काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सरकारले राष्ट्रवादको नारा दिए पनि सो अनुसार काम गर्न नसकेको कांग्रेस सभापति देउवाको आरोप, कूटनीति र वार्ताका माध्यमबाट सीमा विवाद तत्काल समाधान गनुपर्ने भनाई
२) विप्लव नेतृत्व नेकपा कार्यकर्तासँग अत्याधुनिक हतियार भेटिएको प्रहरीको दाबी, एसएमजी राइफल सहित १३ थान म्याग्जिन तथा ३९० राउण्ड गोली बरामद
३) पछिल्लो समय बैंकहरुले प्रविधिका क्षेत्रमा सन्तोषजनक फड्को मारेको अर्थमन्त्री खतिवडाको भनाई, सहुलियतपूर्ण कर्जा कार्यक्रम सोचे अनुसार नभएको भन्दै बैंकहरु प्रति राष्ट्र बैंकको असन्तुष्टि
४) अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमका चार खेलाडी बर्खास्त, चारै खेलाडीको भुटान यात्रा रोकियो, नेपाली टिम २० जनामा सीमित
५) अमेरिकी कुटनीतिज्ञको आलोचना गर्दै राष्ट्रपति ट्रम्पको ट्वीट, भयभित बनाउने गरी राष्ट्रपतिको प्रतिक्रिया आएको पूर्व राजदूत मरी योवानाविचको भनाइ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।