काठमाडौं– प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकाको मेयर पदमा तीन फरक दलले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार बाराको कलैया उपमहागरपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार अघि देखिएका छन्। फोरमका मेयर उम्मेदवार प्रमोद गुप्ताले ७०५ प्राप्त गरेका छन्। उनलाई एमालेका विनोद साहले ५७२ मतसहित पछ्याइरहेका छन्।
त्यस्तै, बाराकै अर्को उपमहानगरपालिका जितपुर–सिमरामा नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेलले २५२९ मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पाैडेलले २१६५ मत सहित कृष्ण पौडेललाई पछ्याइरहेका छन्।
धनुषाको जनकपुर उपमहानगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका मेयर उम्मेदवार लाल किशोर साह १५५१ मतसहित अघि छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ७७४ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।