि १३ वर्ष पुगेको छ। 

गृहयुद्धमा फसेको देशलाई त्यसबाट मुक्ति दिलाउन तत्कालीन ७ राजनीतिक दल र विद्रोही माओवादी संवादमा जुटे। १२ बुँदे सम्झौतामार्फत् एउटै गन्तव्य निर्धारण गरे। 

१२ बुँदे सम्झौताले आधार प्रदान गरेको विस्तृत शान्ति सम्झौताका मूलतः तीन प्रमुख लक्ष्य थिए- संविधानसभाद्वारा नयाँ संविधान निर्माण, लडाकु व्यवस्थापन र द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण प्रदान गर्ने। 

विस्तृत शान्ति सम्झौताले तय गरेका ती लक्ष्यमध्ये यो १३ वर्षको अवधिमा नयाँ संविधान निर्माण र लडाकुको व्यवस्थापन सकिएको छ। यद्यपि संविधान कस्तो बन्यो र लडाकु व्यवस्थापन शान्ति सम्झौताको आत्म अनुसार भयो÷भएन भन्ने बहसको छुट्टै विषय हो। 

१२ बुँदे र विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरुले नै कहिलेकाँही संविधान बनेर कार्यन्वयनमा गइसकेको र लडाकु व्यवस्थापन भइसकेको कुरालाई लिएर राजनीतिक संक्रमण सकिएको र नेपाली शान्ति प्रक्रिया टुंगोमा पुगेको बताउने गरेका छन्।

तर शान्ति सम्झौताको एउटा महत्वपूर्ण कार्यभार द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनबाट पीडित नागरिकहरुलाई सत्य, न्याय र परिपूरण प्रदान गर्ने राजनीतिक प्रतिवद्धता अझैँ पुरा भएको छैन्। एक हिसाबले भन्ने हो भने संक्रमणकालीन न्याय अझैँ संक्रमणमा छ। 

०५२ सालबाट सुरु भएको सशस्त्र द्वन्द्व अन्त्यका लागि ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतापश्चात् धेरैलाई लागेको थियो, प्रतिबद्धता अनुसारका काम फटाफट हुनेछन्।  

सम्झौतामा सशस्त्र द्वन्द्वको व्यवस्थापन गर्ने विभिन्न विषयहरुमध्ये मानव अधिकार उल्लंघनका पीडितलाई न्याय प्रदान गर्न तथा संक्रमणकालको अन्त्यको लागि ६ महिनाभित्र संक्रमणकालीन न्याय संयन्त्रको गठन गर्ने  उल्लेख थियो। त्यस्तै ६० दिनभित्र राज्य र विद्रोही पक्षले बेपत्ता पारेका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्ने कुरा पनि शान्ति सम्झातामै थियो।

nimb
nimb
Ncell 2
Ncell 2

द्वन्द्वकालीन मुद्धा टुंग्याउन बनाउने भनिएका दुई आयोग सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको गठन हुन ८ वर्ष लाग्यो। 

शान्ति प्रक्रियापछि द्वन्द्वोत्तर न्यायका विषयमा आम अपेक्षाअनुसार काम भएनन् नै गर्न लागिएको काम पनि पीडितलाई चित्त बुझाउने गरि गरिएन। 

०७१ सालमा गठन भएका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले गठन भएका ५ वर्षमा प्रारिम्भक काम मात्रै गरे। दुवै आयोगहरुबाट अहिलेसम्म उजूरी संकलन गर्ने काम बाहेक केही पनि हुन सकेको छैन। 

सत्य निरुपण तथा मेलमिलाप आयोगमा करिब ६३ हजार र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा करिब ३२ सय उजूरी दर्ता भएका छन्।

कुनै पनि उजूरीको किनारा गर्ने गरी काम नहुँदै ती दुवै आयोगका पदाधिकारीको म्याद गत चैतमा सकिएपछि आयोग अहिलेसम्म रिक्त छन्। दुई पटक म्याद थप्दा पनि आयोगबाट काम हुन नसकेपछि त्यसको गम्भीर समीक्षा बिनै अहिले फेरी पदाधिकारी नियुक्ति गर्ने काम अघि बढेको छ। 

नयाँ पदाधिकारी सिफारिस गर्न गठन गरिएको सिफारिस समितिले राजनैतिक दलको छायाँजस्तो भएर दलले भनेअनुसार नै सिफारिस गरेको छ। 

सिफारिस समितिले सार्वजनिक गरेका नाम हेर्दा बेपत्तामा आयोगमा सबै पुरानै पदाधिकारी आउने र सत्य निरुपणमा दलले सिफारिस गरेका अध्यक्ष र केही नयाँ सदस्य मात्रै  थपिने अवस्था छ। 

पुराना पदाधिकारीले दुई पटक म्याद थपेर दिएको ४ वर्षमा पनि काम नभएको सन्दर्भमा त्यसको गम्भीर समीक्षा बिनै पुरानै पदाधिकारी दोहोर्‍याउनु कति उचित हुन्छ? विगतमा आयोगका पदाधिकारीको कमजोरीले काम हुन नसकेको हो या राजनीतिक दलले इन्छा शक्ति नदेखाएका कारण हो ? आयोगलाई दिनुपर्ने कानुनहरु समयमै नदिँदा काम हुन नसकेको भन्ने सन्दर्भ उस्तै छ। 

यी कुनै पनि सन्दर्भमा खास परिवर्तन नल्याइ गरिएका नियुक्ति, पुनःनियुक्तिपछि त्यसमा काम हुने आधार के हुन्? यी सवालको जवाफ अझैँ कसैले दिएका छैनन्। 

प्रारम्भदेखि नै नेपालको संक्रमणकालीन न्याय प्रक्रिया केवल अभियोजन र आममाफीको एकोहोरो बहसको चक्रव्यूहमा परेको छ। एउटा पक्ष सबैलाई जेल हाल्नुपर्छ भन्ने मनोविज्ञानमा छ भने अर्को पक्ष सबैलाई आम माफी दिलाउनुपर्छ भन्नेमा छ। 

न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउँदा केवल अभियोजन र आममाफीको मात्रै नभई परिपूरणको विकल्प पनि छ भनेर न त राजनीतिक दलले पीडितलाई बुझाउन कोसिस गरे, न त यसको बृहत्तर अवधारण ल्याए। 

एकोहोरो बहसको चक्रव्यूहकै कारण ऐनकानुन र संयन्त्रहरु रहे पनि समग्र संक्रमणकालीन न्याय प्रक्रिया अवरुद्धजस्तै छ, अहिले पनि। पीडित समुदाय झन् पीडित भइरहने र सरकार र राजनैतिक दलहरु यसप्रति इमान्दर भएर काम नगर्दा शान्ति प्रक्रियाको अपुरो पाटो नै पुरा नहुने अवस्था आएको छ। 

परिपूरणको बृहत्तर अवधारण समेट्नुपर्ने, आयोगका सिफारिश कार्यान्वयन गर्न उपयुक्त संयन्त्र गठन हुनुपर्ने, गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न पीडकलाई सजाय हुनुपर्ने लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी प्रावधानलाई वेवास्ता गर्दै सरकार र राजनीतिक दलहरु केवल आफ्ना मान्छे आयोगमा भर्ति गर्नतर्फ मात्रै उद्यत देखिन्छन्। 

नेपालको संविधान, विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतबाट स्थापित सिद्धान्त, परमादेश तथा फैसलाहरू, नेपाल पक्षराष्ट्र भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि र अनुबन्धहरूलाई आधार मानेर संक्रमणकालीन न्याय सम्बन्धी ऐन संसोधन गर्नु पर्ने हुन्छ। तर, दलहरुमा त्यस्तो तयारी देखिँदैन। 

आयोगलाई आवश्यक ऐन नै नदिई, पदाधिकारी नियुक्ति प्रक्रियामा पीडितलाई विश्वासमा नै नलिई पहिले रोकिएको काम कसरी अघि बढ्न सक्ला ? त्यसमाथि राजनीतिक दलकै सिफारिस आएका व्यक्तिले निष्पक्ष रुपमा कसरी काम गर्लान्? 

वषौंदेखि गुजुल्टिएको विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउने हो भने सरकारले यस्तो त्रुटिपूर्ण प्रक्रिया तत्काल रोक्नुपर्दछ र पीडित तथा मानव अधिकार समुदाय समेतको विश्वासमा नयाँ प्रक्रिया प्रारम्भ गरिनु पर्दछ। 

सत्यको खोजी, अभियोजन, मेलमिलाप, परिपूरण, संस्मरण तथा संस्थागत सुधार संक्रमणकालीन न्यायका अन्तरसम्बन्धित विषयहरु भएको तथ्य आफूले पनि बुझ्नुपर्छ र अरुलाई पनि बुझाउनुपर्छ। 

यो विषयमा अन्तर्राष्ट्रिय आयाम पनि जोडिएको छ। यो निकै संवेदनशील भएकाले दलहरुले यसलाई राजनीति गर्ने विषय बनाउनु हुँदैन्। पीडितलाई न्याय दिन्छौं भन्ने आश्वासनमै अल्झाउन सकिन्छ भन्ने मनसाय दलहरुले राख्नुको साटो संक्रमणकालीन न्यायको बृहत्तर अवधारणा अन्तर्गत रहेर न्याय दिने र देशलाई पनि बाँकी रहेको संक्रमणबाट मुक्त पार्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देवानगञ्ज बजारमा झडप
संयमता अपनाउन सरकारको अपिल
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्