मेलम्ची- दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।
दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भने भइनसकेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परी घाइते हुनेहरुको संख्या यकिन भइसकेको छैन।
बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए।
बस खोलामा डुबेको छ। बसमा ४० जना सवार रहेको घाइतेले बताइएको छ।
घटनास्थलमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।