महोत्तरी- महोत्तरीको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले वडाध्यक्षमा विजय प्राप्त गर्दै खाता खोलेको छ।
महोत्तरी गाउँपालिका–१ मा राजपाका जितेन्द्र यादव ६४० मत ल्याएर वडाध्यक्षमा विजयी भए। मतदान अधिकृत रामानन्दप्रसाद अधिकारीका अुनसार उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनन्दन यादवलाई ५०५ मतान्तरले हराएका हुन्।
यादवले १३५ मत मात्रै प्राप्त गरे। महोत्तरी गाउँपालिकाको अध्यक्षमा ७९९ मत ल्याएर राजपाका सुनिल राय मतगणनामा अगाडि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।