काठमाडौं- सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस खस्दा भएको दुर्घटनामा ४७ घाइते भएका छन्।
दुर्घटनामा परी बसका चालकसहित ४७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल भर्ना गरिएको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक विनोद धितालले जानकारी दिए। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरूको टाउकोमा चोट लागेको छ।
सोही दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव प्रहरीले फेला पारेको छ।
‘दशवटा शव घटनास्थलबाट निकालेका छौँ, केही शवहरु नदीले बगाएको छ, हामी खोजिरहेका छौँ,' धितालले भने।
नदीमा डुबेको बससमेत बाहिर निकालिसकिएको र बस पूरै खाली रहेको निरीक्षक धितालले बताए। बसमा भएका मानिस खोलाले बगाएका अनुमान गरिएको छ। तर बसमा कति जना यात्रा गरिरहेका थिए भन्ने खुल्न सकेको छैन।
उनका अनुसार नदीले बगाएका शवहरु घटनास्थलभन्दा केही तल फेला परेका स्थानीय बासिन्दाले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।