• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

संस्मरणः ओहो! झन्झटिलो त्यो भूटान यात्रा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  १२:४२
1140x725

सन् २००८। पहिलो अन्तराष्ट्रिय उडान। केही डरका साथमा उत्साह।

खासमा जान पर्ने भुटान तर टिकट नपाएकाले पहिला बनारस,  अनि दिल्ली अनि अर्को दिन मात्र भूटानको यात्रा तय भयो।

नेपालमा प्लेन चढे पनि अन्तराष्ट्रिय विमान चढेको अनुभव थिएन। लामै बसाई भएकोले तयारी जोडतोडले चलिराथ्यो। के-के गर्दागर्दै जाने दिन पनि मुखैमा आएको थियो। 

जाने दिन निकै हतारोमा थिएँ। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको इन्डियन एयरलाइन्सको डेस्कमा हस्याँगफस्याँग गर्दै पुगेँ। एक भारी सामान बिसाँए- क्यामेरा, ट्राइपोड, टिभी र रेडियोको लाइभ गर्ने सामग्री अनि दुरदराजमा इन्टरनेट चलेन भने इन्टरनेटका लागि प्रयोग गरिने भाँडा ‘बिगेन’। सुटकेस, हाते झोला अनि अरु खत्र्याकखुत्रुक सामान थिए।

टिकट र पासपोर्ट काउन्टरमा बुझाँए। काउन्टरमा रहेकी कर्मचारीले ‘हामी तपाईलाई बोर्डिङ पास दिन सक्दैनौँ भनिन्।' कारण टिकटमा भएको मेरो नाम र पासपोर्टको नाम मेल खाएन। म झसङ्ग भएँ।

टिकटमा ईश्वर गुप्ता रौनियार र पासपोर्टमा ईश्वर गुप्ता भएको रहेछ। मैले ख्यालै गरिनँछु। अझ भनौं मैले वास्तै गरिनँ किनकि नेपालका प्लेनमा उड्दा कहिले पनि पासपोर्ट प्रयोग गरेकै थिएन। कहिल्यै समस्या भएन।

अब पर्यो बित्यास। म बिबिसीको पत्रकार हुँ। भूटानका नयाँ राजाको राज्यारोहण गर्न लागेकाले जान लागेको भन्दै ‘रिक्वेस्ट’ गर्न थालेँ।

ती कर्मचारीले हाकिमलाई भेट्न सुझाइन्। म गएर भेटें। उनले पनि मानेनन्। अझ केके भन्न थाले भने। अहिले मैले दिए पनि तपाईं मिडियावालाले नै नाम फरक हुँदा पनि यात्रा गर्न दिने कस्तो एयरलाइन्स भनेर समाचार बनाउनुहुन्छ। अब के गर्ने त? अन्यौलमा परेँ। दिल्लीस्थित बिबिसी ब्युरोलाई नाम परिवर्तन गरिदिन भनेँ तर तत्काललाई सम्भव भएन।

Ncell 2
Ncell 2
nimb
nimb

फेरि ती कर्मचारीलाई भेटें। ती भारतीय कर्मचारी लगभग मानिसकेका थिए। तर अर्का एक नेपालीले थर्काए, 'बसको टिकट काटेर सुनौली जान लागेको हो र भाइ? बुझ्न पर्दैन कुरा। यो हुँदै हुँदैन।'

अबको विकल्प भनेको अर्को नयाँ टिकट किन्ने र यात्रा गर्ने नै थियो। पैसा हेरेको झन्डै १२,००० जति रहेछ। त्यसमा एउटा ५ सय रुपयाँको  भारतीय नोट। त्यतिबेला ५०० र हजारको भारतीय नोट नेपालमा चल्न दिइएको थिएन।

मसँग भएको सबै पैसा काउन्टरमा बुझाएँ। तर अझै पुगेन। काउन्टरको कर्मचारीले ५०० को नोट लुकाउन लगाए। पुलिसले समात्छ भनेर। हतारहतार पर्सको भित्रपट्टिको कुनामा नदेखिने गरी राखे।

सबै पैसा बुझाउदा पनि टिकट र एक्स्ट्रा लगेजको पैसा पुगेन। मेरो दयनीय अवस्था देखेर होला। एयरलाइन्सका कर्मचारीले मलाई जान दिए। अलिअलि लगेज फ्रीमै पठाइदिए।

Xtrem

Xtrem

यात्रा सुरु भयो। भित्र गएसी के के फारम भर्न पर्ने रहेछ। भर्दै अघि बढेँ।

पिलेनसम्म पुगियो। खुट्टा जुत्ता ज्यान सबै चेक हुदो रहेछ। विमानको सिढी चढेपछि पनि। सबै चेक जाँच गराएर भित्र छिरेको। कहिले अन्तराष्ट्रिय विमान नचढेकाले मलाई ‘बिजनेस क्लास अगाडि र पछाडि इकोनोमी क्लास’ हुन्छ भन्ने नै भेउ पाइनँ। म त अगाडि नै सिट नम्बर नहेरी बसेछु। विमान परिचारिकालाई मलाई देख्दै यो बिजनेस क्लासमा के हिड्ला र जस्तो लाग्यो होला क्यारे, आएर मेरो बोर्डिङ पास हेरम त भनेर भनिन्। मैले देखाएँ। यो तपाईंको सिट होइन पछाडि जानुस् भने। अनि म फेरि झोलाकुम्टा बोकेर पछाडि आफ्नै सिट तिर लागेँ।

सबै यात्रुले भरियो। विमान परिचारिकाले सिट बेल्ट प्रयोग गर्ने तरिका आदि इत्यादि भनिरहिन्। आफूलाई खासै ध्याउन्न भएन। झन्डै झन्डै एयरपोर्टबाटै फर्किन परेको कुराले मन अलि चिसो भयो। फर्किन परेको भए झुरै हुन्थ्यो।

तर अर्को चिन्ता थपियो। अब खल्तीमा एक सुक्को छैन। बनारसबाट दिल्ली चाँहि कसरी उड्ने? त्यताको टिकटमा पनि त्यही नाम थियो। ईश्वर गुप्ता रौनियार। तर पासपोर्टमा इश्वर गुप्ता।

केही न केही जुगाड लाग्ला भन्ने चाँहि मनमा थियो। प्लेनमा एक जना भारतीय मित्र भए। उनले मैले एयरलाइन्सको काउन्टरमा भएको मेरो परेशानी सुनेका रहेछन्। उनलाई मैले सबै सुनाउनै परेन। उनले एउटा कुरा सुझाए। बनारस एयरपोर्टमा सकेसम्म हिन्दी तथा अँग्रेजीमा बोल्ने। अनि पासपोर्ट नदेखाउने आफूसँग भएको ईश्वर रौनियारको कार्ड देखाउने अनि यतैतिरको लोकल जस्तो गर्ने। मसँग बिबिसीको ईश्वर रौनियारको कार्ड थियो। तरिका राम्रै लाग्यो। त्यसमाथी अनुहारले साथ दिएकै थियो। तर काम गर्ला कि नगर्ला, अलिअलि धुकचुक भने थियो।

प्लेन उड्यो। यसोउसो गर्दागर्दै बनारस पुगियो। सबै जना उत्रियौं। पर्दैनभन्दा भन्दै पनि एक भारतीय लोडरले मेरो सामान लोड गरी काउन्टरनेर लगिदियो। मसँग एक्स्ट्रा लगेजको पैसा त पर जाओस् उसलाई दिने पैसा पनि थिएन। मैले मेरो समस्याबारे बेलिविस्तार लगाए। साह्रै मनकारी रहेछ। हुन्छ केही छैन भन्यो। एयरलाइन्सको त्यहाँको प्रमुख साह्रै राम्रो मान्छे छ। उसलाई भेटेँ। लगेजको समस्या पनि समाधान हुने सल्लाह दियो। र उसैले मलाई त्यहाँसम्म लिएर गयो। मेरो नेपालदेखिको बनारससम्मको यात्रा बेलिविस्तार लगाएँ। तर पासपोर्टको प्रसँग उल्लेख गरिनँ। खाली केही प्राविधिक कारणले मैले फेरि टिकट काट्न पर्यो र आफू सँग रु ५०० को भारतीय नोटबाहेक केही नभएको। आफू बीबीसीमा काम गर्दै गरेको। र दिल्ली हुँदै भूटान जान लागेको कुरा बताएँ। साच्चिकै मनकारी रहेछ। बिबिसीको नाम पनि राम्रै बिक्दो रहेछ भन्ने पनि लाग्यो। उसले काउन्टरमा फोन गर्दियो। ५००को नोट लिनु र बाँकी मिलाइदिनु भनेर। उसैको फोनबाट मैले दिल्लीस्थित बिबिसीको कार्यालयमा रहेका मेरा हाकिम ‘चाल्स ह्याभिल्यान्ड’लाई फोन लगाँए। र मलाई लिन दिल्ली एयरपोर्टमा आउन भनेर आग्रह गरें।

बनारसबाट भने मेरो स्पाइस जेट नामको विमानको टिकट थियो। म काउन्टरमा गएँ। टिकटसँग मेरो बिबिसीको कार्ड तेर्‍याएँ। मनमा भने धुकचुक लागिरह्यो। फ्याट्ट सँगले पासपोर्ट अथवा अन्य सरकारी आइडी मागिहाल्यो भने के गर्ने होला। अलि नर्भस थिएँ। तर त्यो लुकाउन मैले फ्लाइट टाइमै छ हैन? तपाई बनारसको लोकल हो? भन्ने आदि सवालहरू गरिरहेँ। उसलाई लगेजको पहिल्यै फोन आएकोले पनि होला उसले धेरै बेर केही हेरेन। मेरो हातमा बोर्डिङ पास थमाइदियो। लामो साँस फेरे र अब चाँहि उड्ने पक्का भयो भनेर ढुक्क भएँ।

मैले हातमा अलि बढी नै सामान बोकेकाले धेरैजसो यात्रुको नजरमा म परिरहेकै थिएँ। साथमा बिबिसीको १९ इन्चको ठूलो र मोटो ल्यापटप, क्यामेरा, अनि सेटलाइट भाँडो ‘बिगेन’, ल्यापटप थिए। अलि बढी नै थियो सामान। जब म सुरक्षा जाँचमा गएँ। मलाई ल्यापटप निकाल्ने मात्रै हैन यो बिगेन भन्ने कसरी चल्छ भनेर देखाउन लगाए त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले। सबैको अगाडि ल्यापटप अनि बिगेन निकालेको त, मेरो पछाडी भएका यात्रुहरुले बिबिसीको ल्यापटपको साईज देखेर बिबिसी अहिले पनि कुन जमानामा छ? यत्रो ल्यापटप बोक्दोरैछ भनेर खिल्ली उडाए। मैले सुरक्षा जाँच सकेपछि पिलेन तिर लागेँ। पहिलो यात्रा रोमाञ्चक नै चलिरहेको थियो।

मलाई स्पाइस जेट विमानमा खाना सित्तैमा दिने रहेनछ भन्ने थाहा थिएन। भोकले यसै मुर्मुरिएको थिएँ। झन्डै चार बजेको थियो होला म बनारसबाट दिल्लीका लागि उड्दा। कम्तीमा विमान भित्र पसेपछि खाना खान पाइएला र भोक मेटिएला भन्नेमा म ढुक्क थिएँ। तर जब विमान परिचारिकाले ‘एनाउन्स’ गरिन्, यसै सुकेको मेरो ओठ झन् सुकेर आयो। त्यो सूचना सुनेरै भोक झन् बढेर आयो भने। प्यास लागेर आयो। एक मनले पानी त सित्तैमा दिन्छ होला भन्ने पनि भन्थ्यो। तर अर्को मनले पैसा मागिहाल्यो भने के गर्ने? एक सुक्को पनि थिएन हातमा। न त खल्तीमै थियो। अरु केही विकल्प थिएन। सबैलाई खाना के काने भन्दै सोध्दै आयो। त्यो देखेर मैले चाँही सुते जस्तो अभिनय गरें। आफूसँगै बसेकोले फेरि बर्गर कि के मगायो। मगमग बास्ना आउन थाल्यो। तपाई अनुमान पनि लगाउन सक्नुहुन्न मलाई कति गाह्रो भयो होला भनेर। घरिघरि मागुम् कि क्या हो भन्ने पनि लाग्यो। कि खोसेरै खाईदिम्। फेरि के भन्ने हुन् भन्ने मै सोच्दासोच्दै उसले खाइभ्यायो। त्यतिबेला मलाई खास भोकको अर्थ बुझेँ। र आफूले खाना खाँदा खाना फालेका सम्झना आयो। खसीको मासु र भात सम्झिएँ। केके सम्झिएँ, सम्झिएँ।

सम्झँदासम्झँदै दिल्ली त पुगियो। तर प्लेन ट्राफिकको कारणले रहेछ झन्डै एक घन्टा होल्ड भयो। कुन्ताको भोक लागेको झन् आकासमै हल्लिँदै बसियो। फेरी अर्को चिन्ताले सताउन थाल्यो। मलाई लिन आउने मान्छे ढिला भयो भनेर फर्केर गयो भने त म कसरी पुग्नु। न त ट्याक्सी चढ्ने पैसा न त गाडीमै जाने। न त मैले ठाऊँ, नै देखेको। मनभित्र यावत् कुराहरु खेलिरह्यो। आफैलाई सम्झाएँ। यत्रो सामान छ। कतै ल्यापटप जाकटी राखेर पनि खान बस्न त सकिएला नि। अफिसकै नराखे पनि आफूसँग पनि त थियो। अनि पनि भएन भने आफैसँग बोकेको इन्टरनेटको भाँडो ‘बिगेन’ कनेक्ट गरेर भए पनि सम्पर्क त कसो नगरिएला। मान्छेलाई समस्या पर्दा केसम्म सोच्न सकिने रैछ भन्ने आफैले भोगेँ।

नभन्दै प्लेन ल्यान्ड गर्यो। र सबै जना हतार हतार बाहिर निस्किएँ। रात परिसकेको थियो। बेलुकाको साढे ६ बजेको थियो होला क्यारे। म हतार हतार बाहिर निस्किदै थिएँ। पासपोर्ट जाँच गराउने लाइनमा एक दुई जनाले नेपाली बोलेको सुनेँ। र उनीहरुसँग गएर फोन भए/नभएको सोधें। एकजना नेपालीले फोन दिनुभयो। र वहाँकै फोनबाट मलाई लिन आउने मान्छेलाई फोन लगाँए। धन्न वहाँ बाहिरै कुरिरहनुभएको रहेछ। र म बाहिर निस्केपछि वहाँलाई भेटे। देउतै भेटे जस्तो फिल भयो। कसरी कसरी दिल्ली आईपुगेँ त्यो पनि पैसै बिना। भोकै प्यासै सबै बेलिविस्तार लगाएँ। पछि हामी एयरपोर्टबाट बिबिसीको कार्यालय जाँदाजाँदै बाटोमै एउटा रेस्टुरेन्ट छिर्यौं र मैले मज्जाले बजाएँ खाना। लाग्दैथ्यो म महिनौंदिनको भोको, प्यासी। पेट शान्त भएपछि। मन मस्तिष्क सबै शान्त भयो। अनि हामी लाग्यौं बिबिसीको कार्यालयतिर।

पहिलो अन्तराष्ट्रिय विमान यात्राको दु:ख त्यतिमै सिमित भएन। 

अर्को दिन म र मेरो साथी अर्थात् हाकीम चाल्स ड्याभिल्यान्ड भूटान जानु थियो। बिहानी दिल्ली सामान्य घुमेर एयरपोर्ट तिर लाग्यौं। म सार्कको लाइनमा लागेको थिएँ। अध्यागमनका कर्मचारी म तिर हेरेर ‘ए तुम्हार लाइन नही है, ईधर आओ (यो तिम्रो लाईन होइन, यता आऊ) भनेर भारतीयको लाइनमा बस्न सुझाए। मेरो छालाको कमाल। मैले म नेपाली हुँ भारतीय होइन भनेँ र त्यतै बसेँ। पासपोर्ट देखाउने पालो आयो। अनि सुरु भयो केरकार। पहिलो पल्ट विदेश उड्न लाको त्यो पनि भूटान। 

त्यसमाथि भिसा त्यतै झरेपछि लिने कुरा थियो। नयाँ राजाको राज्यरोहणको समाचार संकलनका लागि जान लागेकाले उता चाहिने सबै चिट्ठीहरु मैले साथमै राखेको थिएँ। नेपालीलाई भूटान किन जान पर्‍यो? भिसा खोइ? भन्ने प्रश्न सुरु भयो। त्यसपछि बिबिसीको कार्ड माग्यो। बिबिसीको नाम र पासपोर्टको नाम फेरि मिलेन। अनि त झन् कडाकडा प्रश्न मात्रै आएन उसको सहकर्मी तिर हेरेर, यो मान्छे हेर्दा त पाकिस्तानी जस्तो छ। पासपोर्ट छ नेपाली अनि भूटान जाँदैछ भनेर ‘ह्यारेस’ गरिरह्यो। कतै आतंकवादी त हैन। जस्ता नानाथरी कुरा गरिरह्यो। धन्न टिकटमा भएको र पासपोर्टमा भएको नाम एकै थियो। अहिले जस्तो अवस्था भएको भए पनि केही बोलिन्थियो होला। त्यतिबेला के बोल्ने बोल्ने भयो। त्यसमाथि टुटेफुटेको हिन्दीले के नै पो बुझाउन सक्थेँ होला र। अनि एकछिन है भन्दै पासपोर्ट लिएर कता गयो गयो।

मैले नेपालमै धेरैले दिल्ली एयरपोर्टमा नेपालीलाई दुख दिन्छ भनेर सुनेको थिएँ, त्यतिबेला भोग्न पनि पाएँ।

झन्डै आधा घन्टा कुर्दासम्म पासपोर्ट लिएर जाने मान्छे फर्केर आएन। म कुरिरहेँ। गर्न नै अरु के सक्थेँ र। म धेरै बेर नआएकोले मेरो हाकिम फर्किएर फेरि पासपोर्ट चेकजाँच गर्ने ठाउँमै आइपुग्यो। मतिर हेर्दै के भयो भनेर प्रश्न गर्यो। ऊ आएको देखेर होला सायद। त्यो मान्छे कताबाट टुपलुक्क आइपुग्यो। र मेरो पासपोर्ट दियो र भित्र जान भन्यो। 

झन्डै ४० मिनट एयरपोर्टको पासपोर्ट चेकजाँच क्षेत्रमा बिताएको वर्षौं बितेजस्तो भयो। अब के गर्ने हो के गर्ने हो अर्काको देश भन्दै अनुमान लाउँदै बित्यो। अहिले सम्झिदै रिस उठेर आऊँछ। त्यसपछिका यात्राहरुमा म सकेसम्म दिल्ली ट्रान्जिट त पार्दिनँ नै। नाममा पनि विशेष चनाखो भएर टिकट काट्छु। अहिले पनि मैले पत्रकारितामा ईश्वर रौनियार नै प्रयोग गर्छु भने पासपोर्टमा ईश्वर गुप्ता नै छ। तर अहिले एउटा सिफारिस पनि साथमा बोकेर हिड्ने गरेको छु, त्यो हो, 'ईश्वर रौनियार र ईश्वर गुप्ता नाम गरेका व्यक्ति एकै हुन्' भनेर।

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्