• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लुम्बिनी न्युज फेस्टिभल : पत्रकारिताकाे भविष्यबारे बहस

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  १४:४३
1140x725

लुम्बिनी- बुद्धको जन्मस्थल लुम्बिनी। विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र। प्रत्येक वर्ष शान्तिको खोजीमा लाखौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी आउने गर्दछन्। तर, अहिले भने ती पर्यटकभन्दा पनि लुम्बिनीमा देशभरबाट आएका पत्रकारहरुको जमघट भएको छ।

प्रदेश ५ सरकारले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा लुम्बिनीलाई विश्वमाझ चिनाउने उद्देश्यले लुम्बिनी भ्रमण बर्ष २०७६ अभियानको रुपमा सञ्चालन गरिरहेको छ। नेपाल सरकारले पनि नेपालको पर्यटन प्रवर्द्धनलाई विश्वमाझ पुर्‍याउने उद्येश्यले नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेको छ।

यही उद्देश्यलाई बल पुर्‍याउन तथा पत्रकारितामा नयाँ आयाम ल्याउन लुम्बिनी प्रेस क्लबको आयोजनामा लुम्बिनी न्यूज फेस्टिभल सञ्चालन गरिएको हो। देशभरका पत्रकारलाई लुम्बिनीमा भेला गराएर पत्रकारिताका सम्भावना, चुनौती, समस्या र सीपका विषयमा गम्भीर रुपमा छलफल चलाइएको छ।

मुलुकमै पहिलो पटक नयाँ प्रयोगका रुपमा बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि सुरु न्यूज फेस्टिभल मंगलबार समापन हुँदैछ। लुम्बिनीमा देशभरबाट ३ सयभन्दा बढी पत्रकार सहभागी भएका छन्। लामो समयदेखि सम्पादकीय मण्डल तथा समाचारमा खेल्दै आएका पत्रकारका साथै पत्रकारितामा भविष्य खोज्दै गरेका पत्रकारबीचमा विभिन्न विषयमा छलफल तथा बहस भइरहेको छ।

छापा, रेडियो, टेलिभिजन र अनलाइन मिडियामा आबद्ध पत्रकार लुम्बिनीमा भेला भई संघीयतापछिको पत्रकारिताको विभिन्न विधामाथि बहस गरिरहेका छन्। नेपालको इतिहासमा पहिलो पटक आयोजना भएको न्यूज फेस्टिभलमा पूर्व सोलुखुम्बुदेखि पश्चिम डोल्पासम्मका विभिन्न सञ्चार माध्ययममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको छ।

हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म चलिरहेका विभिन्न सत्रमा विभिन्न सञ्चार माध्ययमका सम्पादकहरुबीच विधागत रुपमा बहस भईरहेको छ।

न्यूज फेस्टिभलमा पहिलो दिन पत्रकारिता: चुनौती र भविष्यको बाटो बिषयमा अग्रज पत्रकार रुपान्तरण डटकमका सम्पादक किशोर नेपाल, खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउले, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, मोहन मैनाली र नागरिक दैनिक प्रदेश ५ संयोजक रेखा भुसालबीच प्यानलगत छलफल भयाे। कान्तिपुर टेलिभिजका समाचार सहसम्पादक रामकृष्ण भण्डारीले सहजीकरण गरेको उक्त सत्रमा लुम्बिनी प्रेस क्लबका सल्लाहकार कमल रायमाझीले परिचय गराएका थिए।

Ncell 2
Ncell 2

त्यस्तै संघीयतामा रेडियोका विषयमा पर्यटनमन्त्री लिला गिरीको सहभागितामा वरिष्ठ पत्रकार रघु मैनाली, भरत भुसाल, ईन्दिरा अर्याल, के.पी अधिकारी र रमाकान्त पौडेलले छलफलमा भाग लिए। उक्त कार्यक्रममा बिनोद परियाले सहजिकरण गरेका थिए भने पत्रकार शंकर पाण्डेले विषयमाथि प्रकाश पारे ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री लिला गिरीले प्रदेश सकारले नयाँ सञ्चार नीति ल्याउन लागेको बताउँदै संघीयताको सफल कार्यन्वयनको लागि पत्रकारिता क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताए। तीन दिने कार्यक्रम अन्तर्गत सोमबार भएको के लेख्ने, कसरी लेख्ने भन्ने सत्रमा अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा, राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक श्यामप्रसाद रिमाल, गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनाल, नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहान र नेपाल समय डटकमका सम्पादक सन्जिव शर्माबीच प्यानलगत छलफल भयो।

गोरखापत्र दैनिकका प्रदेश ५ संयोजक दीपक ज्ञवालीले सहजिकरण गरेको उक्त कार्यक्रममा अहिलको अवस्थामा समाचारका विषय वस्तुबीच पनि सम्पादकहरुबीच चर्को बहस भएको थियाे।

यसैगरी सोमबार नै लुम्बिनी सम्पदा, महत्व र स्थानिय समाज विषयक सत्रमा लुम्बिनीको विगत, वर्तमान र भविष्यको बारेमा नयाँ बहस सिर्जना भएको छ। उक्त सत्रमा संघीय सभाका सांसद घनश्याम भुसाल, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, प्रदेश सभाका सांसद फकरुद्धिन खान, एबिसी मिडीया ग्रुपका अध्यक्ष शुभशंकर कडेंलबीच छलफल तथा बहस भयो।

सांसद भुसालले बुद्धिजम् मार्क्सवाद भन्दा पनि धेरै गहिरो दर्शन भएको बताए। अग्रज पत्रकार चन्द्र किशोरले सहजिकरण गरेको उक्त सत्रमा लुम्बिनीको अन्तर्राष्ट्रियकरणमा सबैको सहकार्य र एकता जरुरी रहेकोमा सहभागिले जोड दिए।

सोमबार दिउँसो नै सम्पन्न स्टोरि टेलिंग सत्रमा राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, अग्रज पत्रकार नारयण वाग्ले र दीपक अधिकारीबीच बहस भयाे। पत्रकार अमृता अनमोलले सहजिकरण गरेकाे उक्त सत्रमा समचारको विषय उठानका विषयमा पनि छलफल भएको थियो।

यसैगरी सोमबार नै सम्पन्न संघीयतामा न्यू मिडीया सत्रमा ईमेज टेलिभजनका सम्पादक विजय पौडेल, अनलाइन खबर डटकमका सम्पादक अरुण बराल, नेपाल लाइभ डटकमका सम्पादक नारयण अमृत, फ्री प्रेस नेपालका सम्पादक जेबि पुन मगर र सेतोपाटि डटकम प्रदेश ५ संयोजक भगवति पाण्डेबीच वर्तमान अवस्थामा न्यु मिडीयाहरुको विषयमा बहस भएको थियो।

पत्रकार टेकनारयण भट्टराइले सहजीकरण गरेको कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कोषाध्यक्ष दीपक घिमिरेले बिषयको उठान गरेका थिए।

लामो समयदेखि चल्दै आएका छापा, रेडियो र टेलिभिजन तथा अनलाइनलाई न्यु मिडीयामा कसरी रुपान्तरण गर्ने भन्ने बिषयमा छलफल भएको थियो। नेपालमा रहेका टेलिभजन, रेडियो, पत्रिका र अनलाइनमा प्रकाशित तथा प्रशारित विषयवस्तुलाई नयाँ बनाउनु पर्नेमा जोड दिए।

मंगलबार संघीयतामा टेलभिजनकाे विषयमा बहस चलेको छ। छलफलमा कान्तिपुर टेलिभिजनका सम्पादक प्रशान्त अर्याल, सगरमाथा टेलिभिजनका सम्पादक गणेशमान गरुङ, लुम्बिनी टेलिभिजनका कार्यकारी दिनेश पाण्डे, एबिसी टेलिभिजनका शरण कर्माचार्यले छलफलमा भाग लिएका छन्। उक्त सत्रमा जनता टेलिभिजनका समाचार सम्पादक रामकुमार एलनले सहजीकरण गरेका थिए।

त्यस्तै मंगलबार नै संघीयतामा समावेशी सञ्चारका बिषयमा छलफल भएको छ। छलफलमा पत्रकारहरु मोहन मैनाली, अमिका राजथला, जेबि पुन मगर, मोहन सिंह, निरु गौतमले भाग लिएका छन्।

छलफलमा लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्माले सहजीकरण गरेकी छन्। उक्त छलफलमा सहभागिहरुले समावेशी भनेको महिला मात्रै नभई अन्य समुदाय पनि भएकाले त्यस समुदायबाट पनि सञ्चार क्षेत्रमा सहभागिता गराउनु पर्नेमा जोड दिए।

विश्व पर्यटनको केन्द्र लुम्बिनीमा सम्पादक र पत्रकारहरुबीच संघीयतापछिको पत्रकारिता विषयमा भएको छलफल महत्वपुर्ण कार्यक्रम सहभागीले बताएका छन्। लुम्बिनी प्रेस क्लबको आयोजनामा भइरहेको लुम्बिनी न्यूज फेस्टिभलले पत्रकारिता क्षेत्रमा नयाँ तरंग सिर्जना गर्ने सहभागीहरुले जोड दिए। 

लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईको अध्यक्षतामा भएको उक्त सत्रमा उपाध्यक्ष नरेश के.सी, कार्यक्रम संयोजक दीपेन्द्र बडुवाल र महासचिव सम्झना शर्माले पनि लुम्बिनी न्यूज फेस्टिभलको विषयमा धारणा राख्दै लुम्बिनी न्यूज फेस्टिभलाई ब्रान्डको रुपमा स्थापित गर्दै लैजाने बताए।

‘संघीयतामा सञ्चार, समृद्धिकोलागि मोफसल नै मूल धार’  भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्धयामा लुम्बिनीमा भइरहेको न्यूज फेस्टिभलले पर्यटन प्रबद्र्धनमा टेवा पुराउनुका मुल नारालाई स्थापित गर्न न्यूज फेस्टिभल सफल हुने बताए।

शान्तिको उद्गम भूमिमा आयोजित फेस्टिभलले समृद्धिको यात्रा तय गर्नसमेत सहयोग पुग्ने प्रेस क्लवका अध्यक्ष दिपेश पछाईको भनाई छ। यो फेस्टिभल राज्य सञ्चालकले विकासका पूर्वाधार तय गर्ने कार्यक्रमसमेत बन्ने संयोजक दीपेन्द्र बडुवालले बताए।

‘सञ्चारको क्षेत्रबाट अब पुलको काम हुनेछ’ उनले भने, ‘फेस्टिभलले बुद्ध सर्किट जोड्नेछ, लुम्बिनी भ्रमण वर्षलाई सहयोग गर्नेछ। नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउन पनि उत्तिकै योगदान गर्ने अपेक्षा गरेका छौं।’ अब मूलधारको पत्रकार, प्रदेशको पत्रकार र स्थानीय पत्रकार भन्ने नरहने संस्थाका महासचिव सम्झना शर्माले बताइन।

फेस्टिभलले प्रदेश र स्थानीय पत्रकार पनि उत्तिकै योग्य र सशक्त छन् भन्ने सन्देश दिएको छ उनले भनिन्। न्यूज फेस्टिभलमा सातै प्रदेशका पत्रपत्रिका प्रदर्शन गरिएको थियो। कपिलवस्तुकाे बुद्धस्थल समेटेर बनाइएको गन्तव्य कपिलवस्तु नामक वृत्तचित्र पनि प्रदर्शन गरिएकाे थियो।

फेस्टिभलमा सहभागी पत्रकारले पश्चिम नवलपरासीस्थित बुद्धस्थल रामग्राम र तिलौराकोटको अवलोकन गरेका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो
चुनावमा भाग लिने कांग्रेसको निर्णय
सुशीला कार्कीलाई चुनाव गराउन अधिकार नभएको ओलीको दाबी, पछि हट्नका लागि तयार रहन चेतावनी
सम्बन्धित सामग्री
यसरी पुनःस्थापित गरियो बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो। शनिबार, मंसिर ६, २०८२
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ। त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक... मंगलबार, मंसिर २, २०८२
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एनपीएल टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो शनिबार, मंसिर ६, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
सुशीला कार्कीलाई चुनाव गराउन अधिकार नभएको ओलीको दाबी, पछि हट्नका लागि तयार रहन चेतावनी शनिबार, मंसिर ६, २०८२
मार्क वाटको शतकमा कर्णालीको सानदार जित शनिबार, मंसिर ६, २०८२
संसद् पुनर्स्थापनाको पक्षमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्ना शुक्रबार, मंसिर ५, २०८२
सुदूरपश्चिमविरुद्ध पोखरा- टस जितेर पहिला फिल्डिङ गर्दै शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्