जनकपुर- धनुषा स्थायी घर भएकी डा रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन्।
नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्टको सम्मान दिएको हो।
साह नासाको जेल प्रोपल्सन ल्याबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन्।
सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा विद्यावारिधि गरेपछि उनी नासामा कार्यरत छिन्।
नासाका कुनै कर्मचारीले नासामा आबद्ध भएको पहिलो १० वर्षमा नासाको मिसनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको अवस्थामा यस्तो अवार्ड प्रदान गरिन्छ।साहले नासामा आबद्ध भएको ५ वर्षमै महत्वपूर्ण योगदान दिएको भन्दै अवार्ड प्रदान गरिएको हो।
माटोको मोस्चर मापन, आद्रभूमि, हिउँको गहिराई र समुन्द्री सतहको गुण मापनका क्षेत्रमा साह विशेष दख्खल राख्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।