काठमाडौं– नेपाल र भुटानबीच थिम्पुमा भइरहेको साफ युथ–१८ च्याम्पियनसिपको पहिलो हाफको खेल गोलरहित बराबरीमा टुँगिएको छ। दुबै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेनन्।
नीलो जर्सीमा उत्रिँएको नेपालविरुद्ध घरेलु भुटानी टोलीले बललाई नियन्त्रणमा राखेको छ।
छिरिङ लोब्साङको प्रशिक्षणमा रहेको नेपाली टोली अर्पन कार्कीको कप्तानीमा मैदानमा उत्रिएको छ। अन्य खेलाडीमा रोमन लिम्बु, सुमन अर्याल, अभिषेक रिजाल, प्रेजन तामाङ, रेजिन सुब्बा, अनिल महर्जन, असिम भुषाल, दिनेश हेन्जन, सेसेहाङ आङदेम्बे, विकाश खवास रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।