जनकपुर- महोत्तरीको मटिहानी नगरपालिका-८ मा छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार मटिहानी नगरपालिका-८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु भएको हो।
उनको मृत्यु उनकै छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।
गए राति दुवै बाबुछोराबीच झैझगडा हुँदा छोराले कुटपिट गर्दै धक्का दिएर भुइँमा लडाएपछि उनको मृत्यु भएको थियो।
शव परीक्षणको प्रतिवेदनपछि मात्रै घटनाका बारेमा स्पष्ट भन्न सकिने प्रनाउ बुढाथोकीले बताए।
प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको छ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।