काठमाडौं–शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सीमा विवाद सम्बन्धी लिखित जवाफ सहित कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत सबै विपक्षीलाई १५ दिनको म्याद। ९कसरी भयो सीमा विवाद)
२) प्रधानमन्त्री ओलीद्वारा सचिवालयका ६ जनालाई पदमुक्त, मंसिर १ गतेवाट लागू हुने गरी प्रेस सल्लाहकार कुन्दन अर्याल सहित छ जना हटाइए । (सचिवालयका छ जना पदमुक्त)
३) जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री आलमलाई थुनामा पठाउने अदालतको आदेश, प्रारम्भिक प्रमाणका आधारमा आलम निर्दोष देखिएनन । (आलम जेल चलान)
४) नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनद्वारा कुवेत विरुद्धको खेलका लागि अन्तिम टोलीको घोषणा, फरवार्डर भरत खवासको पुनरागमन । (अन्तिम टोलीको घोषणा)
५) र, अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा मानवता विरूद्धको अपराधबारे अभियोजनकर्ताको प्रस्ताव स्वीकृत, म्यानमारमा रोहिंग्या माथि भएको दमनको अनुसन्धान गर्ने । (आइसीसीमा म्यानमार प्रवेश)
भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।