तेस्रो चरण अन्तर्गत प्रदेश २ मा भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसले नगरपालिका र गाउँपालिका दुवैमा अग्रता लिएको छ।
सय तहको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस १५ नगरपालिका र १३ गाउँपालिका गरी कुल २८ स्थानमा अघि छ। उसले सिरहाको १, बाराको १, महोत्तरीको ३, धनुषाको १, रौतहटको ५, सप्तरीको २, सर्लाहीको २ वटा नगरपालिकामा अग्रता लिएको छ।
त्यस्तै, कांग्रेसले सिरहको १, बाराको ४, महोत्तरीको १, धनुषाको २, सप्तरीको २, सर्लाहीको २ र पर्साको १ गाउँपालिकामा अग्रता लिएको छ।
एमालेले भने कुल २० स्थानीय तहमा अग्रता लिएको छ।
एमाले बाराको जितपुर–सिमरा नगरपालिकामा अगाडि छ। त्यस्तै, सिरहाको २, सर्लाहीको २, पर्साको १, रौतहटको १, सप्तरीको १ र धनुषाको १ नगरपालिकामा पनि अग्रता लिएको छ।
उसले बाराको १, सिरहाको ३, सर्लाहीको २, रौतहटको १, सप्तरीको १ र धनुषाको २ गाउँपालिकामा अग्रता लिएको छ।
एमालेलाई संघीय समाजवादी फोरमले पछ्याइरहेको छ। फोरमले पनि एउटा उपमहानगरपालिकासहित १९ स्थानीय तहमा अग्रता लिएको छ।
फोरमले बाराको कलैया नगरपालिकामा अग्रता लिएको छ। त्यस्तै, सिरहाको १, धनुषाको ३, सप्तरीको २, पर्साको १, रौतहटको १ र महोत्तरीको १ नगरपालिकामा अग्रता लिएको छ।
माओवादीले भने ८ नगरपालिका र ९ गाउँपालिका गरी कुल १७ स्थानमा अग्रता लिएको छ।
उसले सिरहाको ३, रौतहटको १, धनुषाको २, सर्लाहीको १ र महोत्तरी १ नगरपालिकामा अग्रता लिएको छ।
साथै, सिरहाको २, रौतहटको ३, धनुषा २, सर्लाहीमा १ र पर्सामा ३ स्थानमा माओवादी केन्द्र अघि छ।
राष्ट्रिय जनता पार्टी, नेपाल भने १४ स्थानमा अघि देखिएको छ। जसमध्ये एउटा नगरपालिका, एउटा उपमहानगरपालिका र ८ वटा नगरपालिका छन् भने ४ वटा गाउँपालिका रहेका छन्।
राजपाले पर्साको वीरगञ्ज महानगरपालिकामा अग्रता लिएको छ। उसले धनुषाको जनकपुर उपमहानगरपालिकामा पनि अग्रता लिएको छ।
साथै, राजपाले सप्तरीको १, बाराको २, महोत्तरीको २, रौतहटको १, सर्लाहीको १ र सिरहाको १ वटा नगरपालिकामा अग्रता लिएको छ।
आठ जिल्लाका गाउँपालिकामा भने राजपा कमजोर देखिएको छ। उसले आठ जिल्लाका जम्मा ४ वटा गाउँपालिकामा मात्रै अग्रता लिएको छ। जसमध्ये, सप्तरीका २, बाराका १ र सर्लाहीका १ गाउँपालिकामा मात्रै अघि देखिएको छ।
यो पनि पढ्नुहोस्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।