बारा- स्थानीय तह निर्वाचनको पछिल्लो मत गणना अनुसार बाराका १६ स्थानीय तहमध्ये ४ वटामा नेकपा एमालेले अग्रता लिएको छ। नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राजपाले समान ३/३ स्थानमा अग्रता लिएका छन्। कलैया उपमहानगरमा संघीय समाजवादी फोरमको अग्रता छ भने जितपुर सिमरा उपमहानगरमा एमालेले अग्रता लिएको छ।
हेरौँ कुन स्थानीय तहमा कसले लिए अग्रता
एमालेले अग्रता लिएका स्थानीय तह
जितपुर सिमरा उपमहानगरपालिका
निजगढ नगरपालिका
कोल्हवी नगरपालिका
आदर्श कोटवा गाउँपालिका
कांग्रेसले अग्रता लिएका स्थानीय तह
महागढीमाई नगरपालिका
बारागढी गाउँपालिका
सुवर्ण गाउँपालिका
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तह
कलैया उपमहानगरपालिका
करैयामाई गाउँपालिका
देवताल गाउँपालिका
राजपाले अग्रता लिएका स्थानीय तह
सिम्रौनगढ नगरपालिका
पचरौता नगरपालिका
परवानीपुर गाउँपालिका
माओवादीले अग्रता लिएका स्थानीय तह
प्रसौनी गाउँपालिका
नेपाल लोकतान्त्रिक फोरम
फेटा गाउँपालिका
स्वतन्त्र उम्मेदवारले अग्रता लिएका स्थानीय तह
विश्रामपुर गाउँपालिका
पछिल्लो मतगणना अनुसार बाराका दुई उपमहानगरको परिणाम यस्तो छः
कलैया उपमहानगरपालिका (मेयर)
संघीय समाजवादी फोरम- १०९७
एमाले- ९११
कांग्रेस- ७४२
जितपुर सिमरा उपमहानगरपालिका (मेयर)
एमाले- ४२४९
माओवादी- ३६९१
कांग्रेस- ३००८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।