काठमाडौं- सरकारले सोमबारदेखि लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने भएको छ।
अन्तराष्ट्रियस्तरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ।
नेपाल सरकारले यस वर्षलाई लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियानको रुपमा मनाउने घोषणा गरेको छ। जस अनुसार सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राइको प्रमुख आतिथ्यमा विराटनगरबाट लैंङ्गिक हिंसा विरुद्धको प्रदेश अभियान सञ्चालन गरिँदैछ।
सरकारले प्रदेश अभियानअन्तर्गत सातै प्रदेशमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको अध्यक्षतामा प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा प्रदेश अभियान सञ्चालन गर्ने जनाइएको छ।
सोमबारदेखि सुरु हुने अभियान मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ।
नेपाल सरकारले हिंसाविरुद्धको अभियान २१ दिनसम्म मनाउने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।