• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

संस्मरणः ओहो! झन्झटिलो त्यो भूटान यात्रा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २५, २०७६  १२:४२
1140x725

सन् २००८। पहिलो अन्तराष्ट्रिय उडान। केही डरका साथमा उत्साह।

खासमा जान पर्ने भुटान तर टिकट नपाएकाले पहिला बनारस,  अनि दिल्ली अनि अर्को दिन मात्र भूटानको यात्रा तय भयो।

नेपालमा प्लेन चढे पनि अन्तराष्ट्रिय विमान चढेको अनुभव थिएन। लामै बसाई भएकोले तयारी जोडतोडले चलिराथ्यो। के-के गर्दागर्दै जाने दिन पनि मुखैमा आएको थियो। 

जाने दिन निकै हतारोमा थिएँ। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको इन्डियन एयरलाइन्सको डेस्कमा हस्याँगफस्याँग गर्दै पुगेँ। एक भारी सामान बिसाँए- क्यामेरा, ट्राइपोड, टिभी र रेडियोको लाइभ गर्ने सामग्री अनि दुरदराजमा इन्टरनेट चलेन भने इन्टरनेटका लागि प्रयोग गरिने भाँडा ‘बिगेन’। सुटकेस, हाते झोला अनि अरु खत्र्याकखुत्रुक सामान थिए।

टिकट र पासपोर्ट काउन्टरमा बुझाँए। काउन्टरमा रहेकी कर्मचारीले ‘हामी तपाईलाई बोर्डिङ पास दिन सक्दैनौँ भनिन्।' कारण टिकटमा भएको मेरो नाम र पासपोर्टको नाम मेल खाएन। म झसङ्ग भएँ।

टिकटमा ईश्वर गुप्ता रौनियार र पासपोर्टमा ईश्वर गुप्ता भएको रहेछ। मैले ख्यालै गरिनँछु। अझ भनौं मैले वास्तै गरिनँ किनकि नेपालका प्लेनमा उड्दा कहिले पनि पासपोर्ट प्रयोग गरेकै थिएन। कहिल्यै समस्या भएन।

अब पर्यो बित्यास। म बिबिसीको पत्रकार हुँ। भूटानका नयाँ राजाको राज्यारोहण गर्न लागेकाले जान लागेको भन्दै ‘रिक्वेस्ट’ गर्न थालेँ।

ती कर्मचारीले हाकिमलाई भेट्न सुझाइन्। म गएर भेटें। उनले पनि मानेनन्। अझ केके भन्न थाले भने। अहिले मैले दिए पनि तपाईं मिडियावालाले नै नाम फरक हुँदा पनि यात्रा गर्न दिने कस्तो एयरलाइन्स भनेर समाचार बनाउनुहुन्छ। अब के गर्ने त? अन्यौलमा परेँ। दिल्लीस्थित बिबिसी ब्युरोलाई नाम परिवर्तन गरिदिन भनेँ तर तत्काललाई सम्भव भएन।

nimb
nimb
Ncell 2
Ncell 2

फेरि ती कर्मचारीलाई भेटें। ती भारतीय कर्मचारी लगभग मानिसकेका थिए। तर अर्का एक नेपालीले थर्काए, 'बसको टिकट काटेर सुनौली जान लागेको हो र भाइ? बुझ्न पर्दैन कुरा। यो हुँदै हुँदैन।'

अबको विकल्प भनेको अर्को नयाँ टिकट किन्ने र यात्रा गर्ने नै थियो। पैसा हेरेको झन्डै १२,००० जति रहेछ। त्यसमा एउटा ५ सय रुपयाँको  भारतीय नोट। त्यतिबेला ५०० र हजारको भारतीय नोट नेपालमा चल्न दिइएको थिएन।

मसँग भएको सबै पैसा काउन्टरमा बुझाएँ। तर अझै पुगेन। काउन्टरको कर्मचारीले ५०० को नोट लुकाउन लगाए। पुलिसले समात्छ भनेर। हतारहतार पर्सको भित्रपट्टिको कुनामा नदेखिने गरी राखे।

सबै पैसा बुझाउदा पनि टिकट र एक्स्ट्रा लगेजको पैसा पुगेन। मेरो दयनीय अवस्था देखेर होला। एयरलाइन्सका कर्मचारीले मलाई जान दिए। अलिअलि लगेज फ्रीमै पठाइदिए।

यात्रा सुरु भयो। भित्र गएसी के के फारम भर्न पर्ने रहेछ। भर्दै अघि बढेँ।

पिलेनसम्म पुगियो। खुट्टा जुत्ता ज्यान सबै चेक हुदो रहेछ। विमानको सिढी चढेपछि पनि। सबै चेक जाँच गराएर भित्र छिरेको। कहिले अन्तराष्ट्रिय विमान नचढेकाले मलाई ‘बिजनेस क्लास अगाडि र पछाडि इकोनोमी क्लास’ हुन्छ भन्ने नै भेउ पाइनँ। म त अगाडि नै सिट नम्बर नहेरी बसेछु। विमान परिचारिकालाई मलाई देख्दै यो बिजनेस क्लासमा के हिड्ला र जस्तो लाग्यो होला क्यारे, आएर मेरो बोर्डिङ पास हेरम त भनेर भनिन्। मैले देखाएँ। यो तपाईंको सिट होइन पछाडि जानुस् भने। अनि म फेरि झोलाकुम्टा बोकेर पछाडि आफ्नै सिट तिर लागेँ।

सबै यात्रुले भरियो। विमान परिचारिकाले सिट बेल्ट प्रयोग गर्ने तरिका आदि इत्यादि भनिरहिन्। आफूलाई खासै ध्याउन्न भएन। झन्डै झन्डै एयरपोर्टबाटै फर्किन परेको कुराले मन अलि चिसो भयो। फर्किन परेको भए झुरै हुन्थ्यो।

तर अर्को चिन्ता थपियो। अब खल्तीमा एक सुक्को छैन। बनारसबाट दिल्ली चाँहि कसरी उड्ने? त्यताको टिकटमा पनि त्यही नाम थियो। ईश्वर गुप्ता रौनियार। तर पासपोर्टमा इश्वर गुप्ता।

केही न केही जुगाड लाग्ला भन्ने चाँहि मनमा थियो। प्लेनमा एक जना भारतीय मित्र भए। उनले मैले एयरलाइन्सको काउन्टरमा भएको मेरो परेशानी सुनेका रहेछन्। उनलाई मैले सबै सुनाउनै परेन। उनले एउटा कुरा सुझाए। बनारस एयरपोर्टमा सकेसम्म हिन्दी तथा अँग्रेजीमा बोल्ने। अनि पासपोर्ट नदेखाउने आफूसँग भएको ईश्वर रौनियारको कार्ड देखाउने अनि यतैतिरको लोकल जस्तो गर्ने। मसँग बिबिसीको ईश्वर रौनियारको कार्ड थियो। तरिका राम्रै लाग्यो। त्यसमाथी अनुहारले साथ दिएकै थियो। तर काम गर्ला कि नगर्ला, अलिअलि धुकचुक भने थियो।

प्लेन उड्यो। यसोउसो गर्दागर्दै बनारस पुगियो। सबै जना उत्रियौं। पर्दैनभन्दा भन्दै पनि एक भारतीय लोडरले मेरो सामान लोड गरी काउन्टरनेर लगिदियो। मसँग एक्स्ट्रा लगेजको पैसा त पर जाओस् उसलाई दिने पैसा पनि थिएन। मैले मेरो समस्याबारे बेलिविस्तार लगाए। साह्रै मनकारी रहेछ। हुन्छ केही छैन भन्यो। एयरलाइन्सको त्यहाँको प्रमुख साह्रै राम्रो मान्छे छ। उसलाई भेटेँ। लगेजको समस्या पनि समाधान हुने सल्लाह दियो। र उसैले मलाई त्यहाँसम्म लिएर गयो। मेरो नेपालदेखिको बनारससम्मको यात्रा बेलिविस्तार लगाएँ। तर पासपोर्टको प्रसँग उल्लेख गरिनँ। खाली केही प्राविधिक कारणले मैले फेरि टिकट काट्न पर्यो र आफू सँग रु ५०० को भारतीय नोटबाहेक केही नभएको। आफू बीबीसीमा काम गर्दै गरेको। र दिल्ली हुँदै भूटान जान लागेको कुरा बताएँ। साच्चिकै मनकारी रहेछ। बिबिसीको नाम पनि राम्रै बिक्दो रहेछ भन्ने पनि लाग्यो। उसले काउन्टरमा फोन गर्दियो। ५००को नोट लिनु र बाँकी मिलाइदिनु भनेर। उसैको फोनबाट मैले दिल्लीस्थित बिबिसीको कार्यालयमा रहेका मेरा हाकिम ‘चाल्स ह्याभिल्यान्ड’लाई फोन लगाँए। र मलाई लिन दिल्ली एयरपोर्टमा आउन भनेर आग्रह गरें।

बनारसबाट भने मेरो स्पाइस जेट नामको विमानको टिकट थियो। म काउन्टरमा गएँ। टिकटसँग मेरो बिबिसीको कार्ड तेर्‍याएँ। मनमा भने धुकचुक लागिरह्यो। फ्याट्ट सँगले पासपोर्ट अथवा अन्य सरकारी आइडी मागिहाल्यो भने के गर्ने होला। अलि नर्भस थिएँ। तर त्यो लुकाउन मैले फ्लाइट टाइमै छ हैन? तपाई बनारसको लोकल हो? भन्ने आदि सवालहरू गरिरहेँ। उसलाई लगेजको पहिल्यै फोन आएकोले पनि होला उसले धेरै बेर केही हेरेन। मेरो हातमा बोर्डिङ पास थमाइदियो। लामो साँस फेरे र अब चाँहि उड्ने पक्का भयो भनेर ढुक्क भएँ।

मैले हातमा अलि बढी नै सामान बोकेकाले धेरैजसो यात्रुको नजरमा म परिरहेकै थिएँ। साथमा बिबिसीको १९ इन्चको ठूलो र मोटो ल्यापटप, क्यामेरा, अनि सेटलाइट भाँडो ‘बिगेन’, ल्यापटप थिए। अलि बढी नै थियो सामान। जब म सुरक्षा जाँचमा गएँ। मलाई ल्यापटप निकाल्ने मात्रै हैन यो बिगेन भन्ने कसरी चल्छ भनेर देखाउन लगाए त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले। सबैको अगाडि ल्यापटप अनि बिगेन निकालेको त, मेरो पछाडी भएका यात्रुहरुले बिबिसीको ल्यापटपको साईज देखेर बिबिसी अहिले पनि कुन जमानामा छ? यत्रो ल्यापटप बोक्दोरैछ भनेर खिल्ली उडाए। मैले सुरक्षा जाँच सकेपछि पिलेन तिर लागेँ। पहिलो यात्रा रोमाञ्चक नै चलिरहेको थियो।

मलाई स्पाइस जेट विमानमा खाना सित्तैमा दिने रहेनछ भन्ने थाहा थिएन। भोकले यसै मुर्मुरिएको थिएँ। झन्डै चार बजेको थियो होला म बनारसबाट दिल्लीका लागि उड्दा। कम्तीमा विमान भित्र पसेपछि खाना खान पाइएला र भोक मेटिएला भन्नेमा म ढुक्क थिएँ। तर जब विमान परिचारिकाले ‘एनाउन्स’ गरिन्, यसै सुकेको मेरो ओठ झन् सुकेर आयो। त्यो सूचना सुनेरै भोक झन् बढेर आयो भने। प्यास लागेर आयो। एक मनले पानी त सित्तैमा दिन्छ होला भन्ने पनि भन्थ्यो। तर अर्को मनले पैसा मागिहाल्यो भने के गर्ने? एक सुक्को पनि थिएन हातमा। न त खल्तीमै थियो। अरु केही विकल्प थिएन। सबैलाई खाना के काने भन्दै सोध्दै आयो। त्यो देखेर मैले चाँही सुते जस्तो अभिनय गरें। आफूसँगै बसेकोले फेरि बर्गर कि के मगायो। मगमग बास्ना आउन थाल्यो। तपाई अनुमान पनि लगाउन सक्नुहुन्न मलाई कति गाह्रो भयो होला भनेर। घरिघरि मागुम् कि क्या हो भन्ने पनि लाग्यो। कि खोसेरै खाईदिम्। फेरि के भन्ने हुन् भन्ने मै सोच्दासोच्दै उसले खाइभ्यायो। त्यतिबेला मलाई खास भोकको अर्थ बुझेँ। र आफूले खाना खाँदा खाना फालेका सम्झना आयो। खसीको मासु र भात सम्झिएँ। केके सम्झिएँ, सम्झिएँ।

सम्झँदासम्झँदै दिल्ली त पुगियो। तर प्लेन ट्राफिकको कारणले रहेछ झन्डै एक घन्टा होल्ड भयो। कुन्ताको भोक लागेको झन् आकासमै हल्लिँदै बसियो। फेरी अर्को चिन्ताले सताउन थाल्यो। मलाई लिन आउने मान्छे ढिला भयो भनेर फर्केर गयो भने त म कसरी पुग्नु। न त ट्याक्सी चढ्ने पैसा न त गाडीमै जाने। न त मैले ठाऊँ, नै देखेको। मनभित्र यावत् कुराहरु खेलिरह्यो। आफैलाई सम्झाएँ। यत्रो सामान छ। कतै ल्यापटप जाकटी राखेर पनि खान बस्न त सकिएला नि। अफिसकै नराखे पनि आफूसँग पनि त थियो। अनि पनि भएन भने आफैसँग बोकेको इन्टरनेटको भाँडो ‘बिगेन’ कनेक्ट गरेर भए पनि सम्पर्क त कसो नगरिएला। मान्छेलाई समस्या पर्दा केसम्म सोच्न सकिने रैछ भन्ने आफैले भोगेँ।

नभन्दै प्लेन ल्यान्ड गर्यो। र सबै जना हतार हतार बाहिर निस्किएँ। रात परिसकेको थियो। बेलुकाको साढे ६ बजेको थियो होला क्यारे। म हतार हतार बाहिर निस्किदै थिएँ। पासपोर्ट जाँच गराउने लाइनमा एक दुई जनाले नेपाली बोलेको सुनेँ। र उनीहरुसँग गएर फोन भए/नभएको सोधें। एकजना नेपालीले फोन दिनुभयो। र वहाँकै फोनबाट मलाई लिन आउने मान्छेलाई फोन लगाँए। धन्न वहाँ बाहिरै कुरिरहनुभएको रहेछ। र म बाहिर निस्केपछि वहाँलाई भेटे। देउतै भेटे जस्तो फिल भयो। कसरी कसरी दिल्ली आईपुगेँ त्यो पनि पैसै बिना। भोकै प्यासै सबै बेलिविस्तार लगाएँ। पछि हामी एयरपोर्टबाट बिबिसीको कार्यालय जाँदाजाँदै बाटोमै एउटा रेस्टुरेन्ट छिर्यौं र मैले मज्जाले बजाएँ खाना। लाग्दैथ्यो म महिनौंदिनको भोको, प्यासी। पेट शान्त भएपछि। मन मस्तिष्क सबै शान्त भयो। अनि हामी लाग्यौं बिबिसीको कार्यालयतिर।

पहिलो अन्तराष्ट्रिय विमान यात्राको दु:ख त्यतिमै सिमित भएन। 

अर्को दिन म र मेरो साथी अर्थात् हाकीम चाल्स ड्याभिल्यान्ड भूटान जानु थियो। बिहानी दिल्ली सामान्य घुमेर एयरपोर्ट तिर लाग्यौं। म सार्कको लाइनमा लागेको थिएँ। अध्यागमनका कर्मचारी म तिर हेरेर ‘ए तुम्हार लाइन नही है, ईधर आओ (यो तिम्रो लाईन होइन, यता आऊ) भनेर भारतीयको लाइनमा बस्न सुझाए। मेरो छालाको कमाल। मैले म नेपाली हुँ भारतीय होइन भनेँ र त्यतै बसेँ। पासपोर्ट देखाउने पालो आयो। अनि सुरु भयो केरकार। पहिलो पल्ट विदेश उड्न लाको त्यो पनि भूटान। 

त्यसमाथि भिसा त्यतै झरेपछि लिने कुरा थियो। नयाँ राजाको राज्यरोहणको समाचार संकलनका लागि जान लागेकाले उता चाहिने सबै चिट्ठीहरु मैले साथमै राखेको थिएँ। नेपालीलाई भूटान किन जान पर्‍यो? भिसा खोइ? भन्ने प्रश्न सुरु भयो। त्यसपछि बिबिसीको कार्ड माग्यो। बिबिसीको नाम र पासपोर्टको नाम फेरि मिलेन। अनि त झन् कडाकडा प्रश्न मात्रै आएन उसको सहकर्मी तिर हेरेर, यो मान्छे हेर्दा त पाकिस्तानी जस्तो छ। पासपोर्ट छ नेपाली अनि भूटान जाँदैछ भनेर ‘ह्यारेस’ गरिरह्यो। कतै आतंकवादी त हैन। जस्ता नानाथरी कुरा गरिरह्यो। धन्न टिकटमा भएको र पासपोर्टमा भएको नाम एकै थियो। अहिले जस्तो अवस्था भएको भए पनि केही बोलिन्थियो होला। त्यतिबेला के बोल्ने बोल्ने भयो। त्यसमाथि टुटेफुटेको हिन्दीले के नै पो बुझाउन सक्थेँ होला र। अनि एकछिन है भन्दै पासपोर्ट लिएर कता गयो गयो।

मैले नेपालमै धेरैले दिल्ली एयरपोर्टमा नेपालीलाई दुख दिन्छ भनेर सुनेको थिएँ, त्यतिबेला भोग्न पनि पाएँ।

झन्डै आधा घन्टा कुर्दासम्म पासपोर्ट लिएर जाने मान्छे फर्केर आएन। म कुरिरहेँ। गर्न नै अरु के सक्थेँ र। म धेरै बेर नआएकोले मेरो हाकिम फर्किएर फेरि पासपोर्ट चेकजाँच गर्ने ठाउँमै आइपुग्यो। मतिर हेर्दै के भयो भनेर प्रश्न गर्यो। ऊ आएको देखेर होला सायद। त्यो मान्छे कताबाट टुपलुक्क आइपुग्यो। र मेरो पासपोर्ट दियो र भित्र जान भन्यो। 

झन्डै ४० मिनट एयरपोर्टको पासपोर्ट चेकजाँच क्षेत्रमा बिताएको वर्षौं बितेजस्तो भयो। अब के गर्ने हो के गर्ने हो अर्काको देश भन्दै अनुमान लाउँदै बित्यो। अहिले सम्झिदै रिस उठेर आऊँछ। त्यसपछिका यात्राहरुमा म सकेसम्म दिल्ली ट्रान्जिट त पार्दिनँ नै। नाममा पनि विशेष चनाखो भएर टिकट काट्छु। अहिले पनि मैले पत्रकारितामा ईश्वर रौनियार नै प्रयोग गर्छु भने पासपोर्टमा ईश्वर गुप्ता नै छ। तर अहिले एउटा सिफारिस पनि साथमा बोकेर हिड्ने गरेको छु, त्यो हो, 'ईश्वर रौनियार र ईश्वर गुप्ता नाम गरेका व्यक्ति एकै हुन्' भनेर।

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
ओमानसँग नेपालको लज्जास्पद हार
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सरकारको कदम असंसदीय भएको विपक्षी दलको निष्कर्ष, अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्