• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'विश्वमै लोप हुन थालेको सिद्धान्त बोकेका वाम गठबन्धनमा मिसिन जाँदैनौं'

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  ०८:४८
1140x725

नयाँ शक्ति पार्टीले आफ्नो चौथो संघीय परिषद्‌को विस्तारित बैठक लुम्बिनीमा सम्पन्न गरेको छ। लुम्बिनी-संकल्प २०७४ जारी गर्दै नयाँ शक्ति पार्टीले नेपालमा नयाँ राजनीतिक विकल्प दिने प्रण लिएको छ। प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय दल पनि बन्न नसकेको नयाँ शक्ति आगामी दिनमा कसरी अघि बढ्ला? चुनावअघि वाम गठबन्धनमा जोडिएर लगत्तै अलग्गिएको नयाँ शक्तिले वाम एकतालाई कसरी लिएको छ? यिनै सेरोफेरोमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई लुम्बिनी पुगेका बेला नेपाल लाइभका दीपक घिमिरेले गरेको अन्तर्वार्ता :

नेकपा एमाले र माओवादी केन्द्रको एकतालाई कसरी लिनुभएको छ?
एमाले र माओवादी केन्द्रबीचको एकता संकटको अभिव्यक्ति हो। एक्लाएक्लै अस्तित्वको रक्षा गर्न गाह्रो भइसकेपछि उनीहरु मर्ज भएका हुन्। अहिले बैंकहरुबीच मर्जको कार्यक्रम चलिरहेको छ। यो दुई पार्टीबीचको पोलिटिकल मर्जर हो। नयाँपन त केही पनि आएको छैन। मात्र गुम्न लागेको जनमतलाई कसरी जनतामाझ जोगाउन सकिन्छ भन्ने खेल मात्र हो। चुनावमा जनतालाई भ्रममा पारेर जनमत संकलन गर्नका लागि गरिएको तालमेललाई एकता भनिएको छ। उहाँहरु चुनावी रुपमा मात्र बलियो हुनुन्थ्यो तर देशको विकास सम्भव छैन। देशको संरचनागत विकासमा केही फेरबदल हुन सकेको छैन। 

दुई कम्युनिस्ट पार्टी एक भए, यसबाट जनताले पनि राजनीतिक स्थायित्व र स्थिर सरकारको परिकल्पना गरेका छन्। यो त राम्रै कुरा होइन र?
दुई पार्टी एक भएर देश र जनताको हितमा काम गर्न सके त राम्रो हो नि। उनीहरुले केही गर्न सक्लान् जस्तो देखिँदैन। जनताले स्थायी र विकासप्रेमी सरकारको परिकल्पना गर्दै ती दुई पार्टीलाई बहुमत दिए पनि उनीहरुका आसेपासे, भ्रष्टाचारीसँग उनीहरुको सामीप्यता र राज्यसत्ताको आडमा बसेर सीमित व्यक्तिले लाभ लिने परिपाटीको अन्त्य नहुँदासम्म देखावटी एकताले खास अर्थ राख्दैन। उनीहरुको संरचनात्मक चरित्र सहजै बदलिँदैन। त्यसकारण जनताले सोचे र चाहे जस्तो नेपालको परिकल्पनालाई पूर्णता दिन सक्दैनन्। संरचनात्मक चरित्र भत्काउन सक्ने अवस्था उहाँहरुमा छैन। उहाँहरु जालोमा हुनुहुन्छ। त्यो छाड्न पनि सक्नुहुन्न। अहिले सरकार बनाउने बेला उहाँहरु कोसँग उठबस गरिरहनुभएको छ? यो त छर्लंग छ।

उहाँहरुबाट समृद्धि सम्भव छैन। अहिले बनेको सरकारले आमूल परिवर्तन गर्न सक्दैन। निरन्तर २ अंकको आर्थिक वृद्धिदर हासिल गर्न सके मात्र केही विश्वास गर्न सकिन्छ। 

वाम गठबन्धन घोषणा हुँदै गर्दा तपाईं पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै उभिनुभएको थियो तर त्यो पानीको फोकाजस्तो मात्र देखियो। अब फेरि एकतामा जोडिन सक्ने सम्भावना छ कि छैन?
हो, म उहाँहरुसँग उभिएको थिएँ। त्यो चुनावी तालमेल न हो। लोकतन्त्रिक शक्ति हुँ भन्ने दलहरु नै नेपालमा नयाँ पर्टी जन्मिन नदिने षड्यन्त्रमा लागे। चुनाव लड्ने दललाई चुनाव चिह्न नदिने। संविधानमा व्यवस्था हुँदाहुदै पनि नयाँ दल खोल्न नमिल्ने। र, उनीहरुको अस्तित्व नै समाप्त पार्ने खालका कानुन बनाएकाले वाध्य भएर तालमेलको पक्षमा उभिनुपरेको हो। स्वतन्त्र रुपमा चुनाव लडेर कसले जित्छ? कांग्रेसले स्वतन्त्र रुपमा चुनाव लडेर देखाओस् त। यी कम्युनिस्ट भन्नेहरुले स्वतन्त्र रुपमा चुनाव लडेर देखाउन सकुन् त। उनीहरुको अवस्था कहाँनेर रहेछ भन्ने थाहा हुने थियो। 

अर्को कुरा नयाँ शक्ति वाम एकतामा जान्छ कि भन्ने कुरा कुनै पनि मानेमा ठीक हुन सक्दैन। विश्वमै लोप हुन थालेको सिद्धान्त बोकेर हिँडेका दल (वाम गठबन्धन) मा हामी मिसिन जाँदैनौं। हामीले परिकल्पना गरेको र विश्वलाई नै डोहोर्यासउने समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रसहितको समुन्नत समाजवादको मार्गमा पुराना भनिएका दल आउनेछन्। हामीले बनाउन थालेको तेस्रो वैकल्पिक शक्तिले मात्रै नेपालमा निकास दिन सक्नेछ।

तपाईंले वाम एकता हुनासाथ ‘एउटै ब्रान्डका दुई पार्टी’बाट जनतालाई भ्रममुक्त हुन मद्दत गरेको र यसले उदारवाद र राज्य समाजवादको विकल्पमा समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको तेस्रो धार निर्माण गर्न मद्दत गर्छ’ भन्नु भयो, यो कसरी? 
अहिलेका राजनीतिक दलले समुन्नत समाज निर्माण गर्न सक्दैनन्। त्यसैले राजनीतिको विकल्प हामीले दिनुपर्छ। व्यावहारिक रुपमा जनताका सबै कुरा बुझाउन सक्नुपर्छ। स्थिर सरकारको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनु आवश्यक छ।

हामी समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र नै नयाँ शक्तिले प्रस्तुत गरेको समुन्नत समाजवादको आधार हो भनिरहेका छौं। अहिलेका अन्य राजनीतिक दलले समाजसापेक्ष काम गर्न सक्दैनन्। हामीले भन्दै आएको समृद्धि शब्द चोरेर समृद्ध नेपाल बनाउछौं भनिरहनुभएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंलाई नयाँ शक्तिले राजनीतिक रुपमा तेस्रो धारको नेतृत्व गर्छ भन्ने लाग्छ? कि अरु कुनै शक्ति जन्मिन्छ?
हामीले जनतालाई साथमा लिएर उनीहरु (एमाले-माओवादी) का हर्कतबारे प्रस्ट्याउन सके हामी छिट्टै वैकल्पिक धारका रुपमा उदाउँछौं। हामी वैकल्पिक तेस्रो धारकै रुपमा उदाउनुपर्छ। 

२१औं सताब्दीमा दुई विचारधारा संकटमा छन्। उदारवादी लोकतन्त्र प्रयोग गर्ने अमेरिका जस्ता शक्तिशाली मुलुक आफैं संकटमा छ। डोनाल्ट ट्रम्पजस्ता व्याक्तिको त्यहाँ उदय भइरहेको छ। अर्को राज्य केन्द्रित समाजवादको जुन मोडल छ, तिनीहरु पनि सकंटमा छन्। त्यसकारण त्योभन्दा उन्नत प्रकारको विकल्प खोजिभइरहेको छ। हामीले त्यही विकल्प दिन खोजिरहेका छौं।

तपाईंहरुले परिकल्पना गरेको वैकल्पिक शक्तिलाई जनताले विश्वास गर्न सकेनन् नि? 
शुरुमा त कसले पो विश्वास गर्छ र। हामी सत्तामा पुग्ने भन्दा पनि हाम्रा कुरा तथा एजेन्डा जनतामाझ लैजाने पक्षमा लागेका छौं। हामी हाम्रा कुरा लिएर जनता समक्ष पुग्नेछौं। उहाँहरु सत्तामा पुग्नुभएको छ। हामीलाई अहिले उहाँहरुसँग तुलना नगरौँ, तर केही समयपछि अवश्य उहाँहरुभन्दा माथि हुनेछौं। 

नयाँ शक्तिले स्थापना भएदेखि नै राजनीतिक रुपमा आफूलाई जनतासँग जोड्नेगरी कुनै 'मुभमेन्ट' ल्याउन सकेन भन्ने लाग्छ कि लाग्दैन? अब आम जनतामा विश्वास जगाउनेगरी कस्ता कार्यक्रम ल्याउनुहुन्छ?
हामीले जनतासँग देखिने गरी काम गर्न शुरु गरिसकेका छौं। हामी बल्ल २ वर्षको शिशु अवस्थामा नै छौं। २ वर्षमा कहाँ त्यो फरक हेर्न पाइन्छ र, जबकि पुराना पार्टीहरुको ह्याङ अझै छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामीले विश्वलाई नयाँ सन्देश दिन खोजेका छौं। वुद्धको जन्मस्थल लुम्बिनीमा प्रण गरिसकेका छौं- नयाँ युगका लागि परिवर्तनशील शक्तिको आवश्यक छ र हामी त्यो शक्तिका रुपमा परिणत हुनेछौं। यसमा हामी सबैले संकल्प गरेका छौं। नेपाली जनताको सुख, समृद्धि र खुसीबाहेक हाम्रो अर्को कुनै राजनीतिक स्वार्थ छैन। राजनीति हाम्रा लागि मानवताको सेवा गर्ने माध्यम हो, पेशा-व्यवसाय होइन। सत्ता, शक्ति, पैसा, पद र व्यक्तिगत प्रतिष्ठाको छुद्र स्वार्थपूर्तिको माध्यम राजनीतिलाई कहिल्यै बनाउने छैनौं। अर्को कुरा, नयाँ शक्ति पार्टीका स्थापनाकालीन उद्देश्यहरु हामी कहिल्यै भुल्ने छैनौं। स्वाधिन, समावेशी, सुशासित, समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने लक्ष्य नै हाम्रो राजनीतिक जीवनको मुख्य लक्ष्य हुनेछ।

संक्रमणकालमा राजनीतिक गतिविधि गर्न र पार्टी निर्माण गर्न जति सहज हुने गरेको देखिन्छ राजनीतिले स्थायित्व पाइरहेका बेला त्यो सम्भावना कम हुँदै जाला, अब नयाँ शक्तिलाई कसरी अगाडि बढाउने योजना छ?
मुलुकमा स्थायित्व आएकै छैन। दलहरुले माथिमाथि एकता गर्यौंभ भने पनि खास रुपमा मन मिल्न सकिरहेका छैनन्। त्यो त तपाईं हामी सबैले देखिरहेका छौं। बुझिरहेका छौं। अर्कोतर्फ हामीले धमिलो पानीमा माछा मार्न खाजेका छैनौं। हामीले जनतालाई साथमा लिएर जनताका लागि काम गर्ने हो। त्यस कारण, हामीलाई संगठन बिस्तार तथा पार्टीलाई बलियो बनाउन खासै समस्या पर्दैन। 

शान्ति प्रक्रियापछि सरकारमा जाँदा तपाईंमा जुन उत्साह थियो, त्यो अहिले आएर निराशामा परिणत भएजस्तो देखिन्छ नि? 
नेपालमा लोकतान्त्रिक आन्दोलन र क्रान्ति ०७ सालदेखि नै निरन्तर चलिरहेको थियो। समय-समयमा युद्ध भइरहेका हुन्। नेपालमा राजनीतिक जटिलता संरचनाको कारणले गर्दा भएका हुन्। त्यसले गर्दा नेपालको राजनीति पूर्णतामा पुग्न सकेन। नेपालमा क्रान्तिहरु त भइररहे तर भएका क्रान्तिले पूर्णता पाउन सकेनन्। 

त्यसपछि शान्ति सम्झैता मार्फत लोकतान्त्रिक गणतन्त्रको चरणमा टिकेर काम गर्ने याजना बनायौं। हामीले क्रान्ति गर्यौंो। यदि त्यो क्रान्ति नगरेको भए देश झन् जटिलतामा फस्ने निश्चित थियो। 

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र जारी गर्न दृढतापूर्वक लागेको पनि मै हो। त्यसबाट अगाडि जाँदा भिन्न ढंगले जानुपर्छ भन्ने कुरा बुझाउन सकिएन। क्रान्तिको नियम के हुन्छ भने, समन्वय भएको भोलि पल्ट नै अधिकांश पुरानै सत्तामा सहकरण भएर जान्छन्। पहिला कांग्रेस, त्यसपछि एमाले र अहिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पनि पुरानै सत्तामा सहकरण भएको छ। मैले नयाँ परिवर्तनको बाटो र समृद्ध समाजवादको बाटोको खोजी गरेको हो, निराश भएको होइन। 

यो ५ वर्षमा जनमत तपाईंहरुको पक्षमा आउला त?
अब हामीले 'मिसन ५ वर्ष, भिजन ५ स' भनेर पारित र प्रण गरेका छौं। '५ स'लाई आधार मानेर ५ वर्षमा विभिन्न कार्यहरु गर्नेछौं। हामी यो प्रण गर्न २५ सय वर्षअघि बुद्धले चेतना प्राप्त गरेको स्थानमा पुगेका थियौं। अब हामीले अँध्यारोबाट उज्यालो तर्फको बाटोमा यात्रा तय गरेका छौं। हाम्रा भित्री कमजोरी हटाउन आवश्यक छ। ५ वर्षमा परिवर्तनकारी रुपान्तरणको पहल गर्छौं। 

हामीले जनताको बीचमा गएर फरक देखाउन जरुरी छ। पुरानो राजनीतिमा फोहोरपन मिसिएको छ भन्ने कुरा पनि देखाउनु आवश्यक छ। हामीले मुलुकमा लोकतन्त्रमा आधारित समुन्नत समाजवादको विशाल शृंखला निमार्ण गरेका छौं। त्यसमा जनतालाई बुझाउन सक्यौं भने हामी सफल हुन्छौं।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्