इटहरी- जन गायक जीवन शर्माको छोराको उपचारको लागि इटहरीका युवाले ३० हजार रुपैयाँ पठाएका छन्। इटहरीका युवाहरूले देउसी खेलेर संकलन गरेको ३० हजार रुपैयाँ बैंकमार्फत् पठाएका हुन्।
शर्माका अर्का छोरा अर्जुन आचार्यको ग्लोबल आइएमई बैंकको खाता नम्बर ०१०७०१००४६७८७ मा पठाएका हुन्।
शर्माका छोरा अमृत आचार्य अहिले उपचाररत छन्। गीतको माध्यमबाट राजनैतिक परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएका शर्माका छोराको उपचार खर्च अभाव भएको सुनेपछि सहयोगमा जुटेको युवा समूहका नेता मदन चुडालले बताए।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा घाँटीको जटिल समस्याको उपचार गराइरहेका अमृतको उपचारमा सहयोग होस् भनेर सहयोग गर्न लागिएको युवा नेता चुडालले बताए।
तिहारमा पूर्वका विभिन्न स्थानमा खेलिएको देउसी भैलोबाट जम्मा भएको रकम अमृतको उपचारका लागि पठाउन लागिएको चुडालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।