राजविराज– करिव २ वर्षअघि परिवार नियोजन गर्दा उत्पन्न जटिलताका कारण थप उपचार गराएकी सप्तरीकी एक महिलालाई क्षतीपुर्ति वापतको रकम उपलब्ध गराइएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका कट्टिटोलकी अनुकुमारी यादवले २०७४ फागुनमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गराएकी थिइन्।
परिवार नियोजनपछि उनको स्वास्थ्यमा समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा भर्ना गरेर उपचार गराइएको थियो। उपचार खर्चको माग गर्दै आएकी पुनमको फाइल स्वास्थ्य विभागमा गएर अड्किएको थियो। अस्पतालमा सरुवा भई आएका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई उनले पुनः आफ्नो समस्या सुनाएपछि उनको फाइलमा अपुग कागजपत्र थप गरी उपचार खर्च वापतको १ लाख ८४ हजार २ सय ४० रुपैयाँ उपलब्ध भएको अस्पताल श्रोतले जनाएको छ।
प्रमुख मेसु डा. दासले उक्त रकमको चेक वुधबार अनुकुमारीलाई उपलब्ध गराएका हुन्। ढिलै भएपनि क्षतिपुर्ती वापतको रकम पाएकोमा उनले खुसी व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।