• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लुम्बिनी न्युज फेस्टिभल : पत्रकारिताकाे भविष्यबारे बहस

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  १४:४३
1140x725

लुम्बिनी- बुद्धको जन्मस्थल लुम्बिनी। विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र। प्रत्येक वर्ष शान्तिको खोजीमा लाखौं आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी आउने गर्दछन्। तर, अहिले भने ती पर्यटकभन्दा पनि लुम्बिनीमा देशभरबाट आएका पत्रकारहरुको जमघट भएको छ।

प्रदेश ५ सरकारले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा लुम्बिनीलाई विश्वमाझ चिनाउने उद्देश्यले लुम्बिनी भ्रमण बर्ष २०७६ अभियानको रुपमा सञ्चालन गरिरहेको छ। नेपाल सरकारले पनि नेपालको पर्यटन प्रवर्द्धनलाई विश्वमाझ पुर्‍याउने उद्येश्यले नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेको छ।

यही उद्देश्यलाई बल पुर्‍याउन तथा पत्रकारितामा नयाँ आयाम ल्याउन लुम्बिनी प्रेस क्लबको आयोजनामा लुम्बिनी न्यूज फेस्टिभल सञ्चालन गरिएको हो। देशभरका पत्रकारलाई लुम्बिनीमा भेला गराएर पत्रकारिताका सम्भावना, चुनौती, समस्या र सीपका विषयमा गम्भीर रुपमा छलफल चलाइएको छ।

मुलुकमै पहिलो पटक नयाँ प्रयोगका रुपमा बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि सुरु न्यूज फेस्टिभल मंगलबार समापन हुँदैछ। लुम्बिनीमा देशभरबाट ३ सयभन्दा बढी पत्रकार सहभागी भएका छन्। लामो समयदेखि सम्पादकीय मण्डल तथा समाचारमा खेल्दै आएका पत्रकारका साथै पत्रकारितामा भविष्य खोज्दै गरेका पत्रकारबीचमा विभिन्न विषयमा छलफल तथा बहस भइरहेको छ।

छापा, रेडियो, टेलिभिजन र अनलाइन मिडियामा आबद्ध पत्रकार लुम्बिनीमा भेला भई संघीयतापछिको पत्रकारिताको विभिन्न विधामाथि बहस गरिरहेका छन्। नेपालको इतिहासमा पहिलो पटक आयोजना भएको न्यूज फेस्टिभलमा पूर्व सोलुखुम्बुदेखि पश्चिम डोल्पासम्मका विभिन्न सञ्चार माध्ययममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको छ।

हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म चलिरहेका विभिन्न सत्रमा विभिन्न सञ्चार माध्ययमका सम्पादकहरुबीच विधागत रुपमा बहस भईरहेको छ।

न्यूज फेस्टिभलमा पहिलो दिन पत्रकारिता: चुनौती र भविष्यको बाटो बिषयमा अग्रज पत्रकार रुपान्तरण डटकमका सम्पादक किशोर नेपाल, खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउले, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, मोहन मैनाली र नागरिक दैनिक प्रदेश ५ संयोजक रेखा भुसालबीच प्यानलगत छलफल भयाे। कान्तिपुर टेलिभिजका समाचार सहसम्पादक रामकृष्ण भण्डारीले सहजीकरण गरेको उक्त सत्रमा लुम्बिनी प्रेस क्लबका सल्लाहकार कमल रायमाझीले परिचय गराएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै संघीयतामा रेडियोका विषयमा पर्यटनमन्त्री लिला गिरीको सहभागितामा वरिष्ठ पत्रकार रघु मैनाली, भरत भुसाल, ईन्दिरा अर्याल, के.पी अधिकारी र रमाकान्त पौडेलले छलफलमा भाग लिए। उक्त कार्यक्रममा बिनोद परियाले सहजिकरण गरेका थिए भने पत्रकार शंकर पाण्डेले विषयमाथि प्रकाश पारे ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री लिला गिरीले प्रदेश सकारले नयाँ सञ्चार नीति ल्याउन लागेको बताउँदै संघीयताको सफल कार्यन्वयनको लागि पत्रकारिता क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताए। तीन दिने कार्यक्रम अन्तर्गत सोमबार भएको के लेख्ने, कसरी लेख्ने भन्ने सत्रमा अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा, राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक श्यामप्रसाद रिमाल, गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनाल, नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहान र नेपाल समय डटकमका सम्पादक सन्जिव शर्माबीच प्यानलगत छलफल भयो।

गोरखापत्र दैनिकका प्रदेश ५ संयोजक दीपक ज्ञवालीले सहजिकरण गरेको उक्त कार्यक्रममा अहिलको अवस्थामा समाचारका विषय वस्तुबीच पनि सम्पादकहरुबीच चर्को बहस भएको थियाे।

यसैगरी सोमबार नै लुम्बिनी सम्पदा, महत्व र स्थानिय समाज विषयक सत्रमा लुम्बिनीको विगत, वर्तमान र भविष्यको बारेमा नयाँ बहस सिर्जना भएको छ। उक्त सत्रमा संघीय सभाका सांसद घनश्याम भुसाल, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, प्रदेश सभाका सांसद फकरुद्धिन खान, एबिसी मिडीया ग्रुपका अध्यक्ष शुभशंकर कडेंलबीच छलफल तथा बहस भयो।

Xtrem

Xtrem

सांसद भुसालले बुद्धिजम् मार्क्सवाद भन्दा पनि धेरै गहिरो दर्शन भएको बताए। अग्रज पत्रकार चन्द्र किशोरले सहजिकरण गरेको उक्त सत्रमा लुम्बिनीको अन्तर्राष्ट्रियकरणमा सबैको सहकार्य र एकता जरुरी रहेकोमा सहभागिले जोड दिए।

सोमबार दिउँसो नै सम्पन्न स्टोरि टेलिंग सत्रमा राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, अग्रज पत्रकार नारयण वाग्ले र दीपक अधिकारीबीच बहस भयाे। पत्रकार अमृता अनमोलले सहजिकरण गरेकाे उक्त सत्रमा समचारको विषय उठानका विषयमा पनि छलफल भएको थियो।

यसैगरी सोमबार नै सम्पन्न संघीयतामा न्यू मिडीया सत्रमा ईमेज टेलिभजनका सम्पादक विजय पौडेल, अनलाइन खबर डटकमका सम्पादक अरुण बराल, नेपाल लाइभ डटकमका सम्पादक नारयण अमृत, फ्री प्रेस नेपालका सम्पादक जेबि पुन मगर र सेतोपाटि डटकम प्रदेश ५ संयोजक भगवति पाण्डेबीच वर्तमान अवस्थामा न्यु मिडीयाहरुको विषयमा बहस भएको थियो।

पत्रकार टेकनारयण भट्टराइले सहजीकरण गरेको कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कोषाध्यक्ष दीपक घिमिरेले बिषयको उठान गरेका थिए।

लामो समयदेखि चल्दै आएका छापा, रेडियो र टेलिभिजन तथा अनलाइनलाई न्यु मिडीयामा कसरी रुपान्तरण गर्ने भन्ने बिषयमा छलफल भएको थियो। नेपालमा रहेका टेलिभजन, रेडियो, पत्रिका र अनलाइनमा प्रकाशित तथा प्रशारित विषयवस्तुलाई नयाँ बनाउनु पर्नेमा जोड दिए।

मंगलबार संघीयतामा टेलभिजनकाे विषयमा बहस चलेको छ। छलफलमा कान्तिपुर टेलिभिजनका सम्पादक प्रशान्त अर्याल, सगरमाथा टेलिभिजनका सम्पादक गणेशमान गरुङ, लुम्बिनी टेलिभिजनका कार्यकारी दिनेश पाण्डे, एबिसी टेलिभिजनका शरण कर्माचार्यले छलफलमा भाग लिएका छन्। उक्त सत्रमा जनता टेलिभिजनका समाचार सम्पादक रामकुमार एलनले सहजीकरण गरेका थिए।

त्यस्तै मंगलबार नै संघीयतामा समावेशी सञ्चारका बिषयमा छलफल भएको छ। छलफलमा पत्रकारहरु मोहन मैनाली, अमिका राजथला, जेबि पुन मगर, मोहन सिंह, निरु गौतमले भाग लिएका छन्।

छलफलमा लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्माले सहजीकरण गरेकी छन्। उक्त छलफलमा सहभागिहरुले समावेशी भनेको महिला मात्रै नभई अन्य समुदाय पनि भएकाले त्यस समुदायबाट पनि सञ्चार क्षेत्रमा सहभागिता गराउनु पर्नेमा जोड दिए।

विश्व पर्यटनको केन्द्र लुम्बिनीमा सम्पादक र पत्रकारहरुबीच संघीयतापछिको पत्रकारिता विषयमा भएको छलफल महत्वपुर्ण कार्यक्रम सहभागीले बताएका छन्। लुम्बिनी प्रेस क्लबको आयोजनामा भइरहेको लुम्बिनी न्यूज फेस्टिभलले पत्रकारिता क्षेत्रमा नयाँ तरंग सिर्जना गर्ने सहभागीहरुले जोड दिए। 

लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईको अध्यक्षतामा भएको उक्त सत्रमा उपाध्यक्ष नरेश के.सी, कार्यक्रम संयोजक दीपेन्द्र बडुवाल र महासचिव सम्झना शर्माले पनि लुम्बिनी न्यूज फेस्टिभलको विषयमा धारणा राख्दै लुम्बिनी न्यूज फेस्टिभलाई ब्रान्डको रुपमा स्थापित गर्दै लैजाने बताए।

‘संघीयतामा सञ्चार, समृद्धिकोलागि मोफसल नै मूल धार’  भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर र नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्धयामा लुम्बिनीमा भइरहेको न्यूज फेस्टिभलले पर्यटन प्रबद्र्धनमा टेवा पुराउनुका मुल नारालाई स्थापित गर्न न्यूज फेस्टिभल सफल हुने बताए।

शान्तिको उद्गम भूमिमा आयोजित फेस्टिभलले समृद्धिको यात्रा तय गर्नसमेत सहयोग पुग्ने प्रेस क्लवका अध्यक्ष दिपेश पछाईको भनाई छ। यो फेस्टिभल राज्य सञ्चालकले विकासका पूर्वाधार तय गर्ने कार्यक्रमसमेत बन्ने संयोजक दीपेन्द्र बडुवालले बताए।

‘सञ्चारको क्षेत्रबाट अब पुलको काम हुनेछ’ उनले भने, ‘फेस्टिभलले बुद्ध सर्किट जोड्नेछ, लुम्बिनी भ्रमण वर्षलाई सहयोग गर्नेछ। नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउन पनि उत्तिकै योगदान गर्ने अपेक्षा गरेका छौं।’ अब मूलधारको पत्रकार, प्रदेशको पत्रकार र स्थानीय पत्रकार भन्ने नरहने संस्थाका महासचिव सम्झना शर्माले बताइन।

फेस्टिभलले प्रदेश र स्थानीय पत्रकार पनि उत्तिकै योग्य र सशक्त छन् भन्ने सन्देश दिएको छ उनले भनिन्। न्यूज फेस्टिभलमा सातै प्रदेशका पत्रपत्रिका प्रदर्शन गरिएको थियो। कपिलवस्तुकाे बुद्धस्थल समेटेर बनाइएको गन्तव्य कपिलवस्तु नामक वृत्तचित्र पनि प्रदर्शन गरिएकाे थियो।

फेस्टिभलमा सहभागी पत्रकारले पश्चिम नवलपरासीस्थित बुद्धस्थल रामग्राम र तिलौराकोटको अवलोकन गरेका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्