काठमाडौं- काठमाडौंमा जारी एएफसी यु-१६ च्याम्पियनसिपको खेलमा नेपालले पहिलो गोल खाएको छ। सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा जारी खेलमा इराकका मो. इरोहीले ६८ मिनेटमा गोल गरेका हुन्। समूह ‘डी’ को खेलमा नेपालले फितलो प्रदर्शन गरेको छ।
नेपाली युवा खेलाडी इराकको दबाब झेल्न बाध्य छन्। पहिलो हाफमा इराकले ३ वटा आक्रमण बुनेको थियो। नेपाली डिफेन्डरहरु अन्य खेलाडीको तुलनामा निकै व्यस्त देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।