काठमाडौं– एएफसी युथ–१६ च्याम्पियनसिपअन्तर्गत समूह ‘डी’ को अहिले हलचोकस्थित सशस्त्र प्रहरी मैदानमा भइरहेको खेलमा नेपालले फितलो प्रदर्शन गरेको छ। इराक विरुद्ध पहिलो हाफको खेलमा नेपालले कुनै पनि बेला विपक्षी गोल पोस्टमा आक्रमण बुन्न सकेन्।
उल्टै नेपाली युवा खेलाडी इराकको दबाब झेल्न बाध्य भए। पहिलो हाफमा इराकले ३ वटा आक्रमण बुनेको थियो। नेपाली डिफेन्डरहरु अन्य खेलाडीको तुलनामा निकै व्यस्त देखिए।
नेपालले खेलमा फर्किने दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्नु जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।