• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'जिम्बावेमा ब्याटिङ शैली परिवर्तन गर्छौं'

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  १६:१९
1140x725

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टिम जिम्बावे गएको छ। फागुन २० देखि सुरु हुने प्रतियोगिताअघि नेपालले युएई र हङकङसँग अभ्यास खेल खेल्नेछ। प्रतियोगितामा नेपालको मुख्य चुनौती ब्याटिङ देखिएको छ। किनकि नेपालको ब्याटिङ स्थिर बन्न सकेको छैन। 

नेपालको ब्याटिङ सुधारका लागि नयाँ कन्सलट्यान्ट ब्याटिङ प्रशिक्षकमा मुम्बईका उमेश पटवाल एक साताअघि नेपाल आएका थिए। पटवालसँग यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गरेको अनुभव छ। 

जिम्बावे प्रस्थान गर्नुअघि पटवालसँग नेपाल लाइभका सीताराम कोइरालाले गरेको कुराकानी : 

नेपालको कन्सलट्यान्ट ब्याटिङ प्रशिक्षकमा नियुक्त हुनुअघि नेपाली क्रिकेटको बारेमा केके थाहा थियो?
सन् २०१२ मा तीन जना नेपालका राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रशिक्षण दिएको थिएँ। अनिल मण्डल, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले  मुम्बईमा मबाटै प्रशिक्षण लिएका हुन्। शक्ति गौचन यू–१९ टिमको कप्तान हुँदा पनि उनको खेल हेरेको थिएँ। उनको स्पिन बलिङ धेरै राम्रो लाग्थ्यो। 

मलाई क्रिकेट असाध्यै मन पर्ने भएकाले संसारभर क्रिकेटमा के भइरहेको छ भन्ने खोजेर हेरिरहेको हुन्छु। त्यसैले नेपालले विश्व क्रिकेटमा गरेको प्रदर्शनबारे जानकार छु। 

नेपालको कन्सलट्यान्ट ब्याटिङ प्रशिक्षकमा कसरी नियुक्त हुनुभयो?
यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गरिसकेको थिएँ। संसारका अन्य धेरै स्थानमा पनि प्रशिक्षक भएर काम गरेको अनुभव छ। नेपाली टिमका ब्याट्सम्यान शरद र अन्य सिनियर खेलाडीले प्रशिक्षक बन्नका लागि आग्रह गरेका थिए। आइसिसीले पनि नाम सिफारिस गरेको कारणले नेपाल आउन सहज भयो। 

नेपालमा एक साता बसेपछि जिम्बावे जाँदै हुनुहुन्छ। एक साताको दौरान नेपाली क्रिकेट टिमबारे थप केके बुझ्नुभयो? 
नेपाली क्रिकेट टिम आफ्नै पहलले खेलिरहेका छन्। राम्रो सहयोग पाइरहेका छैनन्। किनकि नेपालमा अहिले क्रिकेट संघ छैन। सिनियर खेलाडीले नेपाली क्रिकेटको जिम्मेवारी लिएका छन्। 

सीमित सुविधा भए पनि खेलाडीले एकदमै राम्रो खेलिरहेको पाएँ। त्यसैले भविष्यमा नेपाल क्रिकेटले धेरै राम्रो गर्न सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो छोटो समयमा खेलाडीलाई केके सिकाउनुभयो?
समय सीमित भएकाले हामीले धेरै काम गर्न सकेनौं। तर स्पष्ट लक्ष्य बनाएका छौं। जित कसरी निकाल्न सकिन्छ भन्ने रणनीति हामीसँग छ। क्रिकेटबारे केही नयाँ बुझाइ र क्रिकेटबारे रहेको अस्पष्टता हटाएका छौं। ५० ओभरको खेल भएकाले सबै खेलाडीले स्थिर प्रदर्शन गर्न जरुरी छ। 

नेपालको ओपनिङका साथै ब्याटिङमा समस्या देखिएको छ। कल्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक भएको नाताले ब्याटिङ सुधार्ने रणनीति कस्तो हुनेछ?
एकैपटक सुधार गर्ने काम सजिलो होइन। टिममा जे छ त्यो परिवर्तन गर्न सकिँदैन। तर, हामीले केही नयाँ धारणा र रणनीति बनाउन सक्छौं। ब्याटिङ गर्ने तरिका परिवर्तन गर्छौं। केही समय लाग्छ। यसका लागि हामी उच्चतम प्रयास गर्छौं। छोटो समयमै ब्याटिङ सुधार गर्ने कोसिस गर्छौं। खेल योजना बनाउँदा स्पष्टता दिन्छौं, जसले ब्याट्सम्यानलाई पनि सजिलो होस्। 

छनोट प्रतियोगितामा नेपाल रहेको समूहमा आयोजक जिम्बावेसहित बलिया टिम छन्। कतिको दबाब छ?
नामिबियामा भएको डिभिजन–२ मा नेपालले राम्रो क्रिकेट खेलेर जित हात पारेको थियो। त्यही अनुरुप खेल्ने हो भने विश्वकप छनोटमा पनि राम्रो खेलेर जित निकाल्न सक्छौं। 

छनोट भएपछि नेपाली टिममा उत्साह बढेको छ। यस्तै एकदिवसीय मान्यताका लागि पनि खेलाडीले राम्रो क्रिकेट खेल्छन् भन्ने विश्वास छ। किनभने एकदिवसीय मान्यता पाए नेपालले धेरै सुविधा पाउने भएकाले खेलाडीहरु लक्ष्य प्राप्त गर्न उत्साहित छन्। त्यही उत्साहका कारण त्यसैले नेपालले शीर्ष टिमलाई पनि हराउन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक हुनुहुन्थ्यो। नेपाल र अफगानिस्तानको क्रिकेटको तुलना कसरी गर्नुहुन्छ?
दुई टिमलाई तुलना गर्न मिल्दैन। तर सुविधाको विषय, क्रिकेट बोर्ड र सरकारले क्रिकेटमा गरेको लगानी भने धेरै भिन्नता छ। केही कुरामा ध्यान दिने हो भने नेपाली क्रिकेटले पनि चाँडै प्रगति गर्न सक्छ। 

मनोवैज्ञानिक कुराले खेलाडीको प्रदर्शनमा कस्तो असर गर्छ? 
खेलाडीलाई सुविधा कस्तो पाउनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। खेल सुधारका लागि परामर्शदाता भएमा खेलाडीको खेल्ने तरिकाबारे सोच्ने धारणामा परिवर्तन आउँछ। यस्तै, खेल बुझ्नका लागि पनि खेलाडीलाई परामर्शदाताको खाँचो हुन्छ। कुन अवस्थामा कस्तो प्रदर्शन गर्ने विषयमा खेलाडीलाई बुझाउनु जरुरी छ। किनकि खेलको परिस्थिति सेकेन्ड–सेकेन्डमा परिवर्तन भइरहेको हुन्छ। परिस्थिति अनुसार आफ्नो क्षमता उपयोग गर्नुपर्छ। जति राम्रोसँग खेल बुझ्न सकिन्छ त्यति राम्रो रन बन्ने सम्भावना बलियो हुन्छ। 

यद्यपि मनौवेज्ञानिक कुरा लागू गर्न खेलाडीमा प्राविधिक क्षमता हुनुपर्छ। चाहिएको प्रदर्शन गर्न फिटनेसको स्तर पनि बलियो हुन जरुरी छ। 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १६:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्